© २०२३
नेपाली साहित्यमा छन्द बचाउने लक्ष्यसहित बुटवलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । बुटवल लन टेनिस क्लब र छन्दवादी समाज नेपालको आयोजनामा बुटवलमा शनिबार छन्दवादी युग तथा मानकीकरण र विचारको प्रश्न नामक कार्यक्रम गरिएको हो । पुरानो ईतिहास बोकेको छन्दमा युगबोध र बिचार हुने भएकाले यो कहिल्यै नमर्ने कार्यक्रममा बोल्ने बक्ताहरूले दाबी गरेका छन् । यसलाई समयसापेक्ष जागरण गर्न जरुरी रहेको उनीहरूले बताए । सामाजिक कुसंस्कार हटाउन, शासन परिवर्तन गर्न सक्ने क्षमता कवितामा हुनुपर्ने तथा भावको रूपमा मनमा बस्ने र समालोचकको मष्तिस्कमा बस्न सक्ने हुनुपर्ने समेत उनीहरूको दाबी छ ।
कार्यक्रममा छन्द कवि तथा अभियन्ता डा. रामप्रसाद ज्ञवालीले छन्दवादी युग, मानकीकरण र बिचारको विषय गम्भिर भएको बताए । एउटा ब्यक्तिको आवरणले कविको पहिचान नभएजस्तै कविताको शब्द बिना कविता बन्न नसक्ने उनले दाबी गरे । अझ मुल चासोको विषय भनेको कवितामा मानवीय चेतना हुने समेत उनले बताए ।
सबै छन्दले ईतिहास बोकेको भएपनि बिचार बोक्न नसक्ने भन्दै उनले कविताले सौन्दय, जिवनमूल्य र चेतनाको ब्याख्या हुने बताए । हरेक कविले आफनो कविता लेखनको तहलाई बुझनुपर्ने सुझाव दिदै उनले तीन चरणको बारेमा ब्याख्या गरे ।
पहिलो चरण अनुकरण भएको जसमा अरूको कविताबाट सिक्ने, दोस्रो चरण मौलिकतामा भैरहेका भन्दा फरक शैलीमा कविता पेश हुने तथा तेस्रो चरण आविस्कारमा कवितामा आफ्नै नयाँपन सहितको लेखन हुने उनले बताए । नेपाली साहित्यमा यस्तो चरण पार गरेका थोरैमात्र कविहरू रहेको उनले दाबी गरे । कवितामा भाषा, छन्द, विचार, बिम्ब सबै मिलाउनुपर्ने समेत उनले बताए । श्लोक लेख्न सजिलो भएपनि छन्दमा कविता लेख्न कठिन रहेको उनले बताए ।
कार्यक्रममा प्राध्यापक डा.हिरण्यलाल ज्ञवालीले कला साहित्य जगाउने अभियानहरूको आवश्यकता रहेको बताए । नेपाली साहित्यको मुटु मानिने छन्दको ईतिहास साढे पाँच हजार वर्ष पुरानो रहेको उनले बताए । नेपाली साहित्यको शुरुवात समेत छन्दबाट शुरु भएको र नेपाली २ सय ५० वर्ष लामो ईतिहासमा छन्दको महŒवपूर्ण भूमिका रहेको उनले बताए । सबै अभियन्ताहरूको गन्तव्य एउटै भएकाले सबै मिलेर अघि बढ्नुपर्ने उनले सुझाव दिए । विचार र युगबोध बिना कविता नबन्ने उनले बताए ।
छन्द कवि तथा अभियन्ता डा. देवी नेपालले छन्दबादी युगबाट अहिलेको अवस्थामा आएको भन्दै उनले अब हामी कहाँ छौ भन्ने विषय सोंच्नुपर्ने बताए । साहित्यमा कुन स्थानमा पुगेको छौं भन्ने कुरा अबको युगले खोजेको बताए । ‘छन्द न मरेको थियो न मर्छ,’–उनले भने । यसलाई जागरण गराउने काम भैरहेको उनले बताए ।
नेपाली साहित्यमा ६ सय बढि खण्ड काब्य छन्दमा लेखिएको भन्दै उनले मानिस बढिभन्दा बढि छन्दलाई रुचाउने गरेको बताए । छन्द र गद्य दुबै कविताको गुण जरुरी हुनुपर्ने उनले बताए । कवि कस्तो बन्ने कुरा समाजले निर्धारण गर्ने उनले बताए । परम्पराको खोर्को आर्दशको आधारमा कवि बन्न नसक्ने भन्दै उनले बाहिरी आवरण र हाउभाउले कविको परिचय बनाउने युग अन्त्य भएको दाबी गरे । कविको मानविकरणबाट यात्रा शुरु गर्नुपर्ने उनले सुझावसमेत दिए । कुनै बेला सबै विषय कवितामा लेखिएको भएपनि अब त्यो युग परिर्तन भएको उनले बताए । छन्दमा मानव भाषा प्रयोगको साथै बिचार र कलाको आवश्यकता हुनेसमेत उनले बताए । वरिष्ठ समालोचक, माक्सवादी साहित्यीक चिन्तक दिल साहनीले छन्द संरक्षण गहन र महत्वपूर्ण विषय बताए । समयपापेक्ष छन्दा लेख्नुपर्ने आवश्यकता र बाध्यता भएको भन्दै उनले अहिले समय परिवर्तन भएको बताए । माक्र्सबादी चिन्तनमा रूप वा विषयलाई नभई बिचार प्रधान हुनुपर्ने धारणा रहेको भन्दै उनले छन्द कविताको लय मिठास हुने भएकाले विचार गौण हुनसक्ने सम्भावना हुने बताए । छन्दको विरोध र समर्थक नभएको भन्दै यसको आफनै महत्व रहेको बताए । छन्दको नाममा कृतिमता र विचार मार्न नहुने सत्य कुरालाई ल्याउन सुझाव दिए । ‘छन्दलाई समाउदा विचारलाई ध्यान दिनुपर्छ ।’– उनले भने । कार्यक्रममा लन टेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवालीले खेलकुदका साथै साहित्य क्षेत्रमा समेत आफुहरूले गतिविधि अघि बढाएको बताए । एउटा ब्यक्तिमा बहुगुण जरुरी रहेको भन्दै समाजमा सबै तह र तप्कामा सामाजिक उत्तरदायित्वसहितको काममा सबै अग्रसर रहने समेत बताए ।
कार्यक्रममा डा. देवि नेपालले शान्ति र विचार समेटिएको चरा शिर्षकको कविता सुनाए । विद्यार्थी घनश्याम तिवारीले रामायणको श्लोक बाचन गरेका थिए । यसैगरि साहित्यकार रामचन्द्र भट्टराईले छन्दको मिठासबारे प्रकाश पारेका थिए ।