© २०२३
लायन्स क्लब अफ बुटवल चौतारीको बर्ष २०१८/०१९ का लागि अध्यक्ष माधव खनाल नेतृत्वको टिमको पदस्थापना भएको छ । बर्ष २०१७/०१८ का लुकराज न्यौपानेले नयाँ अध्यक्ष माधव खनाल लाई पद हस्तान्तरण गरेका हुन् । कार्यक्रममा लायन्स डिष्ट्रीक ३२५ वि २ का गर्भनर शुनिल ओझाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । गर्भनर ओझाले छोटो समयमा क्लवले राम्रो काम गर्न सफल भएकोमा धन्यवाद समेत दिए । उनले आफ्नो कार्यकालमा विभिन्न योजनाहरू अगाडी सारेको बताए ।
लायन्स डिष्ट्रिक ३२५ वि २ पुर्व गर्भनर महेन्द्र नाराण श्रेष्ठले नेपालबाट पोलियो, अन्धोपन निवारणमा लायन्स क्लवको महŒपूर्ण भूमिका रहेको भन्दै अव पनि डाईबेटिज निवारणको लागि क्लवहरूको विचमा महत्वपूर्ण भूमिका रहेको बताएका थिए ।
प्रदेश राजधानी बुटवलमा एउटा सुविधा सम्पन्न बल्ड बैंक (रक्त सञ्चार केन्द्र) आवश्यक रहेको भन्दै उनले भैरहवामा जग्गा समेत उपलब्ध भएकोले बुटवलका क्लवहरूले मिलेर बुटवलमा नै ब्लड बैंक स्थापना गर्न पहल गर्नुपर्ने धारणा राखेका थिए ।
यस्तै लायन्स डिष्ट्रीक ३२५ वि २ का सेक्रेटरी उमङ्ग देवकोटाले युवाहरूमा एकताको बल हुने भन्दै यसलाई सामाजिक क्षेत्रमा लागू गर्नुपर्ने धारणा राखे । सल्लाहकार निर्मल लाकौल, लायन्स क्लव अफ बुटवल सिद्धबाबाका एसिस्टेन्ड चियर पर्सन गोकर्ण पाण्डे लायन्स क्लव अफ सिद्धबाबाबका अध्यक्ष गणेश भट्राई लगायतले क्लवले आगामी दिनमा पनि उदाहरणीय कार्य गर्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा बोल्दै लायन्स क्लव अफ बुटवल फूलबारीका चार्टड प्रेसिडेन्ट लुकराज न्यौपानले युवाहरूको सहययोग र साथले क्लव अगाडी बढेको बताएका थिए । कार्यक्रममा डाईरेक्टरी समेत विमाचन गरिएको क्लवका सचिव कृष्ण शर्मा पोखरेलले जानकारी दिए ।