ट्रेंडिंग:

>> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार

विश्वकर्मा दिवस (सम्पादकीय)

१ आश्विन २०७५, सोमबार
१ आश्विन २०७५, सोमबार

आज विश्वकर्मा दिवस हो । यसलाई बास्तु दिवस पनि भनिन्छ । बास्तु भनेको इन्जिनियरि· हो । यसले निर्माण कार्यको भाव बोकेको छ । बास्तुकला यस्तो ज्ञान हो जसले विभिन्न बस्तुको निर्माण गर्दछ । आज विश्वमा जति पनि बस्तुहरू बनेका छन् ती सबै बास्तुविद्हरूले बनाएका हुन् । अहिले विश्वमा बनाएइका सुन्दर आलिशान महलहरू, हेरिराख्नेखालका ठूलो भारवहन गर्न मिल्ने पुलहरू, हवाइजहाज, रेल, गाडीहरू, विद्युतीय उपकरण, सञ्चारका साधन, हातमा राखेर विश्वलाई बुझ्न र कुरा गर्न सकिने मोबाइलहरू, कम्प्युटरलगायत सम्पूर्ण चिजको आविस्कारक वास्तुुविदहरू हुन् । उनीहरूले डिजाइन गरेर बनाएका बस्तुहरू हुन् । यी सबै कामको पहिलो आविश्कारक ब्रह्मालाई जान्छ । उनै ब्रह्मालाई विश्वकर्मा बाबा भनेर चिन्ने गरिन्छ । इञ्जिनमा कार्यरत कर्मचारी तथा तीसँग सम्बन्धित संस्थाहरूले आज असौज एक गतेका दिन विश्वकर्मा बाबालाई सम्झने, उनको पूजाआजा गर्ने, भजन कीर्तन गर्ने गर्ने गर्दछन् । उनको आकर्षक मूर्ति बनाएर संस्थाहरूमा सजाई दिनभर पूजा गरेर मूर्तिलाई साँझपख नदी तथा तलाउमा विसर्जन गर्ने गर्दछन् ।
जब हिन्दु समाजमा राज्यको संरचना भयो र राज्य सञ्चालन गर्ने अधिकारीहरू तोकिए त्योबेला विश्वकर्मालाई बास्तुकला अर्थात अहिलेको भाषामा विकास निर्माण मन्त्रीको जिम्मा दिइयो । उनी यससम्बन्धीका ज्ञाता थिए । उनले नै अनेक बास्तुकलाहरूको निर्माण गरेको भनाइ छ । भनिन्छ उनले नै इञ्जिनको परिकल्पना गरेका थिए । यद्यपि उनले गरेको परिकल्पना कस्तो थियो त्यसको नमुना देख्न पाइँदैन । तर, उनले हावाको बेगलाई आकर्षित गरेर त्यो बेगको सहायताबाट पानीजहाज निर्माण गरेका थिए । घरहरू निर्माण गर्दा माटोको ठाउँमा ढुंगालाई पोलेर चुना बनाइ त्यसको लेपबाट जोरनमा मासको दाल पकाएर मिसाई (सुर्की) द्वारा गारो जोड्ने प्रविधि पत्ता लगाएका थिए । त्यहि कार्यकालमा लक्ष्मीले अर्थ मन्त्रालय, सरस्वतिले शिक्षा मन्त्रालयको जिम्मा सम्हालेकी थिइन् । जुन युगलाई हामीले सत्य युग भनेर बुझ्ने गर्दछौँ । भनिन्छ त्यो वास्तवमै स्वर्णकाल थियो । उनीहरूको भूमिका विशुद्ध विकास निर्माण, जनपक्षीय रहेकोले नै अहिले पनि मानव समाजमा पूजनीय छन् । आज पनि मानिसले उनको सम्मान गर्छन् । तिहारमा लक्ष्मीको पूजा गरिन्छ । श्रीपञ्चमीको दिन सरस्वतीको पूजा गरिन्छ भने असौज पहिलो दिन विश्वकर्मा बाबाको पूजा गरिन्छ । पूजा गर्नु भनेको सम्मान गर्नु हो । उनका आदर्शलाई पच्छाउनु हो । आज विकास निर्माणमा विश्वले निकै ठूलो फड्को मारेको छ । भोलिका दिनमा यसले अझ गति लिने निश्चित छ । तर, यसलाई गति दिने पहिलो भूमिका विश्वकर्माले नै खेलेका थिए । परिकल्पना गर्नु निकै ठूलो कुरा मानिन्छ । मानव सभ्यताको जग बसाल्ने काम उनले गरेका थिए । प्राकृतिक ओडारमा बस्दै आएका मानिसलाई घरहरू बनाएर बस्न उनले सिकाए । जंगलमा शिकार गरेर प्राण धानेका मानिसलाई हलो बनाएर खेत, बारी जोत्न र अनाज उत्पादन गरेर खान उनले सिकाए । जमिनमा रहेको खनिज, धातु पत्ता लगाए । खाना पकाउने भाँडा बर्तन बनाउन उनले नमुना दिए । उनको प्रविधिलाई अहिले बास्तुविद्हरूले परिमार्जन गरेर नयाँ उचाइमा पुराएका छन् । आधुनिक उपकरणहरूको निर्माण गरेका छन् । मानिस वास्तवमा अहिले निकै सुबिधा सम्पन्नमा छ । वास्तुकलाको प्रयोगबाट विश्वलाई नांगा आँखाले देख्न सक्ने भएको छ । र पनि भन्नैपर्ने हुन्छ यी सबै आविश्कारका अगुवा विश्वकर्मा बाबा नै थिए । रचनाकारलाई हामी कसैले पनि भुल्न मिल्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?