ट्रेंडिंग:

>> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार

सिलुवामा हट्यो खानेपानीको समस्या

११ आश्विन २०७५, बिहीबार
११ आश्विन २०७५, बिहीबार

पूर्वखोला १ सिलुवा माथिल्लो थरका महिलाहरूलाई एक गाग्री पानीका लागी एक विहानको समय विताउन नपर्ने भएको छ । सद्यौं देखि अहिले सम्म गाउँकै जाम्दि पँधेराबाट पानी भर्दै आएका महिलाहरू आफ्नै घर आगनमा धारा बाट पानी आउदा खुशीले द· परेका छन् । आफ्नै घर आगनमा यसरी पानी आउला भनेर उनीहरूले कल्पना समेत गरेका थिएनन् । बस्ती माथि, पानीको स्रोत तल हुँदा उनीहरूले पानीका लागी निकै समय खर्चीनु परेको थियो । आफ्नो घरमा पानी आउँदा खुशी मात्र भएनन् त्यो खुशीलाई रगं रमाइलो गरेर खुशी साटासाट गरे ।
विभिन्न ठाउँका बस्तीहरूमा सोलारको प्रयोगबाट गाउँ तल रहेको मुलको पानी तानेर घरघरमै प्रयोग गरेको सुन्दा माथिल्लोथरका स्थानीयहरूले पनि गाउँमा तलको पानी लिफ्टिङ्ग गर्ने सपना बुनेका स्थानीय वासिन्दाको सपना यतिखेर विपनामा रूपान्तरीत भएको छ । तर उनीहरूका लागि आफ्नै लगानीमा योजना सञ्चालन गर्नु सपना जस्तै थियो । यहीँ गाउँ बस्ती भएर निर्मीत सडक हुदै जिल्लाका नेता, तथा प्रमुखहरू दिनहुँ गाडीमा आवातजावत गर्दथिए । तर त्यहाँका स्थानीयहरू पानीको खोजीमा भौतारिएको विषयमा उनीहरू अनविज्ञ भने थिएनन् ।
पटक पटक भएका निर्वाचनमा मात्र खानेपानीको समस्या पुरा गरीदिने कोरा आश्वासन मात्र बाँड्ने काम मात्र भएको थियो । अन्ततः खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले मात्र उनीहरूको समस्या लाई नजिक बाट बुझ्यो । २०७०÷०७१ मा बल्ल उनीहरूको सपना वास्तविकतामा परिणत हुने आशा पलायो ।
नेपाल सरकारले खानेपानी लिफ्टिङ्ग योजना संञ्चालन गर्ने भएपछि सपना वास्तविकतामा परिणत भएको हो । हाल सो योजना सकिए संगै स्थानीयहरूको घरघरमै पानी भर्ने सपना साकार भएको छ । सिलुवा लिफ्ट खानेपानी आयोजना अन्तर्गतको जाम्दि कोटथर लिफ्टीङ्ग खानेपानी योजना सम्पन्न भए संगै हाल गाउँमा ४९ वटा धारा जडान भएका छन् । जसबाट माथिल्लो टोलका ६० घरका ३ सय जनसंख्या प्रत्यक्ष रूपमा लाभन्वित भएका छन् । घण्टांै लगाएर पंधेराबाट पानी भर्दै आएका स्थानीयहरू आँगन मै पानी भर्न पाए पछि हर्षित भएका छन् । नेपाल सरकारको सहयोगमा सुरु भएको आयोजना चार वर्ष पछि सम्पन्न भएको हो । जाम्दि कोटथर लिफ्टीङ्ग खानेपानी योजनाका संयोजक मानबहादुर बयाम्बुले घरघरमा पानी पुगे संगै स्थानीयहरूले अहिले स्वर्गमा पुगे जस्तो अनुभव गरेको बताए । उनी भन्छन् ‘हिडेर जान आउन २ घण्टा लाग्थ्यो । बुढा बुढीलाई अझ धेरै लाग्ने नै भयो । त्यसै माथि हिउँदमा त लाईनमा बस्नु पर्ने बाध्यता थियो । अब पानीका लागि भनेर समय विताउने दिन गयो ।’ पानी भर्नमा समय खर्चदा अन्य काम बाँकी राख्नु पर्ने स्थानीयहरूको बाध्यता थियो । गाउँका स्थानीय युवा दानु हिस्की मगरले पानीकै कारण आफ्ना साथी भाईले पढ्न समेत नपाएको बताए । ‘घरमा पानी भर्नु पर्दा कहिले स्कुल ढिलो पुग्ने,कहिले जानै नपाउने हुँदा मेरा धेरै साथीहरूले राम्ररी पढ्न पाएनन् । अब घरघरमा पानी आयो सबै भन्दा ठूलो कुरा समयको बचत हुने भयो ।’ हिस्कीले भने ।
पानीको अभावमा स्थानीयहरूले आफ्ना नियमित सरसफाईका क्रियाकलाप गर्न सक्दैनथे । शौचालय भए पनि पानीको अभावमा गाह्रो हुने गर्दथ्यो । स्थानीय महिला अगुवा प्रेम कुमारी हिस्की भन्छिन्, ‘जुन कार्य गर्न पनि पानी नभई नहुने । हामीलाई पिउनका लागि पनि गाह्रो थियो । सरसफाई र करेसाबारीको लागि त सम्भव नै थिएन ।’ उनले थपिन्, ‘बारीमा मौसम अनुसारको ताजा तरकारी उब्जाउन पनि सकिएन । अब घरघर मै पानी आको छ । बढी भएको पानीबाट अब आफै करेसा बारीमा ताजा तरकारी उब्जाएर खाने छौं ।’ झण्डै ४ हजार मिटर तलबाट लिफ्टिङ गरिएको योजना अन्तर्गत २० घन मिटरको २ वटा टंकी निर्माण गरिएको छ । जसबाट ४९ वटा धारा जडान भैसकेको छ । आयोजना नेपाल सरकारको ४२ लाख ७ हजार ४ सय २१ र जनश्रमदान ११ लाख ५४ हजार ४ सय ९२ गरी ५३ लाख ६१ हजार ९ सय १३ रूपैयाँ बराबरको लागतमा सम्पन्न भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पाका साईट इन्जिनियर मातृका गौतमले जानकारी दिए ।
साथै आयोजनाका लागि तत्कालीन सिलुवा गाविसले पनि ९२ हजार रकम सहयोग गरेको थियो । आयोजनाको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पाका प्रमुख केशवलाल शाक्यले उट्घाटन गरेका थिए । उनले हालसालै डिभिजन कार्यालयबाट खानेपानी योजना अन्तर्गतका ८ वटा योजना र १३ वटा स्कीम गरी २१ वटा खानेपानीका स्किम सम्पन्न भएको बताउँदै १ हजार १ सय ८४ घरमा धारा जडान भएको बताए । उनले कार्यालय एक घर एक धारा अभियानका साथ योजना संञ्चालन गरिरहेको जानकारी दिए ।
पानीको समस्या झेलीरहेका यस गाउँका जनतामा यतिखेर सरसफाईको अवस्थामा समेत परिवर्तन आएको छ । सवैको घरमा पक्की शौचालय बनेको छ सबै बालवालिका सफा छन् खानेपानी संगसगै सरसफाईको क्रियाकलाप लाई समेत अगाडी बढाएको कार्यालयका प्राविधिक नारायण प्रसाद अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?