ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

बतासाः युवाहरूको साझा कथा

३० भाद्र २०७५, शनिबार
३० भाद्र २०७५, शनिबार

गिरी श्रीस
आरम्भ: गीत, गजल र मुक्तक लेखनबाट पाठकहरूकामाझ सुपरिचित नाम हो निर्मल ढुङ्गाना । शिक्षणमा संलग्न उनी, पेशामा जति सफल र प्रतिबद्घ छन्, त्यति नै लेखनप्रति आवद्घ र लगनशील । गीत, गजल र मुक्तकबाट स्थापित भैसकेका उनले दुई वर्षअघि नै आफूलाई कथाकारका रूपमा समेत परिचित बनाइसकेका छन् ।
उनको पहिलो कथा संग्रह हो ‘बतासा’। शीर्ष कथा ‘बतासा’ बाट नै संग्रहको नाम राखिएको छ । बतासा एउटी युवती हो र हो कथा–नायक । यो छोटो आलेख ‘बतासा’ मा संग्रहित कथाहरू र कथाकार ढुङ्गानाको कथाकारितामाथिको संक्षिप्त टिप्पणी हो ।
‘बतासा’ का अधिकांश कथाहरूको मुलभूत विशेषताहरूबाट चर्चा गरौं । संग्रहका सबै ११ वटा कथाहरू प्रथम पुरुष शैलीमा लेखिएका छन् । यसको ‘म’ पात्र कति कथाहरूमा स्वयं कथा–नायकका रूपमा देखिएको छ भने कतिमा कथावाचकका रूपमा ।
‘लाटो धर्ती, ‘डिभोर्सपछि’, ‘धमिराले खाएको धोका’, ‘अधुरो आकाश’, ‘चिसो अ“गालो’, ‘बतासा’, ‘नजरको दोषी’, ‘पश्चाताप’ र ‘अनुद्घाटित रहस्य’ नारीप्रधान कथानक बोकेका कथाहरू हुन् ।
‘मिस एअर होस्टेस’ यौनिक अधिकारका नाममा देखिने विकृतिमाथिको व्यङ्ग्यचेतको कथा हो । यो एक व्यस्त युवा डाक्टर र आधुनिक एअर होस्टेसबीचको अनिश्चित सम्बन्धको कथा हो ।
‘रिफर टु मेन्टल डिपार्टमेन्ट’ राज्य र विद्रोही पक्षको युद्घले पारेको प्रभाव र परिणामको कथा हो । यो एक बाजे र नातिको सम्बन्धको कथा हो ।
चरित्र–चित्रण
संग्रहका ११ मध्ये नौवटा कथाहरू नारीप्रधान कथानकमा आधारित भएकाले ती कथाहरूमा नारीचरित्रको आरोह अवरोहलाई सुक्ष्मतम् ढंगमा चित्रण गर्ने कोशिस गरिएको छ । ‘लाटो धर्ती’ की लाटी यौटा त्यस्ती नारी हो जसले बेवारिस एउटा नाबालकमाथि आफ्नो मातृत्व र ममता खन्याउ“छे । समाजका अनेकन लाञ्छना, प्रताडना र अन्यायस“ग नझुकी संघर्ष गर्छे । आफूले पढ्छे र आफ्नो मानस पुत्रलाई पढाएर सक्षम बनाउ“छे । लाटीको संघर्ष, त्याग, ममता र बलिदान मार्मिक ढंगले चित्रित भएको छ । अर्कोतिर उसको छोरा अत्यन्त कृतघ्न, स्वार्थी र क्रूर देखिएको छ ।
‘डिभोर्सपछि’ मा सलोनी अर्यालको स्वार्थ र परिवारप्रतिको उपेक्षा जति कठोर लाग्छ, त्यति नै कोमल छ माधवकी आमाको मन । सासु आमाले मृगौला दान गरी नया“ जीवन दिएपछि सलोनीमा आएको परिवर्तन अपेक्षित र निकै संवेदनशील छ । नारी मनको भावकोे आरोह–अवरोह मन छुने ढंगले प्रस्तुत भएको छ ।
