ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

नेकपाका जिल्ला कार्यालय सुनसान

४ आश्विन २०७५, बिहीबार
४ आश्विन २०७५, बिहीबार

नेता–कार्यकर्ताको उपस्थितिले दिनभरी नै चहलपहलयुक्त रहने रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१, खलंगा स्थित साविक नेकपा माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालय यतिबेला पुर्णतः सुनसान छ । कार्यालयमा भेटिने नेताहरू उनको घर, डेरा वा बजारतिरै भेटिन्छन् । त्यस्तै अवस्था छ साविक नेकपा एमाले रुकुम पश्चिम जिल्ला पार्टी कार्यालयको पनि ।
शुक्रबार कार्यालय समयमा दुवै पार्टी कार्यालयमा पुग्दा माओवादी पार्टी कार्यालय बन्द थियो भने मुसीकोट–५, बगबजारमा रहेको एमाले पार्टी कार्यालयमा पुर्व एमालेका पार्टी उप–सचिव तथा नेकपाका नेता माधव गौतम फुर्सदीला भेटिए । ठुला दल एमाले र माओवादी केन्द्र बिच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाएको तिन महिना बितिसक्दा पनि जिल्ला तथा स्थानिय तहमा एकता प्रक्रिया अगाडी बढ्न नसक्दा यसरी दुई वटै पार्टीका जिल्ला कार्यालयहरू त सुनसान भएका छन् नै साथै पार्टीका नियमित कामहरू समेत अवरुद्ध भएका छन् र कार्यकर्ताहरूमा पार्टी–संगठनप्रतिको जोश–जागर पनि हराउदै जान थालेको छ ।
पार्टी एकता प्रक्रियामा नगएको भए एक बर्ष अघि नै एमाले रुकुम पश्चिमले १० औं जिल्ला अधिवेशन गरेर नयाँ जिल्ला नेतृत्व बनाएर आफ्ना गतिबिधिहरूलाई निरन्तरता दिईरहेको हुन्थ्यो, तर आम निर्वाचन र पार्टी एकताका कारण रोकिएको जिल्ला अधिवेशन त हुन सकेन नै केन्द्रमा एकता भएर नयाँ पार्टी नै निर्माण भैसकेका कारण साविक एमालेका जिल्ला र स्थानिय तहका सबै कमिटीहरू विघठन भएकाले पार्टीका कामहरू पनि रोकिएको पुर्व एमालेका उप–सचिव माधव गौतम बताउछन् । ‘मलाई कार्यालय खोल्ने जिम्मेवारी छ, तर पहिले जस्तो खास काम भने केही छैन ।’ उनले भने, ‘नेता–कार्यकर्ताहरू यहाँ आउन छोडिसके । बिभिन्न कार्यक्रमका लागि निम्तो आउँछ नेताहरूलाई फोन गरेर जानकारी गराउँछु । बाँकी पार्टीका कामहरू पुरै रोकिएका छन् । सबैको जिज्ञासा जिल्ला तहको पार्टी एकता कहिले हुन्छ भन्ने नै छ । कार्यकर्ता र कार्यालय बिचको सम्पर्क पहिले जस्तो छैन ।’
पहिलो संविधानसभाको निर्वाचन २०६४ र त्यसपछिका सबै निर्वाचनमा एकछत्र जित हात पार्दै आएको पूर्व माओवादी केन्द्रको पार्टी कार्यालय एकताका खुवै व्यस्त हुन्थ्यो, तर यतिबेला उक्त कार्यालय वरीपरी झरपात उम्रिएको छन् । पुर्व एमालेको जिल्ला पार्टी कार्यालय कहिलेकाही खुल्ने गरेको भएपनि पुर्व माओवादी केन्द्रको पार्टी कार्यालय भने नखुलेको धेरै महिना भैसकेको एक