© २०२३
सामान्य सेवा सुविधाका लागि वडा कार्यालय धाउँदै आएका रामग्राम १४ अईचावलका वृद्धवृद्धाहरूलाई घरदैलो मै सेवा दिन मंगलवार कर्मचारी गाँउमा पुगे पछि स्थानिय दंग परे । आएका कर्मचारीले टोलमै टेबल लगाए र सुचना सबै घरमा सुचना पठाए । घरका वृद्धवृद्धलाई एकत्रित हुनका लागि । विस्तारै वृद्ध वृद्धाहरू भेला हुदै गए सेवा लिन, त्यो सेवा थियो,जेष्ठ नागरिकको लागि निवेदन संकलन र नबिकरण ।
वार्ड कार्यालयले पहिलो पटक टोल टोलमै पुगेर जेष्ठ नागरिकको लगत संकलन गर्ने र जेष्ठ नागरिकको परिचय पत्र नविकरण गर्ने गरि साता ब्यापी टोल टोलमा सेवा भनेर अभियान मंगलवार देखी शुरु गरिएको वार्ड सचिव सुनिल लामिछानेले बताए । कार्यालयमै आएर परिचयपत्र नविकरण गर्दा जेष्ठ नागरिकलाई हैरानी हुने र केही मृत्यु भएका ब्यतिmको परिचयपत्र परिवारका सदस्यले आउन नसक्ने भन्दै पनि मृतकको पनि परिचयपत्र नविकरण भएको जस्ता पनि समस्या आए पछि अहिले टोल टोलमै पुगेर दर्ता नविकरणको लागि योजना बनाईको वार्ड सचिव लामिछानेले जनाए ।
यस्ले एकातिर जेष्ठ नागरिकलाई हैरानी हुदैन्,उनले भने, आर्को तिर छल्ने कार्य पनि रोकिन्छ । त्यही भएर वार्ड समितिको निर्णय अनुसार यो योजना ल्याइएको उनको भनाई थियो । वार्ड कार्यालय जाने मनमा हुदा हुदै पनि जान सकिएको थिएन्, परिचयपत्रका लागि आवेदन दिन आएकी ७५ बर्षिय चम्पा देवी यादवले सुनाईन् । वडा कार्यालयका कर्मचारी नै घरदैलोमा आए, हामीलाई राहत भयो,उनले खुशी ब्यतm गर्दै भनिन्, वडा कार्यालयले कार्यालयमा बोलाउनु भन्दा यस्तै हाम्रै घरदैलोमा सधै आई दिएका छन् । खुशी लागेको छ, उनले कर्मचारीलाई आशिर्वाद दिदै भनिन्, हामी जस्ता वृद्धवृद्धालाई यसरी घरमै आएर सेवा गर्ने सबैको उन्नती र प्रगति होस । त्यसै कर्मचारीको यस्तो कार्यको सराहना गरे आर्का वृद्ध मोल्तार हरिजन । हामी वृद्धलाई वार्ड कार्यालय पु¥याउन एक जना परिवारका सदस्य लिएन जानु पथ्र्यो,ज्याला मजदुरी गरि खाने परिवारलाई एक दिनको पनि महŒव हुन्छ । तर कर्मचारी टोलमै आउँदा हामीलाई राहत महशुस भएको उनले सुनाए ।
रामग्राम नगरपालिकामा नै पहिलो पटक जेष्ठ नागरिकका लागि टोल टोलमा पुगेर सेवा प्रदान गर्ने साविक बन्जरिया गाविस हालको वार्ड नं.१४ ले शुरुवात गरेको छ । यस्तै अन्य वार्डका कर्मचारीले पनि टोल टोलमा पुगेर सेवा प्रदान गरे जनतालाई राहत मिल्ने हरिजनको भनाई थियो । वार्ड सचिव लामिछानेका अनुसार वार्ड नं.१४ मा कुल १० वटा वार्ड रहेको छ । एक दिनमा दुई वार्ड भ्याउने गरि साताब्यापी कार्यक्रम बनाएका छौ, उनले भने, तर आज एउटा वडा अईचावल मात्र भ्याउन सकियो । एक दिनमा ७० जना जेष्ठ नागरिकको नविकरण केही नयाँ दर्ता गरिएको छ । सरकारको नीति अनुसार जेष्ठ नागरिकको नविकरण र नयाँ दर्ताका कार्य मंसिर भित्र सकिनु पर्छ । तर विगत बर्षमा केही जेष्ठ नागरिकको उमेर पुगे पनि ढिलो कार्यालयमा आउने र दर्ता गरे पनि त्यही बर्ष उनिहरूका लागि समाजिक सुरक्षा भत्ता नआउँदा किन नपाएको भन्दै गुनासो लिएर कार्यालयमा जाने गरेको थिए ।
टोलमै पुगेर संकलन गरेपछि कोही पनि नछुट्ने अवस्था देखियो, कोही कोहीको आवश्यक प्रमाण नभेटिएमा उनीहरू कार्यालयमा म्याद भित्र आउनका लागि सुचना पनि हुने भयो, वार्ड सचिव लामिछानेले भने, त्यसै गरि केही जेष्ठ नागरिकको मृत्यु भई सकेको छ,तर मृत्यु दर्ता भएको छैन्, त्यो भएर लगत नसच्याउदा भत्ता रकम आएर पनि फ्रिज हुने वा कसैले झुक्याएर बुझन खोज्ने कार्य गरि अनिमितता पनि हुने हुदा त्यो पनि टोलमै सच्चिने भयो ।
यो कार्यक्रमले वार्ड कार्यालयलाई पनि सिकाई भएको छ । अहिले वार्ड कार्यालयमा योजनाका कार्यक्रम पनि सञ्चालन गर्ने कार्य नभएको अवस्थामा समयको सदुपयोग गरि अभियानलाई सफल पारेको उनको भनाई थियो । वडा नं.१४ ले गरेको कार्यको प्रशंसा गर्दै निमित नगरप्रमुख रहेकी उपमेयर रम्भा कुवँरले अन्य वार्डले पनि यसरी योजना बनाएर कार्यक्रम गर्नुपर्ने बताईन् । फुर्सतको क्षणलाई जति सक्दो उपयोग गरे कर्मचारीकै टाउकोको बोझ हलुगोँ हुने र समाजका प्रशंसाको पात्र पनि हुने यो उदाहरणिय कार्य भएको उनले भनिन्,अन्य वडाले यसको अनुकरण गर्नुपर्छ । à