‘धमिराले खाएको धोका’ नारीलाई बुझ्न कठिन हुन्छ भन्ने परम्परागत मान्यतामा आधारित लाग्दछ । ऋचाले आफ्नै साथी भावनाको पतिलाई प्राप्त गर्न गरेको दुरभिसन्धिको रहस्य कथाको अन्त्यमा जब खुल्छ पाठक छाङ्गाबाट खसेजस्तै हुन्छन् । प्रेम सम्बन्धको उतारचढावमा बुझ्न नसकिने चरित्र रहस्यमय हुन पुग्दछ ।
‘अधुरो आकाश’ एक हृदयविदारक कथा हो । किशोरवयका सन्तानलाई सही तरिकाले बाटो देखाउन सकिएन भने त्यसको दुष्परिणाम कतिसम्म भयानक हुन सक्छ भन्ने कथाले देखाउ“छ । यो कथा प्रेममा डुबेकी किशोरी प्रियंकाको गाउ“देखि महानगरको बेश्यालयसम्मको यात्राको कथा हो । एउटी कमजोर किशोरी परिस्थितिवश कतिसम्म बोल्ड हुन सक्छे भन्ने दृष्टान्त हो यो कथा ।
समाजका टाठाबाठाहरूले आफूले चाहेका नारीलाई अनेक छल र प्रपञ्च गरी कसरी आफ्नो जालमा पार्छन् भन्ने कथानक बोकेको छ ‘चिसो अ“गालो’ ले । मन्दीपको हत्या प्रयासपछि ऊ गायब हुन्छ । त्यसपछि चन्दाको मनोदशाको जुन चित्रण छ, त्यसले पाठकलाई किंकर्तव्यविमूढ बनाउ“दछ । सारा रहस्योदघाटनपछि चन्दा के गर्ली ? पाठक धेरै समय सोंच्न बाध्य हुन्छ ।
‘बतासा’ की बतासा एकनिम्न मध्यमवर्गीय परिवारको छोरी हो । निम्न मध्यम र मध्यम वर्गीय परिवारमा जरो गाडेर बसेको जातीय अहंकारका कारण बतासजस्तै चञ्चल बतासा अचानक निश्चल पोखरीजस्तै हुन्छे । जातीय विभेदले प्रेम असफल भएपछि ऊ आत्महत्या गर्न बाध्य हुन्छे ।
‘नजरको दोषी’ नारी उत्पीडनको कथा हो । रञ्जु यो कथाकी नायिका हो । प्रेमिल रञ्जुले आफ्नो प्रेमी प्रभातका लागि विमलस“ग हुनै लागेको विहेलाई अस्वीकार गर्छे । जुन साहस र विद्रोह उसले विहे अस्वीकृत गर्न देखाउ“छे, त्यो साहस प्रभातले उसलाई तिरस्कार गरेपछि हराउ“छ । पुरुष अभिमानले नारीमाथि गर्दै आएको अत्याचारको इतिहास रञ्जुको पतिले पनि दोहराइरहन्छ । अन्ततः रञ्जलेु आत्महत्याको बाटो समातेर मृत्यु वरण गर्छे ।
‘पश्चाताप’र ‘अनुद्घाटित रहस्य’ दुबै कथा नारीको संवेदना, तिनका महानता, करुणा, त्याग र ममताले भिजेका कथाहरू हुन् ।‘पश्चाताप’मा कथा–नायक साधनाले आफ्नो परिवारप्रतिको दायित्व जुन जिम्मेवारीका साथ पूरा गरेकी छे, त्यो महान् लाग्छ । साधना वृद्घ सासु ससुराका छोरा नै बनिदिएकी छे ।
‘अनुद्घाटित रहस्य’ लिम्फोमा क्यान्सरस“ग लडिरहेकी युवती उषाको आत्मकथा हो । सरोजस“ग प्रेममा भए पनि उस“ग विहे गर्न सक्दिनँ उषा । शायद चा“डै नै ऊ मृत्युको बाटोमा हिँडिरहेकी हुनेछ । सरोजको जीवनमा ऊ लामो पीडा दिन सक्दिनँ । बरु आफै बेइमानजस्तो देखिएर भए पनि सरोजलाई अरूस“ग नै विहे गर्ने वातावरण बनाउ“छे । उषा आफ्नो प्रेमलाई सरोजको सुखी जीवनका लागि बलिदान गर्छे ।

