ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते
प्रमुख समाचार

किवीले भार्सेमा लाखको लर्को

बजारमा उपलब्ध किवीको तुलनामा यहाँ उत्पादित किवीको औषत मूल्य दुई सय रुपैंयाँ छ । व्यवसायिक रुपमा तरकारी र अन्न बालीको उत्पादन गर्दै आएका भार्षेका कृषकको मुख्य आम्दानी यतिबेला किवी खेती बनेको छ । यहाँको किवी स्थानीय बजारदेखि पाल्पा, बुटवल र काठमाडौंसम्म पुग्ने गर्दछ ।
२३ पुष २०७९, शनिबार
२३ पुष २०७९, शनिबार

गुल्मी,  पुस । गुल्मीको सत्यवति गाउँपालिका–८ भार्सेका किसानहरू आजभोली किवी खेतीमा आकर्षित हुँदै जान थालेका छन । विगत दश बर्ष अघिदेखि किवी खेती शुरु गरेका त्यहाँका कृषकहरू यतिबेला किवीको व्यवासायिक उत्पादन गर्दै आएका छन् । किवी बिक्री गरेर भार्षेका कृषकहरूले वार्षिक ४० लाख भन्दा बढी आम्दानी गर्ने गर्दछन ।
भार्षेमा हाल २२ हेक्टर क्षेत्रफलमा किवीको व्यवासायीक खेती गरिन्छ । २२ हेक्टर क्षेत्रफलमा यो वर्ष ३८ टन किवी उत्पादन भएको छ । यहाँको किवी स्थानीय बजारदेखि पाल्पा, बुटवल र काठमाण्डौंसम्म पुग्ने गर्दछ । बजारमा उपलब्ध किवीको तुलनामा त्यहाँ उत्पादित किवीको औषत मूल्य दुई सय रूपैंया छ । व्यवसायिक रूपमा तरकारी र अन्न बालीको उत्पादन गर्दै आएका भार्षेका कृषकको मुख्य आम्दानी यतिबेला किवी खेती बनेको छ ।

यो फलमा धेरै पोष्टिक तत्व भएको कारण सबै उमेर समूहका व्यक्तिहरूका लागि उपयुक्त मानिन्छ । किवी खेतीको लागि कृषि ज्ञान केन्द्र गुल्मी पोल, बिरुवा र सिंचाईमा सहयोग गरेको छ । किवीको व्यवसायिक खेतीमा बिदेशवाट फर्किएका युवाहरूदेखि स्वदेशमै कृषि क्षेत्रमा काम गर्न खोजेका युवाहरूको लागी रोजगारीको माध्यम बन्ने गरेको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । कृषकहरूलाई पोल निर्माण गर्नका लागि महँगो पर्ने भएका कारण कतिपय कृषकहरू रहर हुँदाहुँदै पनि व्यवसायीक किवी खेती गर्न नसकेको भण्डारीको भनाई छ । त्यसको लागि ज्ञानकेन्द्रले किवीको पकेट क्षेत्र निर्धारण गरि आगामी वर्षदेखि पोल निर्माणमा अनुदान उपलब्ध गराउने उनले जानकारी दिए ।

सत्यवती गाउँपालिकाले पनि भार्षेलाई किवीको पकेट क्षेत्र घोषणा गरेको छ । किवी खेतीको व्यवसायीक उत्पादनका लागि कृषकहरूलाई पालिकावाट प्राविधिक सहयोगदेखि तालीम, विरुवा, पोल निर्माण र सिंचाई लगायतका क्षेत्रमा सहयोग गदैं आएको गाउँपालिका अध्यक्ष टिकाराम सापकोटाले बताए । भार्षेका शिबलाल थापा र यम बहादुर थापा किवी खेतीका व्यवसायीक कृषक हुन । उनीहरूले किवी बिक्रि गरेर वार्षिक तीन लाख भन्दा बढी आम्दानी गर्दै आएका छन । अन्य खेतीको तुलनामा किवी खेतीवाट राम्रो आम्दानी हुने गरेको कृषक शिबलाल थापाले बताए । सिजनमा भार्षेका बारीहरू किवीले ढपक्कै ढाकिएका हुन्छन । तीन बर्षबाटै फल दिन शुरु गर्ने भएकाले एउटै बोटवाट ६० देखि एक क्वीण्टलसम्म किवी फल्ने गरेको स्थानीय नविन छन्तेल बताउँछन ।

बाँदर, बँदेल र चराचुरुङ्गीबाट अन्य खाद्यान्न वाली जोगाउन हैरान भएको अबस्थामा किवी खेती त्यहाँका कृषकहरूलागि बरदान बनेको छ । किवी बढी झुसिलो हुनेभएका कारण पनि बाँदर, बदेल र अन्य चराचुरुङ्गीहरू यसवाट टाढै बस्ने गरेको बताईएको छ । अहिले भार्षेका अधिकांस घरहरूले न्यूनतम दश वोट किवी रोप्न थालेका छन । जिल्लामा १२ सय मिटरदेखि २ हजार मीटर उचाईसम्ममा किवी खेती गरिन्छ । गुल्मीमा सत्यवती लगायत कालीगण्डकी, मदाने, मालीका र धुर्कोट गाउँपालिकाका पनि किवीको व्यवसायीक उत्पादन शुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission