© २०२३
मुख्यमन्त्री शंकर पोखरेलले अझै प्रदेश सरकारको आलोचना गर्ने बेला नभएको बताएका छन् । अहिले गाउँ शहरमा प्रदेश सरकारको काम कारबाहीको विषयमा नकारात्मक टिप्पणी हुने गरेको भन्दै उनले ५ बर्ष सम्म प्रदेश सरकारलाई काम गर्न दिनुपर्ने बताएका हुन् । उनले योे दायित्व जनताको रहेको भन्दै ३ प्रतिशत आर्थिक वृद्धि ६ प्रतिशतमा पुगेको र अब ८ प्रतिशतमा पु¥याउने दाबी समेत गरे ।
डिष्कभरी मिडिया नेटवर्कद्वारा सञ्चालित रातोपाटी अनलाईनको प्रदेश ५ कार्यालय बुटवलमा शुभारम्भ गर्दै मुख्यमन्त्री पोखरेलले स्थानीय तह, प्रदेश र केन्द्रले काम गरिरहेको धेरै लामो समय नभएकोले अहिले संघियता महंगो भन्ने आरोप गलत भएको गुनासो गरे । मुलक परिवर्तन एकै चोटी नहुने भन्दै मुख्यमन्त्री पोखरेलले अढाई सय बर्षसम्मको इतिहासले किन समृद्धि आएन भनेर खोज्न नसकेको अवस्थामा अहिले संघीयताको हतारमा टिप्पणी गर्न नहुने बताए ।
सरकारलाई नकारात्मक रूपमा मात्र हेर्ने भन्दा पनि राम्रा काम र उपलब्धिहरूलाई पनि मिडियाले बाहिर ल्याउन आग्रह गरे । कार्यक्रममा रातोपाटी अनलाईनका संस्थापक तथा नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय महासचिव ओम शर्मा, नेपाल पत्रकार महासंघ रूपन्देहीका यानेन्द्र जिसी, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेम हमाल, अनलाईनका प्रवन्ध निर्देशक अर्जुन पन्त, प्रदेश संयोजक तेजेन्द्र केसी लगायतले बोलेका थिए ।