कथा–सन्दर्भ
‘बतासा’ का अधिकांश कथाहरूको कथावस्तुमा आजको समय प्रतिविम्वित भएको छ । पारिवारिक र मानवीय संवेदनाको विघटन, युवा र किशोरहरूका प्रेम, सन्तानप्रति अविभावकहरूको दायित्व, नारीमाथिको उत्पीडन र अत्याचार, उच्च जातीय र पुरुष सत्ताको अभिमान, युद्घको प्रभाव र परिणाम आदिको क्यानभासमा यी कथाहरू सिर्जित भएका छन् ।
अधिकांश कथा किशोर र युवाहरूका कथा हुन् । त्यसमा पनि तिनका प्रेम कथा हुन् । अल्लारे बैंशमा बाटो चिन्न मुश्किल हुन्छ । अविभावकको सही मार्ग दर्शन र माया भएन भने ती गलत बाटो पनि हिँड्न सक्छन् । त्यो बाटोले तिनलाई निराशा र कुण्ठाको उदास मरुभूमिमा पु¥याउन सक्छ । तिनलाई आ“सुको पोखरीमा पु¥याउन सक्छ । आत्महत्याको निर्णयले मृत्युको मुखमा पनि पु¥याउन सक्छ ।
‘बतासा’ भित्रका कथाका सन्दर्भहरू सरल छन् । तिनले समाजका विसङ्गति र यथार्थलाई प्रतिविम्वित गरेका छन् । तिनले पाठकलाई पक्डेर राख्ने सामथ्र्य पनि राखेका छन् । तर आजका लेखकले समाजको प्रतिविम्व मात्र देखाएर पुग्दैन, समाजको प्रतिच्छाया धेरै नराम्रो वा हृदयविदारक देखियो भने त्यसलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने कुरामा पनि बोल्नु पर्दछ । त्यो कुनै उपदेश, अर्ति वा राजनीतिक नारा हुनु पर्दछ भनेको होइन तर लेखक एउटा दार्शनिक धरातलमा उभिएको देखिनु पर्ने हो । ‘बतासा’ भित्रका कथामा लेखकको दार्शनिक धरातल खोज्न धेरै मिहिनेत गर्नु पर्दछ ।
शैली र समाख्यान
‘बतासा’ भित्रका कथाहरूको शैली सरल छ । समाख्यान एक सय असी डिग्रीको कोण बनाउ“दै हिँड्छ । कतिपय कथाहरू सामान्य लाग्दा लाग्दै पनि समाख्यानका रहस्योद्घाटनले तिनलाई फेरि कथाको चुलीमा पु¥याउ“दछन् । ‘मिस एअर होस्टेस’,‘धमिराले खाएको धोका’,‘अनुद्घाटित रहस्य’ यसै प्रवृतिका कथा हुन् । कथानकका सिलसिला तथा कर्ता, कर्म, कारण र परिणामको तालमेल असाध्यै मिलेका आधारमा ‘नजरको दोषी’ उत्कृष्ट कथा हो । अरू कथा पनि कम्ती त छैनन्, तर तिनमा केही न केही खड्किरहेको हुन्छ ।
समाख्यान जति राम्रो भए पनि पात्रहरूभन्दा धेरै समाख्याता वा कथा वाचक नै एकोहोरो बोलिरह“दा पाठक झिंझिन सक्छन् । त्यसमाथि कथानक त्यति आकर्षक भएन भने त्यसले पाठकलाई तान्दैन । पात्रलाई नै बोलाउनु त्यसैले राम्रो पनि हुन्छ भनिन्छ । तर बतासाका अधिकांश कथाहरू वर्णनात्मक छन् । संवादात्मक अलि कम । जहा“संवादात्मक भएका छन्, कथाको उचाई ह्वात्तै बढेको छ ।
‘अधुरो आकाश’मा प्रियङ्का र रूपेशबीचको संवाद हेरौं–
चुरोटको धुवा“ उडाउ“दै प्रियङ्का भन्छे–‘यो धुवा“ पनि मजस्तै छ । तिमीजस्तै छ ।’
‘कसरी ?’
