ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

पृथ्वी चन्द अस्पतालमा पाठेघरको अप्रेसन

१० आश्विन २०७५, बुधबार
१० आश्विन २०७५, बुधबार

विगत बर्षमा विरामी रिफर सेन्टर र पोष्टमार्टम गृहको रूपमा चिनिँदै आएको जिल्लाको पृथ्वी चन्द अस्पतालले महिना दिन भित्रै चमत्कारिक रूपमा सुधार गरेको छ । इतिहासमै पहिलो पटक अस्पतालका चिकित्सकको टोलीले मंगलवार पाठेघरको अप्रेसन सफल गरेर यो उदाहरण प्रस्तुत गरेको हो ।
भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजबाट फिर्ता भई भारतको निचलौल बजार पुगी फर्केर पृथ्वी चन्द अस्पतालमा आएपछि ४० बर्षिय सुभावती देवी थारुको शल्यक्रिया गरि पाठेघर झिक्ने कार्य गरिएको अस्पतालले जनाएको छ । रूपन्देही तिलोत्तमा नगरपालिका १८ खैरिया घर भएकी थारुको बर्षाै देखी पाठे घरमा मासु पलाएर रगत बग्दै आएको थियो, विभिन्न स्थानमा उपचार गराउँदा पनि सन्चो नभएपछि उपचारका लागि श्रीमतीलाई लिएर निचलौल पुगेको थारुकी पति राममणि थारुले बताए । निचलौलका डाक्टरले अप्रेसन गर्नु पर्छ,होईन भने क्यान्सर हुन्छ,भने पछि अप्रेसन गर्नका लागि आग्रह गर्दा यहाँ रगत छैन् । रगत कहाँ पाईन्छ भनेर खोज्दै परासीमा आए,परासी आए पछि यहिँ पृथ्वी चन्द अस्पतालमै अप्रेसन हुन्छ भनेर थाहा पाएर डाक्टरको सम्पर्कमा आएको पति राममणिले सुनाए ।
यो भन्दा अगाडी भैरहवा मेडिकल कलेजमा अप्रेसनका लागि ८ बजेर टिकट कटाएर कुर्दै बस्दा साझ भयो,तर डाक्टर अप्रेसन गर्न आएनन् । त्यस पछि उपचारका लागि कलेज छाडेर अन्यत्र भौतारिदै थिए । तर उपचार गराउँदा गराउँदै अहिलेसम्म २७ हजार खर्च भई सकेको उनले सुनाए । पत्नि महिना देखि उभिन सकेकी थिइनन् । अहिले परासीमा अप्रेसन सफल भएको छ, उनले भने, अन्यत्र ४० देखि ५० हजार लाग्ने सुनाएका थिए,तर यहाँ १२ हजार मात्र खर्च लाग्ने अपस्तालले जनाएपछि यहिँ अप्रेसन गराएको छु, उनले भने, अहिले श्रीमतीको अवस्था ठिक छ । यहाँ नआएको भए अहिलेसम्म भौतारिरहन्थे । तर अप्रेसन सफल भए पछि मनमा शान्ति मिलेको छ ।
अस्पतालमा महिना दिन देखी प्रभावकारी ढंगले काम गर्न लागेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (प्रमेसु) डा.अनन्त शर्माले भने, अस्पतालमा अहिले सेवा प्रभावमा सुधार हँुदै गएको छ । अस्पताल प्रदेश सरकार अन्तरगत आए पछि प्रदेश सरकारले जिसस प्रमुख शिवशंकर रायको अध्यक्षतामा तदर्थ अस्पताल विकास समिति बनाएर पठाए पछि समिति सक्रिय भई काम गर्न थाले पछि अस्पातलमा विशेषज्ञ सेवा दिन थालिएको छ ।
स्त्री तथा प्रसुती रोग विशेषज्ञ आए पछि अप्रेसन गरेर(सिएस) गरि बच्चा जन्माउने कार्य शुरु भएको छ, प्रमेसु डा.शर्माले भने, दुई दर्जन भन्दा बढिको अप्रेसन गरि बच्चा जन्माउने कार्य सफल भएको छ । अस्पतालमा विशेषज्ञ डाक्टर आएको सुनेर अहिले समान्य प्रसुती गराउनेको संख्या पनि ह्वात्तै बढेको छ । महिनमा एक सय भन्दा बढि समान्य प्रसुती भएको छ ।
