© २०२३
बुटवल,२३कात्तिक । सदुर पश्चिमको डोटी जिल्लामा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ। डोटीको पूर्वीचौकी गाउँपालिकामा राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको हो। पाँचजना घाइते भएका छन्। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटी केन्द्रविन्दु बनाएर ६.६
रेक्टरस्केलको भूकम्प गएको हो।
प्रहरीका अनुसार ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको छ ।
यस्तै सोही ठाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि घरमा पुरिएर मृत्यु भएको छ ।