© २०२३
स्थानीय तह निर्वाचन भएको एकवर्ष बितिसक्दा जनताका काममा जनप्रतिनिधिले उल्लेख्य उपलब्धि हासिल गर्न सकेका छैनन् । विकास निर्माणका कामका उनीहरू झनै पछाडि छन् । विकासका निर्माणका काममा ‘माखो’ मार्न नसकेको भनेर स्थानीयले आरोप लगाइरहेका बेला अधिकांश स्थानीय तहले स्वरोजगारमूलक कार्यक्रम भने कार्यान्वयनमा ल्याएका छन् ।
बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा पाँच सय बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउने लक्ष्य अगाडि सारेको छ । उनीहरूलाई विभिन्न सीपमूलक तालिममा सहभागी गराएर आयआर्जनतर्फ उन्मुख गराउने उपमहानगरपालिकाको योजना छ ।
उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यका अनुसार युवा स्वरोजगार कार्यक्रमका लागि करिव ५० लाख बजेट छुट्टयाइएको छ । “बेरोजगार युवालाई स्वरोजगार बनाएर आत्मनिर्भर बनाउने नगरपालिकाको लक्ष्य छ, हामीले यसका लागि विभिन्न संघ संस्थासँग सहकार्य पनि गरेका छौं”–उपप्रमुख आचार्यले भनिन् ।
बुटवल उप–महानगरपालिकले युवाहरूलाई लक्षित गरेर पहिलो चरणमा युवा स्वरोजगार तालिम सुरु गरेको छ । मेयर युवा इलम नामको उक्त कार्यक्रममार्फत बुटवलका १९ वडाका तीन सय ६५ युवाहरूलाई इलम सिकाइने छ । इलम सिकेका युवाहरूलाई दक्षताका आधारमारोजगारादाताहरूको सहकार्यमारोजगारीसमेत दिने गरी यस्तो तालिम सुरु गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । तालिम तीन महिनासम्म चल्ने छ ।
त्यस्तै कृषिलाई लक्षित गर्दै सञ्चालन गरिने युवा उद्यमशीलता कार्यक्रमबाट पाँच सय जना स्वरोजगार बन्ने नगरपालिकाको अपेक्षा छ । बुटवल उपमहानगरपालिकाले स्वरोजगारमूलक कार्यक्रम सञ्चालनका लागि सीप विकास तालिम केन्द्र, बुटवल टेक्निकल इन्स्टिच्यूट, बुटवल अटो इन्जिनियरिङ एशोसिएशनसँग पनि सहकार्य गरेको छ । “यो कार्यक्रम बुटवल उपमहानगरपालिकाका १९ वटै वडामा लागू हुन्छ, यसका लागि प्रत्येक वडाहरूले व्यवस्थापन गर्छन्”–उपमहानगरपालिकाकी उपप्रमुख आचार्यले भनिन् । बैदेशिकरोजगारमा जाने युवालाई स्वदेशमा नैरोजगारीका अवसर श्रृजना गर्न सीपमूलक तालिम फलदायी हुने उनले बताइन् ।
उनले बिदेश जान दैनिक हजारौंको लाइन लाग्नेर स्वदेशी उद्योगीले दक्ष कामदार नपाउने अवस्था बीचको अन्तर कम गर्न युवाहरूलाई सानोतिनो तर आर्थिक आम्दानी हुने क्षेत्रमा सहभागी हुन नगरपालिकाले प्रेरित गरिरहेको पनि जानकारी दिए ।
बुटवल उपमहानगरपालिकाले गत आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम बमोजिम नगर क्षेत्रमा बसोबास गर्ने गरिब तथा विपन्न परिवारका युवा तथा महिलाहरूको लागि लक्षित गरी “एक परिवार, एकरोजगार” अवधारणामा निःशुल्क रूपमा तीन महिने तालिम सञ्चालनको व्यवस्था गरेको हो । जस अन्तर्गत हाईड्रोलिक सिस्टममा स्काभेटर, डोजर, ग्रेडर,रोलर, भाईब्रेटर मर्मत तालिम २५ जनालाई प्रदान गरिने छ । त्यस्तै जनरल मेकानिकल तालिम ७५ जनालाई दिइने छ । उपमहानगरपालिकाका अनुसार आर्क वेल्डिङ ५० जना, विल्डिङ÷सोलार इलेक्ट्रिकल तालिम एक सयजनालाई प्रदान गरिने छ ।
त्यस्तै फर्निचर मेकानिकल तालिम ५० जना, कुक तालिम ५० जना, एसीरेफ्रिजेरेटर मर्मत ५०, प्लम्बिङ तालिम ५० जनार फेशन डिजाईनर तालिम २५ जनालाई प्रदान गरिने छ । सीमूलक तालिम लिएकाहरू दक्ष बनी स्वरोजार बन्ने नगरपालिकाले अपेक्षा लिएको उपप्रमुख आचार्यले बताइन् ।