© २०२३
गजल
तक्दीरले गर्यो मजाग के हुन्छ
जिन्दगीमा लाग्यो दाग के हुन्छ
फेशनको लागि शरीर बिक्ने गर्छ
यहि हो जमानाको माग के हुन्छ
नजरहरु पिजडामा राख्नु भो ठिकै छ
भन्नुहोस छातिको देब्रे भाग के हुन्छ
म चिहानबाट जवाफको इन्तजार गर्छु
शरिर मरेर जान्छ रिस राग के हुन्छ
जसलाई यो मुटु सम्झेथे,प्राण सम्झेथे
उ नै लगाउछे पराईको धाग के हुन्छ
एक्सन अा सिं
सल्यान