© २०२३
उस्तै भूगोल । विकासको गति र समस्या समान जस्तै । योजना र बजेट मिल्दाजुल्दा । पद एउटै । फरक, उमेर अनुभव र अनि पाटी । सीमाना जोडिएको गाउ“पालिका मालारानीका अध्यक्ष बालकृष्ण आचार्य र छत्रदेवका अध्यक्ष लेखनाथ पोखरेलबीच नमूना पालिका बनाउनेमा होड चलेको छ । विकास योजनाका शीर्षक एउटै भएपनि बजेट र काम गर्ने शैली फरक–फरक छ ।
गजबको विषय एउटै काममा देखियो । निर्वाचित भएपछि जिल्लामै पहिलो पटक गाउ“सभा गरेर आचार्यले पा“च वर्ष भित्र मालारानीलाई खरको छानामुक्त बनाउने योजना अघि सारे । पहिलो वर्ष ४२ घरमा टिन वितरण गरे । पोखरेलले एकै वर्षमा खर (भुस) को छानामुक्त पालिका बनाउने गरी बजेट छुट्टाए । गाउ“ डुलेर धमाधम छत्रदेव गाउ“पालिका छाप अंकित जस्ता वितरण गरे, निःशुल्क टिन पाएपछि खर फालेर छानो जस्ताले छाए । घर चिटिक्क भयो । छत्रदेव देशमै खरको छानामुक्त पालिका पहिलो बन्न सफल भयो । आचार्य तत्कालिन एमाले र पोखरेल कांग्रेसबाट अध्यक्षमा जितेका हुन । २०५४ सालमा खन गाविस अध्यक्ष भएर काम गरेको अनुभव आचार्यमा छ । विद्यार्थी राजनीतिबाट उदाएका पोखरेल युवा र जनप्रतिनिधिमा पहिलो अनुभव बटुल्दैछन् । दुवै लोकप्रिय छन ।
छत्रदेवले ३ सय १४ घरलाई जस्तापाता वितरण गर्दा १ करोड १९ लाख ९७ हजार रूपैया“ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले बताए । मालारानीले अघिल्लो वर्ष ४२ घर र यस वर्ष एक सय घरलाई जस्तापाता वितरण गर्दैछ । करिब ५ सय जति घर खरका छन् ।
दुवै गाउ“पालिकाले सडकमा कम बजेट छुट्टाएका छन । नया“ सडक निर्माण गर्नु पर्दैन । किनकी टोलैपिच्छे सडक सञ्जाल पुगेको छ । पुरानैलाई मर्मत, सुधार गरेर हिउ“द÷वर्षा सरर गाडी गुडने बनाउने हो ।
भैरहेका सडकको स्तरोन्नती गर्न मालारानीले ५० लाख र छत्रदेवले एक करोड रूपैया“ बजेट गाउ“सभाबाट विनियोजन गरेका छन । सन्धिखर्क–बल्कोट–छत्रगञ्ज हु“दै र ठूलापोखरा–मरेङ हु“दै गुल्मीको तम्घास र बल्कोट–रिडि सडकको मोड काट्ने, फराकिलो बनाउने र ग्राभेल गर्ने काम सडक डिभिजनले गरेको छ । पोखरा–सुर्खेत राष्ट्रिय सडक पनि रिडी, चिदिका छत्रगञ्ज हुँदै मालारानीको खनदह, हंसपुर, गोखुंगा हु“दै प्युठान जान्छ । पालिकाका मुख्य सडक ग्राभेल गर्ने काम भैरहेको छ ।
छत्रदेवका सबै वडामा यातायात पुगेको छ । एक करोड बजेटले पालिका भित्रका वडासम्मका सडकको नाली काट्ने, स्तरउन्नती गर्ने र मोड फराकिलो बनाउनेमा खर्च हुन्छ, अध्यक्ष पोखरेलले भने । हिलो, धुलो मुक्त बनाउने उनले बताए । वडाका टोलैपिच्छे सडक सरकारी बजेट र प्रायः घरैपिच्छे रेमिट्यान्स, चन्दा उठाएर र अन्य आम्दानीबाट निर्मँण भएका छन । अहिलेको वर्षामा एक दिन पनि गाडी ठप्प भएनन ।
