ट्रेंडिंग:

>> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’

पर्यटकमैत्री बनौँ (सम्पादकीय)

११ आश्विन २०७५, बिहीबार
११ आश्विन २०७५, बिहीबार

आज अन्तर्राष्ट्रिय पर्यटन दिवस हो । विश्वभरि नै आज पर्यटन दिवस मनाइन्छ । यसकारण यो दिवस मनाइन्छ कि अहिले कुनैपनि मुलुकको गतिलो आम्दानीको स्रोत पर्यटकहरू आफ्नो देशमा भ्रमणको लागि आएर उनीहरूले गरेको खर्चबाट आम्दानी प्राप्त हुन्छ । नेपालको कुरा गर्दा कूल बजेटमध्ये करिब १० प्रतिशत आम्दानी पर्यटकहरूबाट प्राप्त भएको छ । पर्यटक दुई किसिमका हुन्छन् । बाह्य र आन्तरिक । आन्तरिक पर्यटकले गर्ने खर्च आफ्नै देशको आम्दानी र आफ्नै देशमा गरेको खर्चको रूपमा मानिन्छ । यसले राष्ट्रिय आम्दानी बढाएको हुँदैन । यो जिल्लाको आम्दानी अर्को जिल्लामा जाने कुरामात्र हुन्छ । राष्ट्रिय आम्दानी बढाउनको लागि बाह्य देशबाट आउने पर्यटकले गर्ने खर्चलाई दरिलो आम्दानी मान्न सकिन्छ । पर्यटकहरू किन अरू मुलुकमा भ्रमणमा निस्कन्छन् भन्ने कुरा गर्दा मानिस स्वभाबैले घुम्न खोज्छ । नयाँ प्रकृति, नयाँ बस्तु, नयाँ वातावरण, नयाँ मानिससँगको संगत खोज्छ । त्यहाँका विविध कला, संस्कृति, भेषभूषा, बोलीचाली आदिबाट ज्ञान आर्जन गर्न चाहन्छ । त्यसको लागि घुम्नु जरुरी हुन्छ । नेपाललाई प्रकृतिले अनेक कलाबाट सुन्दर तरिकाले सिंगारेको छ । तराईका फाँट देखि विश्वको सबैभन्दा अग्लो हिमाल यहि भूमिमा छ । तर, हामीले पर्यटकलाई घुम्न, बस्न, खान, ठाउँहरू देखाउन नसक्दा भनेजति पर्यटकहरू भित्रन सकेका छैनन् । यहाँका सम्पदाहरूको पर्याप्त प्रचार प्रसार हुन सकेको छैन । उनीहरू बस्ने खालका राम्रा आबास छैनन् । खानाको लागि सामग्रीहरू हुँदैनन् । सुरक्षा हुँदैन । यसले गर्दा उनीहरू लामो समयसम्म घुमफिर गर्न चाहँदैनन् । पर्यटकलाई जति लामो समयसम्म बसाल्न सकिन्छ त्यति नै बढी आम्दानी हुने हो । यो कुराको यहाँ कमी छ ।
पर्यटकलाई हामीले आम्दानीको स्रोत त मानेका छौँ । तर, पर्यटकप्रति गरिने ब्यवहार पर्यटकमैत्री छैन । अतिथि देबो भबः भन्ने भनाइ त सबैले सुनेका छन् । तर, अतिथिको ब्यवहार निभाउने कुरामा कमी छ । यी डलरवाला मानिस हुन् यिनीहरूलाई लूट्नुपर्छ भन्ने भावना धेरैमा रहेको पाइन्छ । बीस रूपैयाँमा बेचिने एक प्याला चियालाई विदेशी देख्यो कि एक सय रूपैयाँ ऐँठ्न खोजिएको हुन्छ । एक बोतल वियरलाई दुई सय असी रूपैयाँमा बेचिएको हुन्छ । तर, विदेशी अनुहार देख्दासाथै पाँच सय रूपैयाँ ठटाइन्छ । उनीहरूलाई के थाहा र कुन चिजको भाउ कति हो भन्ने भनेर त्यसो गरिएको हुन्छ । यस्ता धुर्त ब्यवहारले गर्दा पनि पर्यटकहरू लामो समयसम्म बस्न रुचि