© २०२३
देवदह नगरपालिका ३ वडा कार्यालयको भवन शिलन्यास गरिएको छ । नगरपालिकाको २५ लाख लागतमा देवदह ३ शिसपुरमा वडा कार्यालयको भवन शिलन्यास गरिएको हो ।
भवनको एक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले शिलन्यास गरेका हुन् । सोही अवसरमा सासंद विश्वकर्माले ऐतिहासिक देवदहको विकासमा भवन शिलन्यास गरेर विकासका कार्यक्रमहरू अगाडि बढाइनु महात्वपुर्ण कुरा रहेको बताए । उनले देवदह पर्यटनको भरपुर सम्भावना बोकेको क्षेत्र भएकाले यहाँको विकासमा एकताबद्ध भएर लाग्न सबैलाई आग्रह गरे । कार्यक्रममा प्रदेश नं ५ का प्रदेश सभा सदस्य डा. कृष्णप्रसाद न्यौपानेले देवदहको विकासले फड्को मार्न धेरै समय नलाग्ने बताउँदै विकास अब हाम्रै पालामा हुने बताए । उनले कृषि र पर्यटनको एजेण्टालाई अघि बढाएर विकासको कार्यहरू थालनी गरिने बताए । कार्यक्रममा देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले देवदह ३ शिसपुरलाई थारु होमस्टेको रूपमा संचालन गरी पर्यटक बढाउने काममा नगरपालिका लागिरहेको बताए ।
उनले देवदहको विकासमा नगरपालिका गम्भीर रूपमा लागिरहेको बताउँदै विकास निर्माणको काममा सहयोग गर्न पनि सबैसामु अपिल गरेका थिए । कार्यक्रममा देवदह नगरपालिका उप–प्रमुख बिद्यालक्ष्मी गुरुङ्ग, प्रमुख प्रशासकिय अधिकृत शसिधर घिमिरे, देवदह ३ का वडा अध्यक्ष बैकुण्ठबहादुर कंवर, वडा सदस्य लिला दर्जी लगायतको सहभागिता रहेको थियो ।à