ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

देवदह नगरको विकास योजना सार्वजनिकीकरण

५ आश्विन २०७५, शुक्रबार
५ आश्विन २०७५, शुक्रबार

देवदह नगरपालिकाको आर्थिक वर्ष २०७५/७६ को नगर विकास योजना सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ । एक कार्यक्रमका बिच देवदह नगरपालिकाले तेश्रो नगरसभाद्धारा स्वीकृत गरी नगर विकास योजना सार्वजनिकीकरण गरेको हो ।
सोही अवसरमा क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले देवदह विकासको सम्भावना बोकेको क्षेत्र भएकाले यसको समुचित विकासमा सबै एकताबद्ध भएर लाग्नुपर्ने बताए । उनले संविधान बनेपनि संघियताको पहिलो अभ्यासमा रहेको हुदा धैर्यता र दुरदर्शिता खाचोपर्ने बताए । उनले परिवर्तनबाट प्राप्त भएका उपलब्धिहरूलाई जोगाउन नसक्दा धेरै ठूला ठक्कर खाइएको हुदा अब त्यसो नहुन संयतापुर्वक कार्यहरू अगाडि बढाइने उल्लेख गरे । पूर्व कृषि तथा सहकारी मन्त्री समेत रहेका बिकले विकासका योजनाहरूले सार्थकता पाउन सबैको साथ र सहयोग चाहिने हुदा विकासमा अवरोध सृजना गर्ने काम कसैले गर्न नहुने बताए । स्थानिय तहले आवश्यकताका आधारमा विकासका योजना बनाएमा प्रदेश र संघिय सरकारले सहयोग गर्ने बताए । देवदहको विकासको लागि लुम्बिनी विकास कोष संग पहल गरेर पर्यटनलाई बढवा दिने बताए ।
कार्यक्रममा प्रदेश नं ५का अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले समाजवादको परिकल्पना पुरा गर्न तिनखम्बे अर्थनितिलाई व्यवहारमा लागु गर्नुपर्ने बताए । उनले करका विषयमा कुरा उठाउदै जुन देशका नागरिकले कर तिर्न सक्छन् त्यो देश समृद्धिको दिशामा अघि बढ्ने बताए । उनले संयमतापूर्वक राज्यव्यवस्थालाई कार्यान्वयन गर्नका निमित्त विकास निमार्णका कार्यहरूलाई चरणबद्ध रूपमा लैजान सक्नुपर्ने बताए । संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नको निम्ति देवदहले महत्वपुर्ण भूमिका खेलेको बताउदै देवदह विकासको धेरै सम्भावना बोकेको क्षेत्र रहेको बताए । कार्यक्रममा प्रदेश नं ५ का सांसद डा. कृष्णप्रसाद न्यौपाने, देवदह नगरप्रमुख हिराबहादुर खत्री, उप–प्रमुख बिद्यालक्ष्मी गुरुङ्ग, नगर प्रवक्ता झिल्लुप्रसाद न्यौपाने, नेपाल कम्युनिष्ट पार्टीका प्रकाश अर्याल, नेपाली कांगे्रसका बासुदेव रिमाल, राष्ट्रिय जनमोर्चाका हरि केसी, क्रान्तिकारी माओवादीका ऋषिराम लामिछाने, राष्ट्रिय जनमुक्ति पार्टीका डम्बरबहादुर थापा, गंगाप्रसाद पन्थी लगायतले आ–आफ्ना भनाई राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?