© २०२३
संयुक्त पूर्व सैनिक कल्याणकारी संस्था रूपन्देहीले भारतीय भुतपूर्व सैनिकहरूलाई भारतीय नागरीक जस्तै गरी प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ ।
यस क्षेत्रका केही राजनीतिक दलहरू र बुद्धिजिवीहरूले बुटवलको फूलबारीमा कुनै पनि हालतमा स्थायी पेन्सन क्याम्प बनाउन दिन नहुने भनि गरेको बिरोध प्रति आपत्ति जनाउँदै संस्थाले पेन्सन क्याम्प बनाउने काम अवरुद्ध भए आफूहरू यतिकै नबस्ने चेतावनी दिएको हो ।
संस्थाले मंगलबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना बुटवल स्थित अस्थायी भारतीय भुतपूर्व सैनिक पेन्सन क्याम्पलाई स्थायी पेन्सन क्याम्पको रूपमा विकास गर्ने योजना अगाडी बढिरहेको अवस्थामा केहि राजनीतिक दल र केहि संघ संस्थाले पेन्सन क्याम्पको बिरोध गरेको र भारतीय भुतपूर्व सैनिकहरूलाई भारतीय नागरीक भए जस्तै गरी प्रचार गरिएको भन्दै संस्थाले आपत्ति जनाएको हो ।
पत्रकार सम्मेलनमा संयुक्त पूर्व सैनिक कल्याणकारी संस्था रूपन्देहीका अध्यक्ष क्याप्टेन किशन बहादुर थापाले लामो समयको अथक प्रयास पछि २०५० साल देखि अस्थायी पेन्सन क्याम्प रहेको ठाउँमा एक बिघाहा जग्गा थप गरी स्थायी पेन्सन क्याम्प बनाउने भनि मन्त्रिपरिषद्को २०७३/११/१७ गतेको निर्णय अनुसार मिति २०७४/५÷१९ गते तत्कालीन भारतीय राजदुत मन्जिवसिंह पुरीद्धारा शिलान्यास समेत भएर निर्माण सम्बन्धि प्रकृया अगाडि बढिसकेको अवस्थामा केहि राजनीतिक दल र केहि संघ संस्थाले पेन्सन क्याम्पको बिरोध गर्नु तर्कसंगत नभएको बताए ।
भारतीय भुपु सैनिक भन्नाले भातीय नागरीकनै भए जस्तै प्रचार गरिएको भन्दै उनले आफ्नै देशका भुपु सैनिकहरूलाई नेपालमै पेन्सन थाप्ने सुबिधा दिन्छु भन्दा बिरोध गरेर आफ्नै देशका नागरीकहरूलाई कहाँ लखेट्न खोजिएको हो ? भनि प्रश्न गरे ।
संयुक्त पूर्व सैनिक कल्याणकारी संस्था रूपन्देहीका अध्यक्ष क्याप्टेन किशन बहादुर थापा,सचिव सुमे.पुरन शाही सहित संस्थामा आवद्ध भुतपुर्व सैनिक संघ संस्थाका १५ वटा इकाई अध्यक्षहरूद्धारा संयुक्त रूपमा जारी प्रेस विज्ञप्तिमा काठमाण्डौ,पोखरा र धरानमा पेन्सन क्याम्प खोल्दा त्यहाँका राष्ट्रवादी,देशभक्त जनसमुदायहरूलाई केहि आपत्ति नहुने,राष्ट्रको सूरक्षमा पनि केहि असर नपर्ने बताएका थिए । à