राख्दैनन् । अर्को कुरा सुरक्षाको पनि यहाँ कमी छ । पर्यटकले आफ्नो देशकोजस्तो सुरक्षा खोज्ने गर्छ । नयाँ वातावरणमा घुलमिल नहुँदासम्म असुरक्षित महशुस हुनु स्वभाविकै हो । एकातिर हिँडेको मानिस अर्कोतिर पुग्न पनि सक्छ । तर, हामीले उसलाई उचित स्थान देखाउनुको साटो अर्कोतिर लगेर कसरी पैसा झार्ने भन्ने ध्याउन्नमा लागेका हुन्छौँ । कोही दुर्घटनामा प¥यो भने सम्बन्धित स्थानमा समयमा खबर पुग्दैन । यस्ता ब्यवहारले उ स्वदेश फर्कियो भने यहाँको विषयमा नकारात्मक सन्देश फैलाउँछ र त्यो देशका मानिसहरू नेपालमा भ्रमण गर्न रुचि राख्दैनन् । यस्ता ब्यवहार रोक्ने काम सरकारको हो । पर्यटन दिवस मनाइरहँदा यी कुरामा ध्यान पुराउनु आवश्यक छ ।
सबैभन्दा मुख्य कुरा त प्रकृतिले अनमोल बस्तुहरू दिएर पनि हामीले पर्यटकलाई आकर्षित गर्न सकेका छैनौँ । विश्वकै दुर्लभ बस्तुहरू नेपालले प्राप्त गरेको छ । पर्यटकहरूले कैयौँ बर्षसम्म बसेर अध्ययन गर्दा पनि धित नमर्ने बस्तुहरू यहाँ मौजूद छन् । भारतले चार धाम भनेजस्तो नेपालमा सहश्र धामहरू छन् । तर, हामीले त्यसको पहिचान गर्न सकेका छैनौँ । उचित ढंगले संरक्षण गर्न सकेका छैनौँ । पर्यटकलाई मन लोभ्याउने गरी काम गर्न सकेका छैनौँ । जहिले हे¥यो कहिले बन्द हुन्छ, कहिले हडताल चल्छ, कहिले तालाबन्दी हुन्छ । लामो द्वन्द्वकालमा नेपालमा पर्यटकहरू आउन सक्ने अवस्था नै रहेन । सुरक्षा पाउन सकेनन् । अहिले केही हदसम्म शान्त वातावरण त छ, तर, नेपालमा त के हो के हो भन्ने गरी उनीहरूको मन झस्कन्छ । उनीहरूको बसाइँ, घुमाइलाई सुरक्षाको प्रत्याभूति दिन सकिएको छैन । विश्वकै प्रतिष्ठित पुरातात्विक सम्पदा लुम्बिनी अहिलेसम्म पनि पर्यटकलाई आकर्षणको स्थल बन्न सकिरहेको छैन । शिकार स्थल ढोर पाटन, मृग, गैँडा, चराचुरुंगीले भरिपूर्ण शुक्लाफाँटा, बर्दिय निकुञ्ज, कोशी टप्पु, सौराहा, शालिग्राम क्षेत्रले पर्यटकहरूलाई जति तान्नुपर्ने हो तान्न सकेको छैन । सबैभन्दा पहिले यस्ता पर्यटन क्षेत्रको पहिचान र संरक्षण तथा प्रचार प्रसार गर्नु जरुरी हुन्छ । उनीहरू बस्नको लागि सुबिधासम्पन्न अतिथिगृहरू निर्माण गराउनु पर्छ । सरकारी स्तरबाट केही काम हुन सकिरहेको छैन । निजी रूपबाट केही होटेल, रिसोर्टहरू बनेका छन् तिनैले केही हदसम्म विदेशी पर्यटकलाई तान्ने गरेका हुन् । भारतकै कुरा गर्दा सुनौली नजिकै सरकारीस्तरबाट तारे होटल सञ्चालन गरिएको छ । कर्मचारी राखेर सञ्चालनमा ल्याएको छ । लुम्बिनी आउने पर्यटकहरू यहाँ केहीछिन् घुम्ने र उहिँ बस्न जाने गरेका हुन्छन् । यसबाट पनि सरकारले पाठ सिक्नु जरुरी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?