© २०२३
‘बुद्धको देश हो भन्थे, संसारमै वेश हो भन्थे,
निर्मला काण्डले हो, सबको मुटु जलायो
नाबालक छात्रा हुन्, निर्मला त उदाहरण मात्र हुन्
बुद्धको देशमा, हे न्याय हरायो’
सदरमुकाम तम्घासको टण्टलापुर घाममा पनि कोही छाता ओढेर त कोही चुन्नी र रुमालले निधारबाट खस्दै गरेको तपतपी पसिना पुछ्दै माथिको गीतको संगितमा कलाकार अर्जुन कुँवरलाई साथ दिइरहेका थिए । के विद्यार्थी, के युवा त के वृद्धवृद्धाहरू सबैजना प्रशासन कार्यालय अगाडिको लाकुरी मञ्चमा उभिएर निर्मलाको न्यायको निम्ति चर्को चर्को स्वरमा बुद्धको देशमा हराएको न्याय खोज्दै आईतबार सयौंको संख्यामा सडकमा उत्रीएका थिए ।
अत्यन्तै मार्मिक स्वरमा कलाकार अर्जुन कुँवर (पितृ बुढा) ले लाकुरी मञ्चमा उभिएर गीत गाउँदै गर्दा विरोधमा ¥यालीमा सडकमा उत्रीएका सबै महिला दिदीबहिनीहरूले स्वरमा स्वर मिलाउँदै गीतमात्र गायनन्, उनीहरूले सरकारलाई निर्मलाको हत्यारालाई लुकाएर बलात्कारीलाई राजनीति संरक्षण दिएको आरोप समेत लगाए ।
नेपाल महिला संघ गुल्मीले निर्मलाका निम्ति न्यायको माग गर्दै आयोजना गरेको महिला हिंसा, बलात्कार र हत्या विरुद्धको विरोध ¥यालीमा सहभागी महिलाहरूले हातहातमा महिला हत्या, हिंसा विरुद्ध लेखिएका दर्जनौं स्लोगनहरूका प्लेकार्डहरू समाएर नाराहरू लगाउँदै उनीहरूले तम्घास बजार परिक्रमा गरि सरकारलाई निर्मलाको न्यायको लागि खबरदारी गरिरहेका थिए ।
विरोध ¥यालीमा बोल्दै उनीहरूले निर्मलाको हत्या भएको यति लामो समय वितिसक्दा पनि सरकारले अपराधिलाई कानुनको कठघारामा ल्याउन नसक्नुले आम नेपालीहरूलाई थप आशंंकित र त्रसित बनाएको बताए । उनीहरूले अपराधको विष्पक्ष अनुसन्धान गरि अपराधिलाई कानुन वमोजिम कार्वाही गर्ने र जनताको जीउधनको सुरक्षा दिने दायित्वबाट सरकार चुकेको बताए । सोही घटनाको विषयलाई लिएर नेपाल महिलासंघ गुल्मीले आईतवार नै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका थिए ।