‘धुवा“ले पनि आनन्द दिन्छ । बिलाउ“छ । तिमीले पनि आनन्द दियौ । बिलायौ । मैले पनि आनन्द दिए“ । बिलाए“ ।’
उपन्यासको शैली मात्र होइन, भाषा पनि असाध्यै सरल छ । भाषा सम्पादकको रूपमा राज कुमार बानिया“जस्तो विश्रुत समालोचक पाउनुले ‘बतासा’ लाई राम्रो किताब बन्न थप सहयोग पुगेको हुन सक्छ ।
दृश्य आयोजना
केही कथाहरूमा अस्वाभाविक दृश्यहरू देखिन्छन् । आजकलका बजारु फिलिमका जस्ता दृश्यहरूले कथा राम्रो हुन सक्तैन । दृश्य आयोजना गर्दा त्यो कत्तिको विश्वसनीय हुन सक्छ भन्ने कुरामा विचार गर्नु जरुरी हुन्छ । अस्वाभाविक दृश्यले बौद्घिक पाठकहरू निरास हुन सक्छन् । यस्ता केही दृश्यहरू बतासाका केही कथामा देखिन्छ ।
‘चिसो अ“गालो’ को एउटा दृश्य यस्तो छ–
शिक्षकले पढाएको बुझिएन । अर्को शिक्षक चाहियो भन्ने विद्यार्थीहरूको माग । क्याम्पस प्रमुख मान्दैनन् । विद्यार्थीहरू आन्दोलनमा । तिनको आन्दोलन भनेको कलेज सकिए पछि पनि ढोका थुनेर पढिरहने । जोड जोडले कराएर पढिरहने । तिनलाई ढोका खोल्न भनिन्छ । ती ढोका नखोली पढिरहन्छन् । क्याम्पस प्रमुखले प्रहरी बोलाउ“छन् । बल प्रयोग गर्न प्रहरीलाई आदेश दिन्छन् । सीडीयोलाई मोबाइलबाट सम्पर्क गरेर गुहार माग्छन् । विद्यार्थीले ढोका नखोलेपछि दमकल बोलाएर झ्यालबाट पानीको फोहराले हान्छन् ।
‘नजरको दोषी’ मा विमललाई विहेको लागि केटी हेर्न लगिन्छ । हेराहेर हुन्छ । विमलको दाइले केटीस“ग कुरा गर्ने व्यवस्था मिलाइदिने कुरा गर्दा विमलले आवश्यक छैन भन्छ । आजको दुनिया“मा केटी हेरेकै भरमा उनीस“ग कुनै कुरै नगरी विहेको लागि राजी हुने दृश्य अस्वाभाविक नै हो ।
सारांशः
‘बतासा’ मा संग्रहित सबै कथाहरू सामाजिक यथार्थकै धरातलमा उभिएका छन् । समाजमा विद्यमान जातीय विभेद, पारिवारिक र सामाजिक विघटन, युवाहरूको प्रेम र त्यसको परिणति, मानवीय संवेदना र अनुराग आदि विषयमा ‘बतासा’ भित्रका कथाहरूले टेको लिएका छन् । तर आजको युवामा देखिएका अग्रगामी चेतना, राज्य व्यवस्था, समाज र शासनले तिनीभित्र हुर्काइरहेको विद्रोही विचार, नया“ विकल्पहरूको खोजीको हुटहुटी आदिलाई अधिकांश कथाहरूले छुन सकेका छैनन् ।
सारांशमा सम्पूर्ण कथाहरूको मियोमा आजका युवाहरू नै छन् । तिनका प्रेम, आकांक्षा, कर्तव्य र मनोदशामा ती कथाहरूले चक्कर लगाएका छन् । त्यसैले ती सबै कथा युवाहरूका साझा कथा हुन् ।
कथाकार निर्मल ढुङ्गाना ‘बतासा’ कथा संग्रहका लागि बधाईका हकदार छन् । आगामी सिर्जनाहरू अझै सुन्दर र हृदयस्पर्शी हुनु पर्दछ । सगरमाथाको उचाईजस्तै मिटर वा फिटमा लेखनको शिखरलाई नाप्न सकिँदैन भन्ने कुरा त हरेक लेखकलाई थाहा भएकै कुरा हो ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?