ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

सरकारी राजस्वभन्दा व्यक्तिगत बढी

१२ आश्विन २०७५, शुक्रबार
१२ आश्विन २०७५, शुक्रबार

सर सबै यात्रुका लगेज हुन् ।
किन राखेको ?
के गरौं सर यति त भइ हाल्छ !
हुँदैन ?
मिलाउनु न सर……..!
यो कुनै कुरा सिनेमाको संवाद होइन । यो संवाद रूपन्देहीबाट पहाडी जिल्ला प्रवेशको मुख्य नाका ठानीने चिडीया खोलाको हो । अस्थायी ट्राफिक पोष्टमा ड्युटिमा कार्यरत ट्राफिक प्रहरी र बुटवल देखी गुल्मीका लागि छुटेको जीपका चालक बीच यस्तै कुरा भइराख्छ । उक्त पोष्टमा एक दिन यस्तै कुरा हँुदै थियो ।
सवारी दुर्घटना र अपराध न्यूनीकरणका लागि भन्ने उद्देश्यले स्थानीय अस्थायी यस ट्राफीक पोष्टमा ड्युटिमा रहेका ट्राफीक प्रहरीलाई कमाइ गर्न बलियो माध्यम बनेको छ यो पोष्ट ।
उत्तर दक्षिण जोड्ने एक मात्र मुख्य राजमार्गको मूख्य नाकामा स्थापीत अस्थायी पोष्टमा कार्यरत ट्राफिक प्रहरीले सवारी ऐन नियम विपरित सवारी हाँके बापत उठाउने सरकारी राजस्वको तुलनामा चार दोब्बर रकम र व्यक्तिगत राजस्व वापत संकलन गर्दै आएका छन् ।
बुटवल–गुल्मी रुटका जीप चालक अर्जुन भुसाल भन्दछन्–‘बुटवलबाट तम्घास सम्म पुग्दा धेरै यस्ता पोष्ट पार गर्नुपर्दछ । तर यहाँ जस्तो दुःख कहिँ कुनै पोष्टमा कार्यरत ट्राफिकले दिँदैन्  । रसिद काटे एक हजार रसिद नलिएर पाँचसय सय रूपैयाँ दिनु पर्दछ । उनीहरूले भनेजति नदिए गाडी रोकी दिन्छन् ।
यात्रुवाहक सवारी साधनमा यात्रुले आफ्नो सामान सिटमा राख्यो भने पनि ट्राफीक प्रहरीलाई धेरै पैसा दिएर खुशी गराउनु पर्ने बाध्यता चालकको हुन्छ । गुल्मी रुटका जिप चालक दान बहादुर नेपाली बताउँछन् ।
बुटवलबाट सिद्धबाबा मन्दिरको दर्शनका लागी यात्रु उभ्याएर राखेवापत ५ सय रूपैयाँ ट्राफिक प्रहरीको व्यक्तिगत राजस्वमा जम्मा गरेको बुटवल–पाल्पा रुटका चालक विमल चौधरीले बताए ।
झण्डै तीन महिनामा पाल्पा रुटमा नम्बर पर्दछ कमाइ राम्रै भए पनि ट्राफीक प्रहरीको व्यवहारले गर्दा नम्बर मिस गरौ जस्तो हुन्छ उनले भने ।
प्रहरी स्रोतका अनुसार ६/६ घण्टा को ड्युटी हुन्छ । दिउँसो भन्दा बिहान बेलुका ड्युटि पर्नेले धेरै रकम उठाउन सक्ने स्रोत बताउँछ । रूपन्देही स्थित ट्राफीक प्रहरी कार्यालयमा एक जुनियर अधिकृतले आफ्नो नाम उल्लेख नगरी दिने शर्तमा भने–‘केही न केही चलखेल तलबाट माथि सम्म छ ।’ यो विषयमा पटक पटक गुनासो पनि आएको हो तर न्यूनीकरण नभएकोमा उनी द· परे ।
गाडीको ढोका खुल्ला भए गल्लीमा पनि यात्रु उम्मायो भने वसको एकहजार रूपैयाँ सम्म दशा लाग्यो भनेर जाने हुन्छ त्यसमा आफू एक पटक पिडीत भइसकेको बस चालक विनोद गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission