ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो

उपमहानगरभित्र असारे विकासको चटारो

२४ असार २०७५, आईतवार
२४ असार २०७५, आईतवार

बुटवलअसार महिना लागेसँगै बुटवल उपमहानगरपालीका सबै वडामा बिकास निर्माणका कामलाई तिब्र पारिएको छ । के गाँउ के शहर, प्रायः सबै ठाँउमा कतै भत्काउने काम भैरहेको छ भने कतै बनाउने काम पनि उत्तिकै गतिमा भैरहेको छ । यो देख्दा बुटवलबासीलाई यस्तो लाग्छ असार महिना नै बास्तवमा बिकास निर्माणको काम गर्ने उत्तम महिना हो ।
जनप्रतिनिधि लगाएतका निर्माणसँग सम्बन्धित स्थानियहरु निर्माणका काममा रातदिन नभनी जुटी रहेका छन कि । खटिरहेका छन । असार लागेयता बुटवल उपमहनगरपालीका अन्तर्गत मुख्य बजारक्षेत्र अमरपथ, संगमपथ, राममन्दिरलाई लगाएतका सडकहरु धमाधम स्तरउन्नती कार्यहरु भैरहका छन । ढल निकासका लागि नाली खन्ने र बनाउने काम पनि द्रुतर गतिमा भैरहेको देखिन्छ । पुर्व पश्चिम महेन्द्र राजमार्ग र उत्तर दक्षिण सिद्धार्थ राजमार्गका छेउमा खानेपानीको पाईप लाईन बिछाउने काम पनि चलिरहेको देखिन्छ । तिनाउ र दानव नदिमा नयाँ पक्कि पुल र तटबन्ध निर्माण गर्ने काम पनि तिब्रताका साथ भैरहेको देखिन्छ । बुटवल शहरलाई उज्यालो शहर बनाउने उद्देश्यका साथ दुबै राजमार्गको बिच भागमा सौर्य बत्ती जडान गर्ने काम पनि असारै महिनामा भइरहेको छ ।
बुटवलको अस्पताल लाईनदेखि हाटबजारको काठे पुलसम्म गतसाल मात्रै स्तरउन्नती गरिएको बाटोलाई अहिले पुनः भत्काएर नयाँ स्वरुपमा बनाउने कार्य भैरहेको छ । अमरपथका साथै संगमपथ, राम मन्दिर लाईन, दुर्गा मन्दिर लाईन लगाएत ति सडकसँग जोडिएका शाखा बाटोहरु पनि पुननिर्माण गरि स्तरउन्नती गर्ने काम धमाधम भैरहेको वडा नम्बर ५ का अध्यक्ष तेजप्रसाद बिश्वकर्माले बताए । अमरपथ बजारलाई गुल्जार बनाउने र रातीमा समेत बजार संचालन गर्ने तयारीका साथ सडक किनारमा ५ फिट पिसिसि ढलान सहित कुल ३ करो १८ लाखको लागतमा निर्माण सो कार्य भैरहेको उनले बताए । अध्यक्ष बिश्वकर्माका अनुसार आगामी केहीबर्ष भित्रै बिशेष खालको बिजुली बत्ती र शान्ति सुरक्षा लगाएतका प्रबन्ध मिलाएर आधुनिक अमरपथ बनाउने र रातीमा समेत बजारमा चहलपहल बनाउने योजनाका साथ अघि बढिरहेको र यसमा बुटवल उपमहानगरपालीकाले कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएको पनि अध्यक्ष बिकको भनाई छ ।
गोलपार्कदेखि चौराहसम्मको सडक किनारमा सडकको क्षेत्राधिकार भित्र ७५ फिटमा डोजर लगाएर, खाल्डा खनेर ठुला ठुला खानेपानीको पाईपलाईन बिछ्याउने काम भैरहेको छ । करिब २ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भैरहेको सो खानेपानी पाईपलाइन बिछ्याउने कार्यले सडक किनारका बासिन्दालाई भने बर्षाले तनाव उत्पन्न गराएको छ । बर्षायाममा खाल्डा खनेर बिकास निर्माणको काम गर्ने तत्काल खाल्डा नपुर्ने, पुरेपनि माटोले मात्र छोपेर छोड्ने भएकाले बर्षा यामभर हिलाम्मे हुने भन्दै स्थानियहरु चिन्तित बनेका छन । खानेपानीको पाईपलाईन बिछाउने काम अत्यन्तै दु्रत गतिमा भैरहेको र असार महिना भित्रै सबै काम सक्काउने गरि युद्धस्तरमा काम भैरहेको खानेपानी कार्यालय बुटवलले जनाएको छ ।
उता तिनाउमा देवीनगर र बुद्धनगर जोड्ने पुल पनि यसै महिना सक्ने लक्षका साथ घामपानी र दिनरात नभनी काम भैरहेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । जोगिकुटी मोतिपुर जोड्ने र मणिग्राम फर्साटिकर जोड्ने पुल पनि निर्माण भैरहेको डिभिजन कार्यालयले जनाएको छ । यस्तै उता दानव नदिमा पनि आधा दर्जन भन्दा बढि पुलहरु निर्माणधिन अवस्थामा छन । ति मध्ये बुटवल उपमहानगर भित्र भर्खरै मात्र दुईवटा पुल निर्माणको थालनी भएको छ । दावन नदिमा मैनाबगर र मजुवा जोड्ने काठेपुलको नजिक दुर्गानगरमा भर्खरै मात्र पक्कि पुल निर्माणको थालनी भएको छ । ठिक त्यसैको पुछारमा न्यू दुर्गानगरमा पनि हालैमात्र पक्कि पुल निर्माणको काम हतार हतारमा शुरु गरेको प्रष्ट देखिन्छ । यि दुबै पुलको चौडाई ११ मिटर रहेको छ जुन पुर्वपश्चिम महेन्द्र राजमार्गमा निर्मित तिनाउ पुलको भन्दा धेरै हो । ।
यसरी असार महिना भित्रै करोडौं अरबौं खर्चगर्ने अभियानका साथ सरकारले युद्धस्तरमा बिकास निर्माणका कामलाई संचालन गरिहेको छ । संघिय र स्थानिय तहका सरकारको लगानीमा भैरहेका यि असारे बिकासको दिगोपन र गुणस्तरका बारेमा भने कसैले ध्यान दिएको पाईंदैन । जसो तसो काम सक्काउने र बजेट रकम फछ्र्यौट गर्ने बिषयमा मात्र सबैको ध्यान पुगेको देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?