ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

नागरिकताले परिवारमा खुशियाली

१६ आश्विन २०७५, मंगलवार
१६ आश्विन २०७५, मंगलवार

७१ वर्षको उमेरमा बल्ल नेपाली नागरिक भइन् फुलमती थारु । हातमा नागरिकता परेसँगै शिवराज नगरपालिका ५, नवडिहवा निवासी फुलमती थारु नेपाली नागरिक बनेकी हुन् ।
ढल्किँदो उमेरमा पहिलो पटक हातमा नागरिकता पाएकी फुलमतीमा खुशीको सीमै छैन । पहिलो धोको पूरा भएको बताउँदै उनी भन्छिन्– “सबभन्दा पहिले ६ सन्तानको जन्म सिफारिस बनाउँछु, त्यसपछि नागरिकता बनाइदिन्छु, अनि सँगसँगै भत्ताको लागि पनि फाराम भर्छु ।”
उनको नागरिकता नबनेकै कारण उनका ३ छोरा र ३ छोरी हालसम्म पनि नागरिकता विहीन छन् । नानानतिनाहरूको अहिलेसम्म जन्मदर्ता बनेको छैन । उनको तीन छोरीहरूको विवाह भई नानानतिनाहरू समेत छन् । यता जेठी छोरी ४५ वर्षकी भइन् तर आमाको नागरिकता नहुँदा अहिलेसम्म नागरिकताबाट बन्चित छिन् । जेठो छोरा भुर्रा ४० वर्षका भए । उनका दुई छोरा छोरी छन् तर उनीको पनि नागरिकता छैन भने साना बालबालिकाको जन्मदर्ता समेत बनेको छैन । उनको कान्छो छोरा सुनिल २४ वर्षका भए । नागरिकता नबनेसम्म विवाह नै नगर्ने संकल्प गरेका सुनिल आमाको नागरिकता बनाउन आफैं दौडधुप गरे । सबै प्रमाण जुटाई बल्ल आमाको नागरिकता बनाउन सफल भएकोमा उनी निकै खुशी छन् ।
फुलमतीका पति छोटु थारु २० वर्षअघि बेपत्ता भए । उनको पनि नागरिकता थिएन । जसले गर्दा नागरिकता बनाउन फुलमतीलाई निकै संघर्ष गर्नुप¥यो । जेठाजु टिट्राको मृत्यु भएको वर्षौं भयो । जीवनमा अनेकौं चुनौतिको सामना गर्दै छोराछोरी हुर्काएकी फुलमती आफैं नागरिकता विहीन हुँदा छोराछोरी समेत हालसम्म गैर नागरिक बनेर बस्नुप¥यो । बल्ल नागरिकता पाएकी फुलमतीको पहिलो इच्छा नै छोराछोरीको नागरिकता बनाउनु रहेको बताउँछिन् । फुलमतीको नागरिकता बनाउन महिला अधिकारकर्मी कमला भुसाल र स्थानीय छिमेकी पार्वती कँडेलको महत्वपूर्ण भूमिका रहेको थियो । भने प्रमाण पूरा भए नागरिकता बनाइदिने हौसला प्रदान गरेका थिए इलाका प्रशासन कार्यालयका शाखा अधिकृत जगदीश अर्यालले ।
यसैबीच इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट चालु आर्थिक वर्ष २०७५ को दुई महिनामा ८४२ जनाले वंशजका आधारमा नागरिकता लिएका छन्  भने असोज ११ गतेसम्म १२४ जनाले बंशजको आधारमा नागरिकता पाएका छन् । साउन र भदौ दुई महिनामा १०५ जनालाई बैवाहिक अंगीकृत नागरिकता प्रदान कार्यालयले असोजको ११ सम्म १४ जना थपिएको शाखा अधिकृत जगदीश अर्यालले बताए । प्रशासनबाट साउन १ गतदेखि असोज ११ गतेसम्म प्रतिलिपि नागरिकता ९४७ वटा वितरण भएको शाखा अधिकृत जगदीश अर्यालले बताए । यस्तै नाबालक परिचय पत्र ९ जनालाई दिएको उनको भनाई छ । यसैबीच भदौ १५ बाट शुरु भएको द्रुत राहदानी सेवाबाट हालसम्म १३ जना लाभान्वित भएको शाखा अधिकृत अर्यालले जानकारी दिए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?