© २०२३
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले सात प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह–इन्चार्ज तोकेको छ । शुक्रबार नेकपाको सचिवालयले प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँट गरेको हो । प्रदेश ५ को इन्चार्जः शंकर पोख्रेल, अध्यक्षः ओनसरी घर्ती, सह इन्चार्जः दलबहादुर राना, सचिवः जगप्रसाद शर्मा रहेका छन् । यस्तै प्रदेश १ मा इन्चार्जः भीम आचार्य, अध्यक्षः देवराज घिमिरे, सहइन्चार्जः साबित्रीकुमार काफ्ले, सचिवः सुरेश बहादुर राई, प्रदेश २ मा इन्चार्जः सत्यनारायण मण्डल, अध्यक्षः प्रभू साह, सहइन्चार्जः विश्वनाथ साह, सचिवः सुमन प्याकुरेल, प्रदेश ३ मा इन्चार्जः अष्टलक्ष्मी शाक्य, अध्यक्षः नारायण दाहाल, सहइन्चार्जः हितबहादुर तामाङ, सचिवः आनन्द पोख्रेल रहेका छन् । यस्तै गण्डकी प्रदेशमा इन्चार्जः पृथ्वी सुब्बा गुरुङ, अध्यक्षः हितराज पाण्डे, सहइन्चार्जः खगराज अधिकारी, सचिवः गोविन्द नेपाली र कर्णाली प्रदेशमा इन्चार्जः जनार्दन शर्मा, अध्यक्षः गोरखबहादुर बोगटी, सहइन्चार्जः यमलाल कंडेल, सचिवः मयाप्रसाद शर्मा रहेका छन् । प्रदेश ७ मा इन्चार्जः भीम रावल, अध्यक्षः कर्ण थापा, सहइन्चार्जः लक्ष्मणदत्त जोशी, सचिवः नेप चौधरी रहेका छन ् ।