ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
प्रमुख समाचार

कोरोना कहरपछि पालिकामा जन्मिए ‘अस्पताल’

२१ पुष २०७९, बिहीबार
२१ पुष २०७९, बिहीबार

बुटवल, पुस रुपन्देहीको सैनामैना नगरपालिकामा अस्पताल छैनन । स्वाथ्य चौकीको भरमा रहेको सैनामैनामा कोडिभको लहरका बेला उपचार गर्ने स्थान नै अभाव भयो । जसको कारण विरामीको उपचारका लागि बुटवल पठाउनुको विकल्प नगरपालिकामा थिए ।
केहीसमय पहिला देखि पदमपाणि योग तथा प्राकृतिक चिकित्सालय सञ्चालनमा रहेको थियो । जसलाई वि .स. २०७८ बैशाख १६ मा सैनामैना– १ वनकट्टास्थित पदमपाणी प्रकृतिक चिकित्सालयलाई अस्थायी कोभिड अस्पताल बनाइयो । तत्कालिन नगर प्रमुख चित्र बहादुर कार्कीको पहलमा सुरुवात भएको यो कोभिड अस्पतालबाट सयौंले उपचार पाएर निको भएर फर्कीए । जहाँ ५० बेडबाट सेवा प्रदान गरिएको थियो ।
कोभिड जस्ता महामारीमा पाठ सिकेको नगरपालिकाले अहिले आफ्नै अस्पताल निर्माण गरिरहेको छ । नगरको वडा नम्बर ४ मा ‘एक स्थानीय तह एक अस्पताल’ नीति ५० सैया को अस्पताल अहिले निर्माणाधीन छ ।

संघीय सरकारको सशर्त अनुदानमामा १५ सैयाँको अस्पताल बनाउनको लागि दिएको बजेटमा स्थानीय तहले थप रकम लगाएर साढे ३ कठ्ठा क्षेत्रफलमा ५० बेडको अस्पताल बनाउन लागेको हो । जुन २०८० साउन महिना सम्ममा सञ्चालनमा आउने नगर प्रमुख फणिन्द्र प्रसाद शर्माको भनाई छ । १२ सय ९ वर्गमिटर रहने उक्त अस्पताल कोडिभका बेला दाताले सहयोग गरेका स्थानीय तह आफैले खरिद गरेका उपकरण जडान गरी ५० बेडको अस्पताल सञ्चालन गर्न सकिने गरी प्राविधिक पुर्वाधार, बेड, अक्सीजन सिलीन्डर सहितका उपकरण तयार रहेको नगर प्रमुख शर्माको भनाई छ ।
अर्थात कोडिभको बेलामा दाताबाट सहोग प्रदान भएका उपकरणलाई उपभोग गरेर नगरपालिकाले अस्पताल सञ्चालनको योजना बनाएको हो । अस्पतालमा ३० वटा एचडीयू बेड, १० वटा आईसीयू बेड, १० वटा जनरल बेड र आवश्यकता अनुसार इमर्जेन्सी बेड रहने छ ।
यो एउटा उदाहरण मात्रै हो । रुपन्देहीकै अर्को स्थानीय तह तिलोत्तमा नगरपालिकाले पनि वि.स. २०७७ बैशाख २७ गते शंकरनगर स्वाथ्य चौकीमा कोडिभ विशेष आईसोलेसन सञ्चालन गरी उपचार सुरुवात ग¥यो ।

नियमित प्रवाह हुँदै आएको सेवालाई वडा नं २ को कार्यालयमा स्थानान्तरण गरी स्वास्थ्यचौकीलाई आइसोलेशन सेन्टरका रुपमा तयार गरिएको थियो । उक्त स्वाथ्य चौकीलाई थप स्तर उन्नती गर्दै नगरपालिकाले अस्पतालको रुपमा अहिले सञ्चालन गरिरहेको छ । १० बेडेको स्वाथ्य चौकीलाई कोरोनाको बेला २० बेड बनाइएको थियो ।
अन्य केवलानीपुरमा बनाइएको अस्थायी कोरोना अस्पतालबाट समेत उपकरण ल्याएर अहिले स्वाथ्य चौकीमा थप व्यवस्थिती २४ शै घण्टा सुत्केरी सेवा प्रदान गर्ने अस्पतालको रुपमा विकास गरिएको नगर प्रमुख रामकृष्ण खाँण बताउँछन् ।
नगरप्रमुख खाँणका अनुसार अहिले उक्त अस्पतालमा नियमित रुपमा विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाह भैरहेको छ ।यी केही प्रतिनिधि उदाहरण मात्रै हुन ।