हाड रोग विशेषज्ञले आकस्मिक कक्षमा पनि विरामीको चाप बढेको डा.शर्माले जनाए । आकस्मिक कक्षमा आउने विरामीलाई केही स्वास्थ्यकर्मीले नै उपचार हुन सक्दैन भन्दै रिफर गर्दै आएको अवस्था थियो,तर अहिले त्यो कार्य पनि रोकिएको अस्पतालका प्रबन्धक सि.बी.अधिकारीले जनाए । ३५ सैया मात्र सञ्चालनमा आएको अस्पतालमा महिना दिन भित्रै थप १६ वटा बेठ थपिएको छ,तर त्यो बेड पनि अप्रयाप्त भएको अधिकारीको भनाई छ । अस्पताल प्रशासनले अहिले अस्पतालमा आउने कुनै पनि विरामीको भर्ना गरि रजिष्ट्रेसन गरिने तर रिफर वा डिस्चार्ज गर्न पर्दा मेडिकल अधिकृतको उपस्थितीमा मात्र रिफर गर्न पाउने गरि प्रशासनमा चुस्तता ल्याए पछि विरामीलाई रिफर गर्न परेको छैन् । मेडिकल अधिकृत र अस्पताल प्रशासनलाई विना जानकारी रिफरले विरामीबारे अनुसंधान पनि हुन सकेको थिएन्, प्रबन्धक अधिकारीले भने, कुन प्रकृतिको बिरामी रिफर गर्न परेको छ, त्यो रेकर्ड अपस्पताल प्रशासनमा जानकारी आए पछि रिफर भन्दा सो रोगको बिशेषज्ञ नै बोलाउने योजना अस्पतालको रहेको छ । यसले गर्दा अहिले विरामीको चाँप बढेर दैनिक करिब दुई सय विरामी अस्पतालमा आउन थालेका छन् ।
अब यो पाठेघरको अप्रेसन गर्ने सेवा पनि अस्पतालका चिकित्सकले सफल गराए पछि झन चाँप बढेने देखिएको छ, प्रबन्धक अधिकारीले भने, त्यही भएर मंगलवार नै अस्पतालका सबै कर्मचारीको बैठक डाकेर कम साधन स्रोतमा धेरै सेवा कसरी प्रभावकारी ढंगले उपलब्ध गराउन सकिन्छ, भनेर बैठकमा कार्ययोजनाको तयारी समेत गरिँदैछ । भदौ महिना देखी अपस्पताल ब्यवस्थापनको जिम्मेवारी जिसस प्रमुख रायले पाउने वित्तिकै अस्पतालको सबै विवरण माग गरेका थिए । सो विवरण प्राप्त भए पछि अध्ययन गरेर उनले बैठकमा अस्पतालमा कुनै प्रकारको औजार उपकरण आवश्यकता भएमा वा कर्मचारी स्वास्थ्यकर्मीलाई जे सुविधा चाहिन्छ,ति सबै सुविधा पाउने तर बिरामीलाई रिफर गर्नु भन्दा सकेसम्म अस्पतालमै राखेर उपचार गर्न निर्देशन गरेका थिए । यसले गर्दा चिकित्सक,कर्मचारी र स्वास्थ्यकर्मी उत्साही भएर काम गर्न थाले पछि अहिले महिना दिनमै चमत्कारिक सुधार भएको दाबी जिसस प्रमुख रायको रहेको छ ।
एक शताब्दी पुरानो अस्पतालको इतिहासमा जटिल प्रकृतिको अप्रेसन चिकित्सकको टोलीले सफल गराउन अस्पतालकै सफलता भएकोमा उनले चिकित्सक टोलीलाई बाधाई समेत दिए । अस्पतालमा साधान स्रोत जोड्ने कार्य विकास समितिको हो,उनले भने, चिकित्सकहरूले आफ्नो जिम्मेवारी इमानदारी पुर्वक निर्वाह गरिदिन आग्रह गरेका छन् । अस्पतालको सबै कक्षमा ए.सी.जाडन गर्न,उपकरण औजार खरिद गर्न र विशेषज्ञ चिकित्सकका लागि अस्पताल परिसरमै आवास ब्यवस्थाका लागि उनले प्रबन्धक अधिकारीलाई भने अनुसार केही अस्पताल विकास समितिका कर्मचारीले आवास कब्जा गरि बसेको आवास खाली गराइने,औजार उपकरण खरिद गर्ने,कर्मचारीलाई प्रोत्साहित गर्न विकास समिति र करारका सबै कर्मचारीलाई पोशाक उपलब्ध गराउने,स्वास्थ्यकर्मीको सजिलो पहिचानका लागि परिचयपत्र भिरेर काम गर्न लगाउने जस्ता पनि कार्य शुरु भई सकेको अस्पतालले जनाएको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission