ट्रेंडिंग:

>> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’

भाडा बृद्धिले भित्राएको समस्या(सम्पादकीय)

१७ आश्विन २०७५, बुधबार
१७ आश्विन २०७५, बुधबार

यातायात क्षेत्रमा सरकारले भाडा बढाएपछि अहिले यात्रुहरूसँग गाडी चालकले अन्धाधुन्ध भाडा अशुल्न थालेका छन् । भाडा बढेकै कारण देखाएर ढुवानी महँगो भयो भन्दै बजारमा खाद्य बस्तुलगायत सबै चिजमा महंगी छाएको छ । जसले गर्दा मेलापर्वको अबसरमा उपभोक्ताले महंगोमा सामान किन्नुपर्ने वाध्यता भएको छ । टेलीकमकै कुरा गर्दा इण्टरनेट सेवा सात सय रूपैयाँ मासिक शुल्क लिने भन्दै आएको टेलीकमलाई सरकारले दबाब दिएर मासिक आठ सय रूपैयाँ लिन बाध्य बनायो । वास्तवमा वर्तमान सरकारले सत्ता सम्हालेपछि जनताको ढाड भाँचिने गरी महंगी बढाइरहेको छ । सरकारका तर्फबाट अहिलेसम्म कुनै पनि चिजमा मूल्य घटेको भन्ने उदाहरण छैन । जनताको क्रय शक्ति लामो समयदेखि स्थिर छ, आम्दानीका स्रोतहरू छैनन् । बढ्नुको साटो गिर्दो अवस्थामा छ । यो कुरा जान्दाजान्दै पनि उपभोग्य बस्तुको मूल्य बढाउने काम भइरहेको छ । गणतन्त्रात्मक सरकारले जनतालाई सुविधा त दिएन नै, महंगीको पाहुर भने बारम्बार पस्कने काम गरिरहेको छ । उपभोक्ता जनता सडकमा आउनेवाला छैनन् भनेर नै यस्तो कदम चालिएको हो भने यो सरकारका लागि निकै प्रत्युत्पादक हुनेछ ।
जनताको सुरक्षाको सवालका कुरा गर्दा महेन्द्रनगरको निर्मला पन्तको बलात्कारपछि गरिएको हत्या काण्डले वयान गरिरहेको छ । हत्या भएको एक महिना बढी हुँदासम्म पनि अपराधी पक्राउ पर्न सक्तैनन् । बलात्कारी र हत्यारा को हो भनेर जनताले किटानी गरिदिएका छन् । प्रमाणित अपराधीलाई पनि पक्राउ गर्न नसक्नुको कारण के हो ? यसमा सरकार पक्षबाटै अपराधीलाई जोगाउने काम भएको छ भनेर किन नमान्ने ? अपराधीलाई कारबाही हुनबाट जोगाउने काम विगतमा पनि पटक पटक हुने गरेको हो । अहिले त्यसैलाई निरन्तरता दिइँदैछ । एसियाकै उत्कृष्ठ मानिएको नेपालको प्रहरी जसले विदेशमा लुकेका अपराधीलाई पनि पक्राउ गर्न सफलता पाएको थियो, यो घटनामा किन असफल छ ? वास्तवमा प्रहरी असफल हुनुभन्दा पनि असफल पार्ने काम भएको छ । त्यसैले पञ्चायतकालमा भन्ने गरिएको भूमिगत शक्ति देशमा हावी भएको छ । अहिले पनि मुलुकलाई कुनै भूमिगत शक्तिले सञ्चालन गरिरहेको छ भन्दा अन्यथा हुँदैन । उपभोग्य बस्तुको मूल्य बढाउने, देशमा अनेकप्रकारका वितण्डाहरू मच्चाउने, सरकालाई भूमिगत शैलीबाट काम गर्न दबाब दिने काम गरिरहेको छ । यो जालो देशको लागि खतरा हुन्छ । यसलाई तोड्नु जरुरी छ ।
अब देशमा मेलापर्वहरू भित्रिइसकेका छन् । यो बेला मानिसले अघिपछिभन्दा बढी नै खाद्यबस्तु प्रयोग गर्छन् । कामको दौरानमा बाहिर गएका मानिसहरू घर फर्कन थालिसकेका छन् । तर, ठीक यसैबेला सरकारले महंगी बढाइदिन्छ । अहिले हरियो तरकारीको मूल्य निकै बढेको छ । त्यसमाथि ठगी उत्तिकै हुने गरेको छ । गोभीकै कुरा गर्दा एक सय रूपैयाँमा उपभोक्ताले किनिरहेका छन् । तर, त्यसमा बुढा भएका पातहरू गोलाएर पातसमेत तौलेर बेच्ने गरिएको छ । जुन खाद्य बस्तु नै होइन । एक किलो किन्दा आधा किलो पातको वजनको पैसा तिर्नुपर्छ । तर, बजार अनुगमन गर्ने यहाँ कुनै निकाय नै छैन । सबै उपभोक्ता यसरी ठगिएका छन् । तर, कोहीले यसमा आवाज उठाएको सुनिँदैन । कम से कम यससम्बन्धी हेर्ने निकायले अनुगमन गर्ने, कारवाही गर्ने गरेका हुन्थे भने उपभोक्ताले बुढा पातको पैसा तिर्नुपर्थेन । यसतर्फ सम्बन्धित निकायले ध्यान दिनु जरुरी बनेको छ । खाद्यमा मिसावटको कुरा गर्ने हो भने नाम चलेका पलहरूले पनि उपझोक्तालाई मिसावटी बस्तु बेचिरहेका छन् । घिउमा पिँडालु उसिनेर मिसाउने, चामलमा उस्तै देखिने ढुंगा मिसाउने, दालमा रंग दलेर खान बेलायक भइसकेकोलाई बेच्ने, बेसारमा गेरु हाल्ने गरिएको हुन्छ । यो गोरखधन्धा मेलापर्वमा अझ बढी चलाइन्छ । यसतर्फ कसको ध्यान जाने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?