© २०२३
भैरहवा, २३ कात्तिक । निर्वाचन मिति नजिकीदै जाँदा रुपन्देही क्षेत्र नं ३ का उम्मेदवार गृहमन्त्री बालकृष्ण खांणले भारी मतले चुनाव जित्ने दावी गरेका छन् ।
जितको आधार तथा दायरा फराकिलो पार्दै गएको दावि गर्दै उनले निर्वाचन माहोल तात्दै गर्दा गणितिय हिसावमा पनि बोहोरा भन्दा अगाडि देखिएको दावी गरे । खांणले अग्रता लिनुुमा एमाले छाडेर घनश्याम भुसाल रुपन्देही क्षेत्र नं १ मा पाँचदलीय गठबन्धनको समर्थनमा उम्मेदवार हुनुु, जनमुक्तिको समर्थ पाउनुु र चुनावी अभियानको क्रममा अन्य पार्टी र स्वतन्त्र गरी करीव ३५ सय बढी कांग्रेस प्रवेश गर्नुु रहेको कांग्रेसका क्षेत्रीय सभापति शुसिल गुुरुङ्गले बताए । यसबाहेक खाणको ब्यक्तगित छविका कारण पनि मत बढ्दै गएको छ ।
गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मत अनुसार कांग्रेसले रुपन्देही ३ मा ३४ हजार एक सय ५३ मत पाएको थियो भने एमालेले २९ हजार ४८ मत प्राप्त गरेको थियो । त्यस्तै, राप्रपाले १३ हजार तीन सय ९७, जसपाले ६ हजार एक सय ८३, माओवादीले दुई हजार आठ सय ८१, लोसपाले दुई हजार एक सय ७४ र नेकपा एसले नौ सय ७७ मत प्राप्त गरेको थियो । स्थानीइ तहको मत अनुसार भने राप्रपा एमाले जसपा गठबन्धन अगाडि छ । अहिले सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, लोसपा र एकीकृत समाजवादी छन् । जनमुक्तिले आफ्ना उम्मेदवारलाई निस्कृय गराएर खाणलाई समर्थन गरेको छ । जनमुक्तिको तिलोत्तमा क्षेत्रमा अली बढि पकड भएको क्षेत्र समेत मानिन्छ । यो मत सबै उनलाई जाँदा खांणले चुनाव जित्ने दावि गर्दै आएका छन् ।
यसलाई आधार मान्दा सत्ता गठबन्धनसँग ४० हजार एक सय ८५ मत छ । एमालेसँग ४८ हजार ६ सय २८ मत छ । यस आधारमा एमाले सत्तागठबन्धनभन्दा आठ हजार चार सय ४३ मतले अगाडि थियो । तर अघिल्लो पटक यसै क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित घनश्याम भुसालले एमाले छाड्दा रुपन्देही ३ मा एमालेका कम्तीमा ४ हजार मत प्रभावित भएको सत्ता गठबन्धनको दावी छ । तर एमाले नेताहरु यो झुठ भएको बताउंछन् । घनश्यामको पक्षमा ५ सय मत पनि प्रभावित नहुने एमालेको दावी छ । यसबाहेक खाणलाई जनमुक्तिको समर्थन सगैं कम्तीमा ३५ सय मत बढेको सत्ता गठबन्धनको तर्क छ । जनमुक्तीका केन्द्रीय सचिव मोजिव अलीले स्थानीय तहमा एकल प्रतिस्पर्धा गर्दा पनि आफ्नो पार्टीले यो क्षेत्रमा दुुई वटा वडा सदस्य जितेको र त्यसपछि ३ नं क्षेत्रमा उल्लेख्य क्रियाशील सदस्यता वितरण गरीएको दावी गरे । यो गृहमन्त्री खाणका लागि प्लस भोट हो । त्यस्तै चुनावी अभियानका क्रममा करिव ३५ सय कांग्रेस प्रवेश गरेको कांग्रेसको दावी छ । कांग्रेस क्षेत्रीय सभापति गुरुङले बोहोरा भन्दा खाण सातहजार मतले अगाडि रहेको दावी गरेका छन् । गुुरुङ्गले यो मतान्तार चुनावसम्म अझै बढ्दै जाने दावी गरे ।