स्थानिय नेता बताउँछन् । एकता पछि एउटै कम्युनिष्ट पार्टी बनेर ईतिहासकै ठूलो शक्ति बनेको नेकपाको गतिबिधी जिल्ला देखी स्थानिय तहहरूमा बढ्नुपर्नेमा जिल्लामा एकता प्रक्रिया अगाडी नबढ्दा शुन्यता पैदा भएको साविक नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष एवम् कर्णाली प्रदेशका प्रत्यक्ष निर्वाचित संसद गोपाल शर्मा बताउँछन् । ‘जिल्ला तहमा पार्टी विगठनको अवस्थामा छ । स्थानिय नेता–कार्यकर्तामा जिम्मेवारी नहुँदा अनुशासनहिनता बढ्दै जान थालेको छ । सबै कुरालाई दिशानिर्देश गर्ने संगठन नहुदाँ काम गर्न कठिन भएको छ ।’ उनले प्रश्न गर्दै भने, ‘जिल्ला तहको एकता कहिले हुन्छ र हाम्रो जिम्मेवारी के हुन्छ भनेर नेता–कार्यकर्ताहरू सोधिरहनुहुन्छ । पहिले भदौं महिनाभित्र भित्र हुन्छ, भनियो, त्यो पनि सकियो । अब कार्याकर्ताहरूलाई हामिले के जवाफ दिने ?’
पार्टीको सांगठनिक निति–नियम कार्यन्वयन गर्ने जिल्ला र स्थानिय तहमा संगठन नै हुँदा रुकुम पश्चिमका ६ वटै स्थानिय तहको चुनाव जितेर स्थानिय सरकारको नेतृत्व गरिरहेका जनप्रतिनिधी र पार्टीका नेता–कार्यकर्ता एवम् आम जनताका बिचमा पनि प्रभावकारी सञ्चारको विकास हुन नसक्दा थप समस्या निम्तिएको शर्माको भनाई छ ।
पार्टी संगठन मार्फत चल्ने हो तर जिल्ला तहमा संगठन नै बन्न नसक्दा कार्यकर्ताहरू आवश्यक पर्दा नेताको दैलोमा पुग्नुपर्ने र नेता घरमा नभेटिए फोनबाटै सम्पर्क गर्ने अवस्था सिर्जना भएकोले यो अवस्थाको अन्त्य गरि जतिसक्दो चाँडो स्थानिय पार्टीलाई जिवन्तता दिन नेकपाका कार्यकर्ताहरूले आ–आफ्ना नेता मार्फत केन्द्रमा दवाव पनि दिईरहेको बताएका छन्, तर त्यो प्रभावकारी हुन भने सकेको छैन ।
सुरुमा केन्द्रमा पार्टी एकता भएको दुई महिनाभित्र सबै स्थानिय कमिटिहरूको एकता प्रक्रिया पनि सक्ने बताएका नेकपाका नेताहरूले पार्टी एकता भएको लामो समय भैसक्दा समेत जिल्ला तथा स्थानिय कमिटीहरूको एकता प्रक्रिया अगाडी बढाउन सकेका छैनन् । साविक एमाले र माओवादी केन्द्रका जिल्ला तहका शिर्ष नेताहरू आफ्नो भागमा नेतृत्व हात पार्ने र आफू बलियो हुने धुनमा यतिबेला काठमाडौं केन्द्रित छन् यसकारण नेता–कार्यकर्ता र जनता बिचको भेटघाट पनि निकै पातलो हुदै जान थालेको छ । खलंगामा रहेको पुर्व माओवादीको जिल्ला पार्टी कार्यालय भाडाँमा रहेकाले बागबजार स्थित आफ्नै भवनमा रहेको पूर्व एमालेको जिल्ला पार्टी कार्यालयमा नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला कार्यालय रहने सम्भावना छ । त्यसका लागि पहिला जिल्ला तथा स्थानिय तहका कमिटीहरूको एकता हुन आवश्यक छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?