© २०२३
तुलसीपुर उप महानगरपालीकाका कार्यपालिका सदस्य अमर नेपाली ‘माईकल’ ले आफुले पाउने पारिश्रामिक बाफतको रकम कुलो निर्माणका लगाएका छन् । तुलसीपुर उप महानगरपालिका वडा नम्बर ७ कालाखोलाको रानीघाट सिंचाई कुलोको लागि आफ्नो पारिश्रमिक बाफतको रकम मर्मतका लागि लगाएका हुन् ।
रानीघाट खोलामा आएको बाढिले कुलो बगाएपछि लामो समय सम्म स्थानीय किसानहरू सिचाईबाट बञ्चित बनेका थिए । कुलो भत्किदा त्यस क्षेत्रका ४० घर परिवारको करिब ४० बिगाहा जग्गा सुख्खा भएपछि कार्यपालिका सदस्य माईकललाई उक्त समस्या समाधान गर्न अनुरोध गरेको एक दिनमै कुलो निर्माण गरिदिएको स्थानीय नबराज सुबेदीले जानकारी दिए ।
कार्यपालिका सदस्यले १० हजार भाडा तिरेर डोजर उपलब्ध गराउनुका साथै स्थानीय उपभोक्ताहरूसंगै कुलो मर्मतमा खटिएका थिए । उनले जोडर सहयोग गर्नुका साथै उपभोक्ताहरूलाई उत्प्रेरणा दिएपछि कुलो निर्माण भएको थियो । कुलो निर्माण भएपछि स्थानीय उपभोक्ताले धानमा सिंचाई गर्न पाएका छन् ।
धान पसाउने बेलामा कुलो भत्किदा स्थानीय किसानहरू चिन्तित बनेका थिए । धान पसाउने समय भएको बेला बाढीले कुलो भत्काई दियो सिंचाई नपाएपछि धान बाली विग्रने स्थानीय किसान लिलाराम भण्डारी बताए । पसाउने बेला नै पानी नपाएको भए, धान उत्पादनमा धेरै गिरावट आउथ्यो । कुलो निर्माण भएपछि भने हामी खुसी भएका छौं हाम्रो धान खेती नविग्रने भयो भण्डारीले भने । आफु जनताको काम गर्न कार्यपालिका सदस्यमा निर्वाचित भएको भन्दै जनताकै दुःख, सुखमा काम गर्ने कार्यपालीका सदस्य नेपालीले बताए ।