© २०२३
आज ओ–जोन तह बचाउ अन्तर्राष्ट्रिय दिवस हो । ओ–जोन तह भनेको वायुमण्डलमा रहेको विभिन्न ग्यासहरूको यस्तो तह हो जसले सूर्यको किरणलाई सोझै पृथ्बीमा आउन रोक्ने काम गर्छ । सूर्यको किरणमा अनेक प्रकारका विकिरणहरू रहेका हुन्छन् । जुन सोझै पृथ्बीमा आउँदा त्यसले जीब, जन्तु, वनस्पतिलाई असर पुराउँछ । क्यान्सरजस्ता घातक रोगहरू लाग्न सक्तछ । बनस्पतिले जसरी फलफूलहरू दिनुपर्ने हो त्यो दिन सक्तैन । विरुवाहरूको उत्पादन प्रणालीमा नै असर पार्दछ । बिहानपख जसरी शित पर्नुपर्ने हो त्यो पर्न पाउँदैन । घामको मात्रा असन्तुलित हुन्छ । बादललाई जम्मा हुन दिँदैन, बर्षामा असन्तुलन ल्याउँछ । ओ–जोन तहले एकखालको फिल्टरको काम गरेको हुन्छ । यो तह ठाउँ हेरि विभिन्न उचाइमा वादल आकारमा फैलिएर रहेको हुन्छ । आकाशमा यसरी रहनु उसको अनिवार्यता जस्तै हुन्छ । यसको अभावमा पृथ्बीमा बस्ने जीब, यहाँको वनस्पतिले झेल्नुपर्छ । यो बैज्ञानिकहरूले निकै लामो समय देखि अनुसन्धान गर्दैे र ओ–जोन तहलाई असर पार्ने कामहरू गर्नु हुँदैन भन्दै आएको कुरा हो ।
ओ–जोन तहको शत्रु भनेको कार्वन्डाईअक्साइड ग्यास हो । यो अन्य ग्याँसभन्दा गह्रुँगो हुने भएकोले ओ–जोन तहभन्दा माथि जान त सक्तैन । तर, त्यो तहलाई छिन्नभिन्न पार्न सक्छ । बीचबीचमा तहलाई प्वाल बनाएर ओ–जोनलाई हटाइदिन्छ र आफू पनि हट्छ । यसरी तहमा विभिन्न ठाउँमा प्वाल बनेर सूर्यको किरण त्यसबाट सोझै पृथ्बीमा आउन थालेका थुप्रै तथ्यहरू बैज्ञानिक तथा वतावरणविद्ले फेला पारेपछि यसको कारण के हुन सक्छ भनेर अनुसन्धान गर्दा तीनओटा तथ्य फेला पारेका छन् । पहिलो कारण औद्योगिक मुलुकले उद्योगहरू सञ्चालन गर्ने क्रममा अत्याधिक मात्रामा कार्वन्डाई अक्साइड ग्यास उत्सर्जन गर्ने तर, त्यसलाई शोषण गर्नको लागि विकल्पको ब्यवस्थापन नगर्ने । दोस्रो आकाशलाई गन्तब्य मार्ग बनाएर जथाभावी रूपमा हवाइ यानहरू सञ्चालन गर्ने । हवाइ यानहरूमा राखिने पेट्रोलियम पदार्थबाट कार्वन्डाइअक्साइड ग्यास उत्पादन हुन्छ । जुन सोझै बायुमण्डलमा एकीकृत हुन्छ । त्यसले ओ–जोन तहलाई प्रत्यक्ष असर पुराउँछ । तेस्रो कारण पृथ्बीमा खेती गर्दा प्रयोग हुने रासायनिक (विषादी) लाई लिइएको छ । अनाज, फलफूल, तरकारी आदि वनस्पतिमा विषादी छर्दा त्यसले बायुमण्डलमा रहेको कार्वनडाई अक्साइड ग्याँसलाई शोषण गरी अक्सिजनमा परिणत गर्न सक्तैन । त्यसरी नै अहिले विभिन्न समुद्रको सतहमा रासायनिक विषादी मिसिँदा वास्पिकरण भएर पानीको मात्रा अकाशमा जानुको सट्टा विषादीको मात्रा जाने गरेको छ । यो अरू घातक पक्ष हो । यो काम पनि औद्योगिक मुलुकहरूबाट बढी मात्रामा विसर्जन भइरहेको छ ।
ओ–जोन तहलाई खल्बलाउने काम अविलम्ब रोक्नुपर्छ भनेर विभिन्न देशका वातावरणविद्हरूले आवाज उठाइरहेका छन् । यसलाई नियन्त्रण गर्नुपर्छ भनेर विभिन्न संगठनहरू बनेका छन् । मिडियाहरूले आवाज उठाइरहेका छन् । साना मुलुकहरूले त बरु आफ्ना उद्योगहरूको चारैतिर बृक्षरोपण गरेर सामान्य रूपमा भए पनि कार्बन्डाईअक्साइड रोकेर ओ–जोन तहलाई खल्बलिनबाट रोक्ने काम गरेको पाइन्छ । तर, ठूला औद्योगिक मुलुकहरूले यसलाई वास्ता गरेका छैनन् । अहिले उद्योग सञ्चालन निकै कम मात्रामा गरेका तर, वनस्पतिको ठूलो क्षेत्रफल राखेका मुलुकहरूले औद्योगिक मुलुकले उत्सर्जन गरेको कार्वन्डाइअक्साइड ग्यास खपत गर्न बाध्य भएका छन् । त्यसरी उनीहरूले कार्वन ग्याँस खपत गरे वापत रोयल्टी पाउनु पर्ने हुन्छ । यसको नीति पनि बनेको छ । नेपाल त्यस्तै मुलुकमध्ये पर्दछ । तर, ठूला औद्योगिक मुलुकहरूले त्यो नीतिलाई लत्याउँदै आएका छन् । ठूला मुलुकका मिचाहा नीतिले गर्दा कुनै पनि बेलामा पृथ्बीमा ठूलो प्राकृतिक समस्या आउने देखिन्छ । यसको लागि कुन ठूला कुन साना सबै मुलुकका बासिन्दाले कडा रूपमा ओ–जोन तह बचाउन आवाज उठाउनु पर्ने भएको छ । ओ–जोन तह बचाउ दिवसमा यसतर्फ सबैको ध्यान जानु आवश्यक छ ।