© २०२३
नवलपरासी,२३ पुस
जिल्लाको वर्दघाट नगरपालिकाले आन्तरिक आय वृद्धिलाई लक्षित गरि विभिन्न कार्यक्रमलाई अगाडी सारेको छ । समृद्ध वर्दघाट नगरपालिका बनाउनका लागि बाहिरी योजना अनुदानसँगै आन्तरिक आय वृद्धि हुने लक्षित कार्यक्रम अगाडी सारेको हो ।
पहिला नगरपालिकाबाट सेवा सुविधा दिनेलाई नै पहिलो लक्षित गर्दै कर्मचारी पदाधिकारी,विभिन्न सेवा समुह,संघसस्थाहरुलाई पहिला नगरपालिकालाई भुतmानी दिनु अनि भुतmानी लिनु भनेर कार्यक्रम पनि चलाएको छ । भुतmानी नगर्नेलाई भुतmानी नदिने जस्ता (नो टेक्स, नो पे) अभियानलाई कडाईका साथ पालन गराउनमा लागिएको प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । नगरपालिकाबाट सेवा सुविधा लिने तर आफु,आफ्नो घर परिवार उद्योग ब्यवसाय र कारोबारको कर तिर्नेलाई सेवा पनि नदिइने कार्यलाई पनि कडाइ गरिएको छ, उनले भने,पहिला नगरपालिकाका कर्मचारी र पदाधिकारीले नै यो शुरु गर्नु पर्छ । त्यही भएर सबैलाई यो नो टेक्स नो पेयलाई कडाई गरेका हौ । लक्ष्य अनुसारको राजस्व उठाउनका लागि पनि यो अभियान जारी गर्न परेको हो,उनले थपे,नगरपालिकाबाट सेवा सुविधा लिने सबैको हक हो,भने कानुन अनुसार तिर्नु पर्ने कर र सेवा शुल्क बेलामै तिर्नु पनि दायित्व हो ।
वर्दघाट नगरपालिकाको आर्थिक ऐन २०७९ बमोजिम सबै नागरिकलाई कर तिर्नु अभिप्रेरित गराउनका लागि असोज १ गते नै नगरपालिकाले कर सहभागिता तथा ब्यवसाय दर्ता अभियान २०७९ शुरु गरेको थियो । सबै वार्ड कार्यालयमा राजश्व शाखासँग समन्वय गरी वार्ड वार्डमा कर सहभागिता तथा ब्यवसाय दर्ता अभियान सञ्चालन गरेको छ । नगरपालिकाको संचित कोषबाट सुविधा लिने जनप्रतिनिधि,शिक्षक,स्वास्थ्यकर्मी,स्वम्सेविका र कर्मचारीले कानुन अनुसार स्थानिय सरकारलाई बुझाउनु पर्ने सबै प्रकारका कर,शुल्क,ब्यवसाय गरेको भए ब्यवसाय कर बुझाउनुमा कडाई गरेको छ । यसका लागि सबै सरोकारवालालाई पत्राचार समेत गरि सकेको छ । अहिले नगरसभाको हिउँदे अधिवेशनमा पनि आन्तरिक आयलाई छलफलको प्रमुख विषय नै बनाइएको उनले बताए ।
आर्थिक बर्ष २०७३÷०७४ देखी लागु गरिएको सम्पति कर,ब्यवसाय कर लगायतका अन्य स्थानिय करका लागि वार्डअध्यक्षहरुलाई,कार्यपालिका सदस्य तथा कर्मचारी समेतलाई अभिमुखीकरण गरि सकिएको प्रमुख प्रशासकिय अधिकृत सापकोटाले जनाए । संघ र प्रदेश सरकारसँग अनुदान मात्रै मागेर हुदैन्,स्थानिय स्तरबाट पनि जति सक्दो राजश्व उठाउन सक्नु पर्छ । वर्दघाट नगरपालिका पुर्व पश्चिम महेन्द्र राजमार्ग,हुलाकी राजमार्ग,वर्दघाट देखी वित्रेणी जाने सडक,चिसापानी देखी महेशपुर नाका र भुतहा देखी महेशपुरसम्मको लिँक सडक जोडिएको पालिका हो । यिनै राजमार्ग र सडकसँग जोडिएर,वर्दघाट,चिसापानी,भुतहा,जिमिरेभार,भटवलियाबजार,चौपत्ता बजार लगायनका बजारहरु छन् । सयौका संख्यामा उद्योग ब्यवसायहरु सञ्चालन हुदै आएका छन् । त्यसमा धेरै जसोले नगरभित्र ब्यवसाय गरे पनि ब्यवसाय कर तिर्ने गरेका छैनन् ।
यि सबैलाई करको दायरामा ल्याउनका लागि पनि कडाई गरिएको उनको भनाई छ । नगरपालिकाबाट सेवा सुविधा लिने तर कर नतिर्नेलाई करको दायरामा ल्याउन आवश्यक देखिएको हुदा पहिला कर्मचारी र पदाधिकारीले नै कर बुझाउन लगाउने त्यस पछि ति उद्यमी ब्यवसायिलाई पनि करको दायरामा ल्याउन अभियान चलाउने गरि लक्ष्य लिएका छौ । यसले विगत बर्ष भन्दा अहिले सकारात्मक प्रभाव पारेको प्रमुख प्रशासकिय अधिकृत सापकोटाले जनाए । उनका अनुसार अभियान सञ्चालन गर्दा हाल वर्दघाट नगरक्षेत्र भित्र सञ्चालनमा रहेका तर सुचिकृत नभएका १ सय १० वटा ब्यवसायीहरु दर्ता सुचिकृत भएका छन् ।२० वटा फर्म दर्ता भएका छन् । १३ वटा फर्मले पुजिँ वृद्धि गराएका छन् । ४९ वटाले फर्म नविकरण गराएका छन् । १९ वटा पुजिँवृद्धका लागि अन्य निकायमा हस्तानान्तरण भएका छन् । त्यसैगरि मंसिर मसान्तसम्म कुल १ करोड ७२ लाख ७० हजार २ सय ९० रुपिया राजश्व संकलन भएको नगरपालिकाले जनाएको छ ।