ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

सुकुम्बासी समस्या समाधान एमालेको सरकारले गर्छ : उम्मेदवार घिमिरे

२२ कार्तिक २०७९, मंगलवार
२२ कार्तिक २०७९, मंगलवार

बुटवल,२२ कात्तिक । नेकपा एमाले, जसपा र राप्रपाको तर्फबाट रुपन्देही क्षेत्र नं. ५ का साझा उम्मेदवार बासुदेव घिमिरेले मंसिर ४ को निर्वाचनपछि एमाले नेतृत्वमाबन्ने सरकारले अव्यवस्थित बसोबासी, भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र (लालपूर्जा)वितरण गर्ने बताएका छन् ।चुनावी अभियानको क्रममा सैनामैना र कञ्चनका विभिन्न ठाउँमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार घिमिरेले एमाले नेतृत्वको सरकारले मात्र अव्यवस्थित र सुकुम्बासीहरुलाई जग्गाको वास्तविक मालिक बनाउने दावी गरे ।
यसअघि एमाले नेतृत्वको सरकारले सुकुम्बासी समस्या समाधानको कामअन्तिम चरणमा पु¥याएपनि गठबन्धन सरकारले त्यसलाई षड्यन्त्रपूर्वक रोकेको भन्दै उनले निर्वाचनपछि प्राथमिकताका साथसुकुम्बासी समस्या समाधानको काम गरिने स्पष्ट पारे । कतिपयको जमिन नैं नभएको र कतिपयले जग्गा उपभोग गरेपनि त्यसको स्वामित्व नहुँदा धेरै समस्या पाएको चर्चा गर्दै उनले अव्यवस्थित बसोबासी, भूमिहीन दलित तथा सुकुम्बासीको समस्या समाधान गर्न आफू सधैं प्रतिबद्ध रहने स्पष्ट पारे ।
एमाले सरकारले अघि बढाएको जनताआवास कार्यक्रमलाई क्षेत्र नं. ५ का सबै पालिकाहरुमा विस्तार गरिने बताउँदै उम्मेदवार घिमिरेले भूमिहीन तथा घरबासविहीन सम्पूर्ण घरपरिवारलाई संविधानप्रदत्त आवासीय हक अनुरुप आवास सुविधा उपलब्ध गराइने प्रतिबद्धता जनाए ।
यस्तै प्रदेशसभा सदस्य पदका उम्मेदवार भूमिश्वर ढकालले लालपूर्जा वितरणको ७० प्रतिशतभन्दा बढी काम पूरा हुँदै गर्दा एमाले सरकारलाई षड्यन्त्रपूर्वक ढालिएपछि सुकुम्बासी समस्या समाधानको काम रोकिएको बताए । ‘भूमिहीन सुकुम्बासीहरूलाई जग्गा मालिक हुनबाट रोकियो ।चुनाव पछि हाम्रो सरकार बन्छ र समस्या समाधान गर्छाैं’– उनले भने ।
भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन,खानेपानी, सिँचाई लगायतका विकासका काम देखिने गरि गरिएको र अझ सुधारका लागि योजनाबद्ध तरिकाले गरिने उनको भनाइछ । गठबन्धनको सरकारले जनतालाई ढाँट्ने कामबाहेक अरू केही नगरेको उनको भनाइ छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?