© २०२३
छत्रदेव गाउँपालिका अध्यक्षमा लेखनाथ पोखरेल विजयी भएपछि दुई महिनासम्म स्कुटरमा हिँडे । छिटो छरितो नभएपछि एउटा गाडी ल्याए ।
समथर र भूगोल सहज भएकाले इन्धन खर्च गत आर्थिक वर्षमा ९५ हजार, गाडी भाडा खर्च तीन लाख र गाडी मर्मतमा तीन लाख ५० हजार रूपैया खर्च भएको छ ।
पहुचको आधारमा अर्थ मन्त्रालयबाट एउटा गाडी लिएका छन । भाडा तिर्नु परेन । चैतसम्मको गाडी र इन्धन खर्च आन्तरिक रकम खर्च भएको थियो । जिल्लाका छ स्थानीय तहमध्ये सन्धिखर्क नगरपालिकाको पहिले नै एउटा गाडी थियो । मन्त्रालयबाट गाडी पाउने छत्रदेव पहिलो हो । भूमिकास्थान नगरपालिकाको गत आर्थिक वर्षसम्म ९ लाख ६० हजार रूपैया“ र इन्धनमा ८५ लाख ९ सय ८९ रूपैया“ खर्च भएको छ । ९ वटै वडाध्यक्षका सरकारी नम्बर प्लेटका मोटरसाइकल छन । इन्धन, मर्मत खर्च भनेर मासिक तीन हजार रूपैया“ खर्च उपलब्ध गराइएको छ ।
आन्तरिक स्रोतको आम्दानीबाट जनप्रतिनिधिले गाडी र तेल खर्च गरेका छन । मेयर/उपमेयरलाई औपचारिक उद्घाटन जस्ता कार्यक्रममा दौडधुप बढी हुन्छ । योजना अनुगमनसगै विवाह, पुजा, मृत्यु भएको परिवारमा र व्यक्तिगत काममा पनि नगरकै खर्च हुने गरेको छ । दौडधुप देखिएपनि काम प्रभावकारी हुन नसकेको ढाकावाङका युवा कविराम खनालले बताए ।
शीतगंगा नगरपालिकाले अहिलेसम्म दस लाख रूपैया खर्च गरेको छ । महिनामा एक लाख २० हजार भाडा तिर्ने गरी एउटा गाडी भाडामा लिएको छ । आन्तरिक स्रोतबाट दुई वटा गाडी किन्न टेण्डर आव्हान गरेको छ । एउटा ५५ लाख र अर्काे ३५ लाख रूपैया“मा किन्न टेण्डर खुला गरिएको प्रशासकीय अधिकृत हरिनारायण बेल्वासेले बताए । आन्तरिक स्रोतबाट गाडी किन्न लागेका हौं, उनले भने ।
क्षेत्रफलका हिसाबले देशकै ठुलो नगर भएकाले धेरै वडा घुम्न एकै दिनमा भ्याइदैन । जटिल भुगोलका करण योजना अनुगमन गर्न र गाउ“मा जान धेरै दुःख भएको नगर प्रमुख सुर्यप्रसाद अधिकारीले बताए ।
पाणिनि गाउ“पालिकामा मासिक ९० हजार रूपैयामा तिर्ने गरी गाडी भाडामा सञ्चालित छ । तीन लाख रूपैया“ भन्दा बढी तेल खर्च भएको छ । मारालानी गापामा मासिक ७० हजार रूपैया भाडा तिर्ने गरी जिप लिएको छ । गत आर्थिक वर्ष ५ लाख भन्दा बढी रकम इन्धन खर्च भएको छ ।
सन्धिखर्क नगरपालिकाले गत आर्थिक वर्षमा १५ लाख रूपैया इन्धन शीर्षकबाट खर्च गरेको छ । आन्तरिक स्रोतबाटै एउटा स्र्कापियो नगरले किनेको छ । त्यसमा मेयर हिँडछन । पुरानो गाडीमा उपमेयर चढ्छन् ।