© २०२३
मानसिक सन्तुलन गुमाएका व्यक्तीहरूकालागि आवास निर्माण सहयोगार्थ आजदेखि घोराहीमा महायज्ञ सुरु हँुदै छ । सोमवारदेखी ९ गतेसम्म सञ्चालन हुने महायज्ञको तयारी पुरा भएको छ । महायज्ञका लागि सम्पूर्ण तयारी पुरा भएको आयोजक मूल समितिले जानकारी दिएको छ ।
प्रेरणाका लागि अभियान नेपाल दाङले घोराही उप महानगरपालिका वडा नम्बर ३ कुईरेपानीमा निर्माण भैरहेको मानसिक सन्तुलन गुमाएका व्यक्तीहरूको आवासका लागि सहयोगार्थ सिद्धि विनायक सत्संग सेवा समिति नेपाल दाङले महायज्ञको आयोजना गरेको हो । पश्चीम नेपालमा पहिलोपटक हुन लागेको ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ का लागि मञ्च, धान्याञ्चल, तुलादान, हवन लगायतका भौतिक निर्माण लगायत सम्पूर्ण तयारी पुरा भएको मूल समितिका संयोजक रूपा वलीले जानकारी दिएकी छिन् । महायज्ञको कथावाचकमा राष्ट्रिय ख्यातिप्राप्त विद्धान बाल ब्यास पण्डीत कोमल उपाध्याय रहेका छन् । महायज्ञमा १ करोड दीप प्रज्वलन गरिने भएको छ । महायज्ञको आठौँ दिन एक करोड दीप प्रज्वलन गरिने आयोजकले जनाएको छ । आँठौ दिन असोज ८ गते अपराह्न ४ बजे एक करोड दीप प्रज्वलन गरिने छ । साथै अफ्ना पितृहरूको सम्झनामा स्वईच्छाले सम्पूर्ण भक्तजनहरूले सो अवसरमा दीप प्रज्वलन गर्न सकीने महायज्ञका निर्देशक डा. भोलानाथ योगीले जानकारी दिए । त्यसैगरी महायज्ञमा १ हजार ८ कन्याहरूको पूजा गरिने भएको छ । महायज्ञको चौथो दिन असोज ४ गते १ हजार ८ कन्याहरूको पूजन गरिने पूजा समितिले जानकारी दिएको छ । कन्याहरूलाई ओम आकारमा राखेर पूजा गरिने छ । जसकालागि घोराही क्षेत्रका विद्यालयहरूसँग समन्वय गरिएको समितिले जानकारी दिएको छ त्यस्तै १ सय ८ किलोको लड्डु प्रदर्शनमा राखिने भएको छ । महायज्ञको आकर्षणहरू मध्ये एक सय ८ किलोको लड्डु प्रदर्शन गरिने आयोजक मूल समितिले जानकारी दिएको छ ।
यसैविच महायज्ञको पूर्व सन्ध्यामा मोटरसाईकल ¥याली निकालिएको छ । महायज्ञको अघिल्लो दिन आईतवार घोराही बजारमा ¥याली निकालिएको हो । ¥यालीले बजार परिक्रमा गरेको थियो । महायज्ञ स्थलबाट सुरु भएको ¥याली परिवार नियोजन, जिल्ला प्रहरी कार्यालय हुदै दिपशीखा चोक, रतनपुर चोक, गोरखा हस्पीटल, मिलन चोक, बालमन्दीर, नयाँ बजार, नेपाल टेलिकम, गणेश मन्दीर, ट्रफिक चोक, विपी चोक, सहिद गेट, तुलसीपुर चोक, दामोदर चोक, नेपाल बैंकबाट पुनः सहिद गेटबाट महायज्ञ स्थालमा गएर सकिएको थियो । महायज्ञ उद्घाटनका दिन सोमबार कलश यात्रामा सहभागी हुन सम्पूर्ण भक्तजनहरूमा आयोजकले अनुरोध गरेको छ । महायज्ञ उद्घाटनभन्दा पहिले हुने कलश यात्रामा सहभागी हुनकालागि आयोजक मूल समितिले सम्पूर्ण भक्तजनहरूमा अनुरोध गरेको हो । बिहान १० बजेबाट सुरु हुने कलश यात्रामा सहभागी हुनका लागि सम्पूर्ण संघसंस्था, विद्यालय, टोल विकास संस्था, युवा क्लब, आमा समूह, धार्मिक संघसंगठन लगायत सम्पूर्ण भक्तहरूलाई उपस्थितिका लागि आयोजक मूल समितिका संयोजक रूपा वलीले अनुरोध गरेकी छिन् ।