कोरोना कहरका बेला स्थापना भएका कतिपय अस्थायी अस्पताल अहिले बन्द छ । त्यहाँ रहेका स्वाथ्य उपकरण लगायतका भौतिक संरचना समेत उचित सदुपयोग नभैरहेको गुनासो आईरहँदा रुपन्देहीका पालिकाहरुले भने त्यहि उपकारण, स्रोत साधानको प्रयोग गरी व्यवस्थीत अस्प्ताल सञ्चालन गरिरहेका छन् ।
रुपन्देहीको सियारी गाउँपालिकाले २०७७ साल मंसिर २२ मा गाउँपालिकाको वडा नम्बर २ मा शिलन्यासग गरिएको स्वाथ्य चौकी अहिले निर्माण भएको छ । अर्घाखाँची सिमेन्ट उद्योग प्रालिले करीब १ करोड रुपैयाँको लागतमा निर्माण गरिएको भवन हो । ५ सैयाँको अस्पताल उक्त सिमेन्ट उद्योगले निर्माण गरेको हो भने गाउँपालिका बाट १० बेड थपेर अहिले १५ बेडमा सञ्चालन गरिएको छ ।
गाउँपालिकामा कोरोना कहरको बेला निर्माण गरिएको अस्थायी अस्पतालको बेला जोडजाम गरिएका उपकरण लाई सदुपयोग गरेर अहिले अस्पताल सञ्चालन गरिएको छ । जसबाट अहिले प्रशुती सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको गाउँपालिकाको भनाई छ ।

सियारीमा थप अस्पताल
रुपन्देहीको सियारी गाउँपालिका ४ दयानगर छपियामा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ । छपिया स्वास्थ्य चौकीको स्तरोन्नती गर्दै १५ सैयाको अस्पताल निर्माण गर्नका लागि आज सिलन्यास गरिएको छ । अस्पतालको नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणले सिलन्यास गरेका हुन् । २१ करोड ८० लाख ५० हजार २९५ रुपैया अनुमान लागत राखेर टेण्डर आब्हान गरिएकोमा १८ करोड १ लाख ७ हजार ४८४ रुपैयामा निर्माण गर्ने गरी सम्झौता गरिएको छ । २०७९ असार ८ गते सम्झौता भएको अस्पतालको निर्माण २०८१ कार्तिक ७ गते भित्र सम्पन्न गरी सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।१० औं तहका डाक्टर (मेडिकल सुपरिटेण्डेन) को नेतृत्वमा मेडिकल अधिकृत सहित डाक्टर, नर्स सहितको टिम रहने गाउँपालिकाले जनाएको छ । अस्पताल निर्माण भएपछि सियारीवासीले चिकित्सकिय सेवा, आकस्मीक, ओपिडी, फार्मेसी, ल्याव, रेडियोलोजी लगाएतका सुबिधा प्राप्त गर्ने छन् । अस्पतालको सिलन्यास गर्दै गृहमन्त्री खांणले सरकारले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।

नीजीको पनि लगानी
कोभिड अस्पतालको रुपमा सुरुवात भएको रुपन्देहीको बुटवल–१३, जितगढीमा एडमण्ड सिटी अस्पताल ले अहिले पनि सेवा दिईरहेको छ । करोडौको लगानीमा सुरु हुन लागेको अस्पतालमा कन्सल्टेन्ट डाक्टर ४ जना, मेडिकल अफिसर १०, नर्स ३८, प्यारामेड कर्मचारी सहि का कर्मचारीरहेका छन् । २०६७ सालमा नेपाल सरकारबाट ५० शैय्याको अस्पतालको सम्वन्धन स्वीकृति प्राप्त गरेको अस्पतालले कोभिड महामारीलाई लक्षित गर्दै ५० बेडको अस्पताल सञ्चालनमा ल्याएको थियो ।

अस्पतालले तत्कालै कोभिड संक्रमितका विरामीको उपचार गरेको थियो । करिव १ विगाहा क्षेत्रफल भित्र भेण्टिलेटर सहित ८ शैया को आईसियू ७ शैयाको एचडियू तथा ३५ शैया को आइसोलेशन सहित ५० शैया को अस्पताल संचालनमा ल्याइएको अस्पतालका अध्यक्ष तथा युवा ब्यबसायी प्रकाश रानाले जानकारी बताउँछन् । उपकरण र स्वास्थ्य सामाग्री सहित ३ करोडको लगानीमा सुरु भएको अस्पतालमा कन्सल्टेन्ट चिकित्सक, मेडिकल अफिसर, नर्स प्यारामेडिक र अन्य कर्मचारी समेत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?