मालारानीका अध्यक्ष आचार्यले ९ वटा वडालाई पा“च–पा“च लाख रूपैया“का दरले रकम दिएको बताए । सबै वडाको टोलैपिच्छे सडक खनिएका छन् । नया“ सडक खन्न बजेट नै छैन । पुरानालाई वर्षामा भेलले नखोल्ने र हिउ“दमा धुलो नउड्ने बनाउने हो, उनले भने ।
यो पालिका भित्रबाट पोखरा–सुर्खेत सडक धमाधम निर्माण भएको छ । एकै दिन हिमाल, तराई र पहाड घुम्न सकिने सालझण्डी–ढोरपाटन सडक सन्धिखर्कबाट बा“गी र हंसपुर हु“दै गुल्मीको पुर्काेदहबाट बाग्लुङको ढोरपाटन पुग्छ । सडक डबल कटिङ धमाधम छ । पोखरेलले छत्रदेव र आचार्यले मालारानी भित्रका सडकलाई ग्राभेल र पीच गरेर सरर गाडी चल्ने बनाउने दावी गरेका छन । पहिरोले पुर्ने र भत्कने सडक छैनन । गाडी चलेकै छन ।
कृषि, पशुपालन र उत्पादनमा दुवै पालिकाले जोड दिएका छन । मालारानीले कृषिमा एक करोड ३७ लाख रूपैया“ बजेट छुट्टाएको छ । सदरमुकाममा दुई÷तीन घण्टाको अवधिमा ९ वटै वडाको टोलबाट गाडीमा आइपुगिन्छ । उत्पादित वस्तु गाउ“ पुगेको बस, ट्रक, जिप र ट्याक्सीबाट कृषकले सदरमुकाम ल्याएर बिक्री गर्छन । चामल, नुन तेल किनेर बेलुका घर फर्कन्छन । गोखुंगा र हंसपुरका अग्ला डा“डाको बस्तीमा खानेपानी समस्या छ । अरू ठाउ“मा सिचाइ“ सुविधा भएकाले तरकारी खेती र मसलाबाली उत्पादन बढदो छ । एक घर एक व्यक्ति सहकारीमा आवद्ध गराएर सामुहिक खेती प्रणालीको काम अगाडी बढेको छ, आचार्यले भने । बेमौसमी तरकार उत्पादन, गाइ, बाख्रा, कुखुरा, भेडा पालेर सम्बृद्ध पालिका बनाउने हो । मसलाबालीमा पनि ध्यान दिएको उनले बताए । विजुली, खानेपानी, सडक, शिक्षा, स्वास्थ्य पहु“च सबै वडामा छ ।
छत्रदेवमा कृषि र पशुपालन राम्रो छ । उत्पादित दूध र तरकारी तम्घास बजार जान्छ । गाडीमा एकै घण्टामा तम्घास पुगिने भएकाले भगवती, अर्घातोष, मरेङ, छत्रगञ्जका कृषकबाट दैनिक एक हजार लिटर दूध तम्घास जान्छ । तरकारी पनि उस्तै जान्छ । कृषकलाई अनुदान दिएर थप उत्साहित गराउने र उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य अनुसार बजेट विनियोजन गरी काम भैरहेको अध्यक्ष पोखरेलले बताए । बल्कोट, चिदिका, केरुंगा, छत्रगञ्जमा खानेपानीको समस्या छ । यहा“ खोलाबाट लिफ्ट प्रविधिबाट पानी तान्ने र वर्षाको पानी संकलन गरेर सिचाइ“ सुविधा उपलब्ध गराइने कार्यक्रम छ ।
à