© २०२३
रोटरी क्लवहरूको अगुवाईमा बुटवलमा स्थापना हुन लागेको सामुदायिक क्यान्सर अस्पतालको लागि बुटवलका एक समाजसेवीले झण्डै आधा करोड रूपैयाँ आर्थिक सहयोगको घोषणा गरेका छन् । सिमली फाउण्डेशन तथा सिमली टेण्टल केयर प्रालिका अध्यक्ष महेन्द्र अर्यालले आफ्नो सवै सम्पत्ति अस्पताललाई प्रदान गर्ने घोषणा गरेका हुन् । उनको सहयोगको घोषणाले क्यान्सर अस्पताल स्थापना गर्ने अभियानलाई थप हौसला मिलेको छ । गुल्मी मदाने गाउँपालिकामा जन्मेका अर्याल बुटवल उपमहानगरपालिका ११ मजुवा निवासी हुन् । अर्याल र अर्यालको श्रीमती लिला अर्यालले छोराछोरीको विवाह खर्च कटाएर सबै श्रीसम्पत्ति अस्पताललाई दिने घोषणा गरेका हुन् । समाजसेवी अर्याल दम्पत्तिका डा. शिशिर अर्याल, सिजन अर्याल, सिताक्षी अर्याल समिक्षा अर्याल गरी ४ जना सन्तान छन् । उनीहरू कसैको पनि विवाह भएको छैन । छोराछोरीको विवाह खर्च कटाएर सबै सम्पत्ति अस्पताललाई दिने निर्णय गरियो । सोमवार साँझ समाजसेवी अर्यालले भने–अस्पताललाई सहयोग गर्न पाउँदा खुसी छौ । विवाह खर्च कटाएर बचेको ४५ लाख भन्दा वढि रूपैयाँ आर्थिक सहयोग गर्न लागेको उनले बताए । अभियानको शुरुवातमै सहयोगी मनहरू भेटिएकाले आफूहरूलाई हौसला मिलेको रोटरी क्लब अफ बुटवलका अध्यक्ष नारायण प्रसाद पन्थले बताए । यसैविच इन्टरनेशनल सिमली फाउण्डेशन तथा सिमली टेण्टल केयर प्रालिको आयोजनामा बुटवलको नहरपुरमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । फाउण्डेशनका संस्थापक अध्यक्ष महेन्द्र अर्यालका स्व पिता धनराम अर्यालको १८ औ वार्षिक पुन्यतिथी तथा कानुनी सल्लाहकार बलराम न्यौपानेका पिता स्व.छविलाल न्यौपानेको ४६ औ वार्षिक तिथिको अवसरमा आयोजित शिविरमा दात मुख, गिजा र आँखाका ४ सय जना विरामीको स्वास्थोपचार गरिएको फाउण्डेशनले जनाएको छ ।
सो अवसरमा ६ जना गरिव जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको तथा छ जना अनाथ वालवालिकालाई लत्ताकपडा समेत वितरण गरिएको जनाईएको छ । त्यसैगरी ६ जना जेष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले सोमवार आयोजित एक कार्यक्रममा छात्रवृत्ति वितरण तथा सम्मान गरेका थिए । सो अवसरमा वडा अध्यक्ष रामचन्द्र खनाल, वडा सदस्य नहकुल शाही, रोटरी क्लव अफ बुटवलका अध्यक्ष नारायण प्रसाद पन्थ, पुर्व अध्यक्ष हुतानन्द खनाल, अधिवक्ता वुद्ध थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए । à