© २०२३
वि.सं. २०५३ सालमा मणिग्रामकी मैनादेवी भण्डारीमा अनौठो ईच्छा जाग्यो । सोही अनुसार वि.सं. २००५३ सालमा उनले अनाथ तथा अशाय महिला कल्याण समाज गठन गरिन् । संस्था गठन गरे पश्चात उनमा अनाथहरूको साहारा बन्ने सोँच जाग्यो । सोही अनुसार उनले ‘आत्मशान्ती अनाथ आश्रम’ स्थापना गरिन् । वि. सं. २०६२ सालमा ३ जना अनाथ बालबालिकाहरूलाई साहारा दिँदै सुरु गरेकी मैनादेवी भण्डारी समाज सेवाको भावले अगाडी बढेकी थिईन् । तिनै भण्डारीकै सक्रियतामा अहिले आफ्नै जग्गामा दुई तला आधुनिक भवन समेत निर्माण भएको छ । २५ जना सम्म अशाय बालबालिकाहरूलाई आश्रय दिन सकिने यो भवन विभिन्न दाताहरूको सहयोग र महायज्ञ लगाएर संकलन गरिएको हो ।
आश्रमकी अध्यक्ष समेत रहेकी मैना देवी भण्डारी भन्छिन्–‘लामो समयको प्रयास पछि भवनको तला थप्न सफल भएकी हुँ, आश्रम परिषरमा आयोजना गरिएको धनधान्याञ्चल महायज्ञबाट उठेको रकम बाट भवन बनाउन सकियो ।’ हालसम्म आश्रममा ३२ जना बालबालिकाहरूले आश्रय लिईसकेका छन् । मणिग्राममा रहेको आत्मशान्ती अनाथ आश्रम अहिले दाताहरूकै सहयोगबाट चलेको छ । भाविश्यमा दाताहरूको सहयोग नआएपनि आश्रम नियमित सञ्चालन होस् भन्ने हेतुले भण्डारीले अक्षय कोष निर्माणको योजना अगाडी बढाएकी छिन् ।
हालसम्म उक्त आश्रबाट २० जना बालबालिकाहरूले आ–आफ्नो आश्रय पाएर वा आफन्त पत्ता लागाएर घर घर गएका छन् भने एक जना छात्रालाई उनले सोही आश्रमबाट नै विवाह गरेर पठाईदिएकी छिन् । दुई जना विद्यार्थीले ईन्जीनियर समेत पास गरेर अहिले जागिरमा लागेका छन् । ईलेक्ट्रोनिक्स ईन्जीनियर बनेका उनीहरू अहिले जागिरे समेत छन् ।
आश्रममा हाल १२ जना विद्यार्थीहरू रहेका छन् । सबै विद्यालयमा पढ्छन् । शान्ती नमुना मावि मणिग्राममा अध्ययन गर्दै आएका सबै बालबालिकाहरूलाई विद्यालयले निःशुल्क रूपमा अध्यापन गराईरहेको छ । विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेका अनुसार आधारभुत तहका विद्यार्थीहरूलाई निःशुल्क रूपमा खाजा समेत विद्यालयले प्रदान गर्दै आएको छ ।
विहानको समयमा विद्यालय हिँडेर जाने गरेका १२ जना विद्यार्थीहरू साँझ विद्यालयको बसमा आश्रम (घर) मा आउँछन् । जुन विद्यालयले निशुल्क रूपमा उपलब्ध गराउँदै आएको जनाइएको छ ।
अहिले आश्रममा आफै नै बिहान साँझको खाना खुवाउने काम मैनादेवीले गर्दै आएकी छिन् । कर्मचारी, भान्से, सुसारे राख्ने योजना रहे पनि आर्थिक अभावको कारण राख्न नसकिएको उनी बताउँछिन् । उनी भन्छिन्–‘आश्रममा कर्मचारी राख्ने मन त थियो तर के गर्ने पैसा विना काम गर्ने मान्छे पाईदैन, त्यहि भएर विहान साँझ म आफै आएर छोराछोरी (आश्रममा आश्रीत बालबालिका) हरूलाई खाना खुवाउँदै आएकी छु ।’
अध्यक्ष भण्डारीका अनुसार १ करोड ७७ लाख रूपैयाँको अक्षय कोष स्थापना गर्ने लक्ष्य लिएकी छिन् । हाल सम्म ४१ लाख रकम अक्षय कोषमा जम्मा भएको जानकारी दिँदै अध्यक्ष भण्डारीले आश्रममा दाताहरूको सहयोग नै नभएपनि अक्षयकोषबाट आएको बैक व्याजबाट आश्रमका वालबालिकालहरूले खान, लगाउनको लागि कुने अफ्ठारो नपर्ने गरी उक्त अक्षय कोषको परिकल्पना गरिएको हो ।
वि.सं. २०७७ साल सम्म उक्त योजना पुरा गर्ने सोँच रहेको बताउँदै भण्डारीले त्यसपछि मात्रै कर्मचारीहरू राखेर बालबालिकाहरूको सेवा गर्ने बताएकी छिन् । २५ जना बालबालिका राख्ने क्षमता रहेको आश्रममा सबै बालबालिका बसे पनि उनीहरूको लागि चाहिने खाना, कपडा, लगायतका अन्य दैनिक उपभोग्य साम्रग्रीको लागि १ करोड ७७ लाख रकम भएमा हुने हिसाव सहित सोही अभियान जारी रहेको अध्यक्ष भण्डारीको भनाई रहेको छ ।
सामाज सेवी भावनाले ओतप्रोत भएर अभियानको थालनी गरिएको जानकारी दिँदै अध्यक्ष भण्डारीले उक्त अभियानमा आफु सफल भएरै छाड्ने अठोट लिएकी छिन् ।
विभिन्न दाताहरूकहाँ यो अभियान लिएर जाँदा उनीहरूले सहज रूपमा स्वीकार गरी अभियानलाई सार्थक बनाउनको लागि साथ दिएको भन्दै उनले अझै बढि समाज सेवामा ओतप्रोत भएका व्याक्तिहरूबाट सहयोगको अपेक्षा गरेको बताउँछन् । उनी भन्छिन्–‘समाज सेवाको भावना भएका सबैलाई म यहाँ आएर सहयोग गर्नको लागि अनुरोध गर्दछु । ’
विगतका दिनमा एउटा झोला लिएर विहान र साँझ आफै समाजमा डुलेर मुठी दान संकलन गरी आश्रीत बालबालिकाहरूलाई खुवाउने गरेको अतित सम्झदै भण्डारीले अव तिनी दिन अन्त्यको लागि अक्षय कोषको अवधारणा अगाडी सारेको बताउँछिन् । उनी थप्छीन्–‘अव विहान साँझ बालबालिकाहरूलाई के खुवाउने, हो भन्ने पिर बाट पार पाउनको लागि यो अभियानको थालनी गरेकी हुँ, यसमा सहयोग गरिदिनुहुन म सबैलाई आग्रह गर्दछु ।’