ट्रेंडिंग:

>> मन्त्री पाण्डेले दिए सांसद बजगाईंविरुद्ध कांग्रेसको अनुसाशन समिति र संसदीय दलमा उजुरी >> राजमार्ग सरसफाई अभियानमा दाङ—रुपन्देही सम्पर्क समाजको हातेमालो >> सुनचाँदीको मुल्यमा सामान्य वृद्धि, तोलाको कति पुग्यो ? >> दीपक राज गिरीको चेतावनी- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु >> शनिबारदेखि रुपन्देही डान्स स्टारको चौथो संस्करण हुने >> रवि लामिछानेलाई आज पोखरा लगिदै >> लुम्बिनीः बौद्ध धर्मको उद्गम स्थल र विश्व सम्पदा >> कालिका मानवज्ञान माविद्वारा ९ लाख बराबरको छात्रवृत्ति वितरण >> राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता >> राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक बस्दै >> संघीय संसदका चार समितिको बैठक बस्दै >> रवि लामिछानेको बयानमा २३ घण्टामा ७४ प्रश्न >> सुरक्षा अपडेटसहित सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च >> ‘एक पालिका एक हुलाक’ कार्यालय >> दिपल ईभी प्रति क्रेताहरूको बढ्दो आकर्षण >> नेपाली महिला क्रिकेट टिमलाई बधाई >> वैदेशिक रोजगारीको अँध्यारो–उज्यालो >> फोहोरबाट मोहोर सपनामा मात्रै, ब्यूँझिदा, ह्वास्स दुर्गन्ध >> फूलबारीमा ‘छायाँ दरबार’ >> उखु किसान पलायनमा सरकार सहयोगी >> दार्चुलामा जिप दुर्घटना, ६ जनाको मृत्यु >> देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव, तराईमा बाक्लो हुस्सु >> नेपालले आज बंगलादेशमा बिजुली निर्यात गर्दै >> समान विकासका लागि विश्वका सभ्यताको आदानप्रदान आवश्यक : इश्वर पोखरेल >> ७० वटा लिखित प्रश्नको जवाफ माग्दै सकियो लामिछानेको बयान >> तीन दिने चीन भ्रमण सकेर लुम्बिनीका मुख्यमन्त्री स्वदेश फिर्ता >> स्थानीय सरकार सवलीकरणमा नमूना संसदले भूमिका खेल्दै >> मानव सेवा आश्रमको भवन निर्माण गर्न महायज्ञ >> मायादेवी गाउँपालिकामा कपडा बैंक स्थापना >> शिक्षा मन्त्री भट्टराईबाट सानोठिमीस्थित विभिन्न कार्यालयको निरीक्षण >> नेपालले बंगलादेशलाई विद्युत बेच्ने बाटो खुल्यो, यो बर्ष शुक्रबार एकदिन मात्र बिक्री गर्ने >> काँग्रेसले कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा चौधरीलाई उम्मेदवार बनाउने >> विश्व मधुमेह दिवसमा साइक्लोथन >> गुरुयोजना अनुसार फुलबारीको पूर्वाधार निमार्णमा जोड >> नागढुंगा–सिस्नेखोला सडक आजबाट आंशिक बन्द >> नारायणगढ–बुटवल सडक बारे प्रधानमन्त्रीको ध्यानाकर्षण, डिसेम्बर अन्त्यबाट काम शुरु हुने >> भजन शिरोमणि भक्तराज आचार्यको जीवनगाथा ‘आचार्य’ अब युट्युवमा >> न्युरोड क्षेत्रका अव्यवस्थित बिजुलीका पोल तथा तार हटाउन महानगरको सहजीकरण >> शिक्षा मन्त्री भट्टराईबाट सानोठिमीस्थित विभिन्न कार्यालयको निरीक्षण >> सुरक्षाको घेरामै रविको तेस्रोे दिनको बयान सुरु, आजै सकिने >> ब्राजिलको सर्वोच्च अदालतबाहिर विस्फोट, एक जनाको मृत्यु >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> धितोपत्र बोर्डको अध्यक्ष छनौट सूचीका तीन जनालाई अन्तर्वार्तामा बोलाइयो >> हिजबुल्लाहको आक्रमणमा ६ इजरायली सैनिकको मृत्यु >> डेभिस कपमा नेपाली लनटेनिस खेलाडी सहभागी हुने >> ट्रम्पको जितको असर कोप-२९ मा, जलवायु वित्त प्रभावित हुने डर ! >> वैदेशिक रोजगारीको अँध्यारो–उज्यालो >> सिद्धार्थनगरद्वारा कृषकलाई उन्नत गहुँको बीउ बितरण >> बाणगंगाका कृषकलाई अनुदानमा गहुँको बीउ >> विश्व मधुमेह दिवस, सावधानी अपनाऔं

रवि लामिछानेको बयानमा २३ घण्टामा ७४ प्रश्न

३० कार्तिक २०८१, शुक्रबार
३० कार्तिक २०८१, शुक्रबार

भैरहवा ।

रवि लामिछानेको विरुद्धमा परेको सहकारी ठगी सम्बन्धी कसुरमा रुपन्देहीको भैरहवामा मंगलबारबाट सुरु भएको वयान विहीबार राती ८ बजे सकिएको छ ।

सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेमाथि लागेको कसुर सम्बन्धमा करिब २३ घण्टा वयान भएको हो । वयानको क्रममा सोधिएको ७४ वटा सवालको जवाफ सहज रुपमा दिएको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख न्यायधिवक्ता प्रेमराज पौडेलले बताए । सोधिएको सवालको सबै जवाफ उनले सहज रुपमा नै दिएका छन् ।

अनुसन्धान अधिकारीले थप अनुसन्धान गरि अरु सम्बन्धितसँग वयान लिई कागजात संकलन गरि प्रतिवेदन तयार हुन्छ । सो प्रतिवेदन पेश गरेपपछि मुद्धा चल्ने नचल्ने वा कुन कुन शिर्षकमा मुद्धा चल्ने भन्ने विषय बाँकी रहेको उनले भने ।

पौडेलले मुलकुी फौजदारी कार्याव्यवस्थाको दफा १६ मा अनुसन्धान अधिकारीले सरकारी वकिल समक्ष वयान लिने व्यवस्था अनुरुप वयान लिनका लागि यहाँ अनुसन्धान अधिकारीले उपस्थित गराएका बताउदै प्रतिवेदनमा अनुसन्धान पुरा भएको नदेखिएको अवस्थामा थप अनुसन्धान गर्नु परेमा वा मुद्धाको बीचमा थप वयान लिनुपर्ने देखिएकोमा थप वयान लिन सक्ने व्यवस्था पनि छ । त्यो कानुन टेकेर अवस्था हेरेर वयान फेरि पनि लिन सकिने व्यवस्था रहेको उनले भने ।

जिल्ला प्रहरी कार्यालयमा रहेका लामिछानेलाई मंगलबार पहिलो दिन प्रारम्भिक वयान ३ घण्टा ३५ मिनेट वयान लिएको थियो त्यस्तै दोस्रो दिन विहान सवा १० बजे देखि सवा ७ बजे सम्म ९ घण्टा वयान भएपनि सवाल जवाफ नसकिएकोले विहीबार वयानको अन्तिम टुङ्गो लगाउने गरि साढे १० बजेबाट वयान सुरु गरी राती ८ बजे सम्म वयान लिएको छ ।

उनीविरुद्ध परेको सहकारी ठगि विरुद्धको कसुरमा रहेर नै सवाल जवाफ भएका छन उहाँको सहमतिमा नै सहज रुपमा जवाफ आएको र हालको लागि रुपन्देहीमा वयान सकिएको सरकारी वकिलको कार्यालयल जानकारी दिएको छ ।

सरकारी वकिलको कार्यालयमा ठूलो संख्यामा प्रहरी अधिकृतहरु नै खटिएर प्रहरीको घेरामा नै वयान कक्ष सम्म पुर्याइएको थियो । मंगलबार बयानपछि बाहिर निस्कने क्रममा सरकारी वकिलको कार्यालय परिसरमै ‘खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्ने प्रतिक्रिया दिएपछि प्रशासनलाई चुनौती थपिएको छ । केही बोलिहाल्छन की भन्ने डरले लामिछानेलाई छेकेर सरकारी वाकिलको कार्यालय र हिरासत सम्मको यात्रा भइरहेको छ । दर्जनौ नेपाल प्रहरी र सशस्त्र प्रहरीको घेरामा मात्रै उनको यात्रा भइरहयाे ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रंजित सिंह राठौरले रवि लामिछानेको वयान ढिलो सकिएकोले पोखरा लैजान बिहीबार राती सम्भव नभएकोले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनलाई शुक्रबार पोखरा पठाउने तयारी रहेको छ ।

पोखरा र रुपन्देहीमा एकै प्रकृतिको कसुर भए पनि जिल्ला र संस्था फरक–फरक भएकाले हरेक जिल्लामा लामिछानेबिरुद्ध छुट्टाछुट्टै मुद्दा दर्ता हुने छ । जति जिल्लामा उजुरी दर्ता हुन्छ, त्यहींको कागजात र प्रमाणअनुसार नै प्रक्रिया अघि बढ्ने हो, एकै प्रकृतिको कसुरमा एकै चरणमा अनुसन्धान भए पनि गाभ्न मिल्दैन । स्थानअनुसार प्रमाण फरक–फरक हुन सक्ने भएकाले मुद्दा गाभ्न नमिल्ने उनको भनाइ छ । अहिलेसम्म पक्राउ अनुमति लिइएका र अनुसन्धान गर्नुपर्ने देखिएका अन्य व्यक्तिहरूविरुद्ध पनि रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी रहेको छ ।

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकारीहरु लगायतको उपस्थितिमा वयान भएको छ । यस अघि सोही कसुरमा छविलाल जोशीसँग पनि वयान लिएको थियो । छविसँग ५६ सवाल जवाफ भएको थियो ।

रास्वपाका कार्यकर्ताहरुले लामिछाने रुपन्देही आए देखि नै उनको समर्थनमा विरोध प्रदर्शन गरेका छन । बिहीबार पनि रास्वपाले रुपन्देहीमा मोटरसाइकल ¥याली गरी नारवाजी गरेका थिए ।

पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई सूर्यदर्शन सहकारीमा अनुसन्धान सकिएकाले सुप्रिमका लागि रवि लामिछानेलाई मंगलबार रुपन्देही ल्याइएको हो ।

रुपन्देही जिल्ला अदालतले रवि लामिछाने र छविलाल जोशीसहित १२ जनाविरुद्ध यसअघि नै पक्राउ पूर्जी जारी गरिसकेको छ । प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गरिरहेको छ ।

बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?