© २०२३
वाग्लुङ्गको ढोरपाटन नगरपालीका र बढीघाट गाउँपालीकाको सिमाना स्थीत तुरतुरेमा शुक्रबार रातिदेखि थुनिएको बढीघाट खोलामा पानी बग्दै जान थालेपछि त्यस क्षेत्रका स्थानीयहरूमा बढेको त्रास अहिले हटेको छ । पहिरोका कारण थुनिएको तालवाट विस्तारै विस्तारै पानीको वहाव कम हुँदै गएको र थुनिएको तालवाट दुई फिट भन्दा बढी पानी घटिसकेको बताइएको छ ।
अत्यन्तै जोखिम अवस्थामा रहेको उक्त तालवाट पानी बग्न थालेपछि शनिबार बिहानै वाग्लुङ्ग सदरमुकामवाट घटना स्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरू सहितको टोली सदरमुकाम फर्किएको छ । उक्त टोलीले पहिरो ग्रस्त क्षेत्र र बढीघाट खोलामा थुनिएको तालको अवलोकन गरि जोखिम कम भएपछि सदरमुकाम फर्किएको हो । पहिरोका कारण ढोरपाटन नगरपालीका २ अन्तर्गत सिमलचौरका चार घरपरिवार विस्थापित बनेका छन् ।
मध्य पहाडी लोकमार्ग अवरुद्ध
बढीघाट खोला माथिबाट ठूलो चट्टान सहितको पहिरो खसेसँगै रातीदेखिनै मध्य पहाडि लोकमार्ग अन्र्तगत भिमगिठे–बुर्तिवाङ्ग सडक खण्ड अवरुद्ध बनेको छ । उक्त सडकको एक किलोमिटर भन्दा बढी लामो सडक खण्डमा ठुलाठुला चट्टान सहित पहिरो थुप्रियका कारण सडक अवरुद्ध बनेको हो ।
अवरुद्ध सडक संचालन गर्नका लागि दुई साताभन्दा बढी समय लाग्ने वाग्लुङ्गका प्रमुखजिल्लाअधिकारी वेदप्रसाद खरेलले बताए । उनले तत्कालका लागि तीनवटा काम गर्ने बताए । जस अन्र्तगतपहिलो काम पीडितहरूलाई राहत उपलब्ध गराउने, दोश्रो पैदल बाटो खुलाउने र तेश्रो छिटो छरितो रूपमा दुई तिरवाट विभिन्न उपकरण र साधनको प्रयोग गरि पहिरो पन्छाउने काम गर्ने प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । सडक अवरुद्ध बनेपछि वाग्लुङ्गको बुर्तिवाङ्गबाट सदरमुकाम र अन्य क्षेत्रमा आवतजावतगर्ने हजारौं मानिसहरू थप समस्यामा परेका छन् ।
ठूलो मानवीयक्षति हुनबाट जोगियो
वाग्लुङ्गको ढोरपाटन नगरपालीका र बढीघाट गाउँपालीकाको सिमानामा शुक्रबार राती ठूलो पहिरो गएर बढीघाट खोला थुनेर वस्ती डुवाय पनि मानवीय क्षति हुनवाट भने जोगिन सफल बन्यो । रातको समयमा बढीघाट खोलालाई थुन्ने गरि त्यति ठूलो पहिरो गएको खबरसँग रातभर वाग्लुङ्ग र गुल्मीमा खोला तटीय क्षेत्रका बासिन्दाहरू जाग्राम बसेका थिए । उक्त घटनाबाट ठूलो मानवीय क्षतिसँगै अन्य क्षति हुन सक्ने आशंका धेरैले गरेका थिए ।
खोला छेउछाउका बासिन्दाहरू घरवाट आफ्ना महत्वपूर्ण सामानहरू निकालेर सुरक्षीत स्थानतर्फ लागि सकेका थिए । उनीहरू थुनिएको खोला कतिवेला फुट्छ भन्ने त्रासमा रातभर खोलातिर हेरेर उनीहरूले रात गुजारेका थिए । उनीहरूको मनमा उत्पन्न डर र त्रास त्यतिवेला मात्र कमभयो जतिवेला सनिवार विहान थुनिएको खोलाको तालवाट विस्तारै पानीबग्न शुरु ग¥यो । एकातिर ग्रामिण क्षेत्र अर्कोतिर मध्यरातको समय ठूलो घटना भएपनि संयोगले मानवीय क्षती हुनवाट जोगिन सफल भयो । वाग्लुङ्ग सदरमुकामबाट रातारात हिँडेर बिहानै पहिरो ग्रस्त क्षेत्रमा पुगेका प्रमुख जिल्ला अधिकारी खरेलले पनि घटनाको प्रकृति हेर्दा अचम्मै माने । ‘त्यति ठूलो र लामो क्षेत्रमा पहिरो जानु र खोला समेत थुनिनु कुनै सामान्य घटना हैन, तर संयोगले मानवीय क्षति हुनवाट जोगिन सफल बन्यो, एउटा ठूलै खतरा ट¥योे,’ उनले भने ।