© २०२३
विगत एक महिना देखि आन्दोलनमा रहेका नेपाल सामाजिक परिचालक संघले असोज १ गते देखि रिले अन्सन थालनी गर्ने भएक छन् ।
एक महिनादेखि सडक अन्दोलनमा रहेका सामाजिक परिचालकहरूले आन्दोलनको बाटोमा फरक बनाउन रिले अनसनको थालनी गर्ने बताएका हुन् । बुधवार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी नेपालमा सामाजिक परिचालक कर्मचारी संघ प्रदेश नम्बर ५ की अध्यक्ष रोमा क्षेत्रीले आफूहरूको माग सम्बोधन गर्ने आश्वासन प्रदेशका मुख्यमन्त्रीबाट आएको भन्दै यदि माग सम्बोधन नभएमा रिले अनसनको थालनी गर्ने बताएकी हुन् ।
विगत एक महिना देखि प्रदेश नम्बर ५ का सामाजिक परिचालकहरू स्थानिय जनप्रतिनिधिहरू आएपछि आफूहरूलाई हटाइएको भन्दै आन्दोलनमा रहेका छन् । नेपाल सामाजिक परिचालक कर्मचारी संघ आन्दोलन परिचालन समितिका संयोजक कल्पना खनालले ९९ प्रतिशत महिलाहरू रहेका सामाजिक परिचालकहरूलाई स्थानिय सरकार आएपछि हटाईएको भन्दै निरन्तर आन्दोलनमा रहेको जानकारी दिइन् । उनले स्थानीय सरकारले आफूहरूलाई पहिला नै नेपाल सरकारले राखेको स्केल अनुसार स्थानिय तहमा समायोजन गरिनुपर्ने माग रहेको बताइन् ।
स्वरोजगार सृजना गर्न नसक्ने सरकारले हाल रोजगारीको रूपमा रहेका सामाजिक परिचालकहरुलाई नै पेशा बाट बञ्चीत गर्नु आफैमा निन्दनिय रहेको नेपाल सामाजिक परिचालक कर्मचारी संघका केन्द्रीय सदस्य गोविन्द सुवेदीले जानकारी दिए ।