ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

ढुंगा फोर्ने ‘देउता’

१९ कार्तिक २०७९, शनिबार
१९ कार्तिक २०७९, शनिबार

 

बुुटवल,१९ कात्तिक । ‘ढुंगा खोज्दा देउता भेटियो’ यो पुरानो चलेको उखान हो । तर विष्णुप्रसाद अधिकारीलाई भेटेपछि अर्को उखान थप्न मन लाग्छ ‘ढुंगा फोर्ने देउता भेटियो’ । हुनपनि अधिकारी (६९) ढुंगा फोर्न नसकेर हार खाएका मान्छेका लागि देउता नै हुने गरेका छन् ।
भारतको पायनियर कम्पनीमा ढुंगा फोर्ने सीप सिकेका उनी करिव १६ बर्ष उक्त कम्पनीमा काम गरेको अनुभव छ । घर फर्किएपछि उनी अहिले बुटवलमा ढुंगा फोर्ने काम गर्छन । बुटवलमा काम गर्न थालेको पनि दशक बढी भइसकेको छ । केही लामो र छोटो गरेर दुई वटा छिनो, सानो र ठूलो गरेर दुइवटा घन उनको ढुंगा फुटाउने औजार हुन् । ढुंगाको आकार अनुसार छिनीको संख्या भने थपघट हुन्छ ।
शुरुमा लामो छिनो र सानो घनबाट ढुंगामा केही प्वाल पारेपछि उनले उक्त प्वालमा सानो छिनो घुसाउँछन अनि ठूलो घनले हिर्काउँछन् । यति गर्दा ढुंगा फुट्छ । एक जनाले दिनमा करिब ट्याक्टरको एक ट्याक्टर ढुंगा फुटाउन सक्ने उनमा सीप छ ।
बुटवलमा घर, कार्यालय, विद्यालय, मठ मन्दिर बनाउने क्रममा जगमा परेको ढुंगा हटाउन, खोलाबाट ल्याएका फुट्न गाहे मान्ने गोला आकारका ढुंगा फुटाल्न उनलाई गुहार्ने गरिन्छ । एउटै ढुंगा फुटाउँदा ४० टालिभन्दा बढी ढुंगा निस्किएको उनीसँग अनुभव छ ।
बुटवल उपमहानगरपालिका ३ चिडियाखोला घर भएका अधिकारी यो समयमा बुटवलको कान्ति माध्यमिक विद्यालयमा ठूला ढुंगा फोर्ने काम गरिरहेका छन् । ढुंगा फुटाउन अनेक उपाय गर्दासमेत नसकेपछि सोधखोज गरेर अधिकारीलाई पत्ता लगाएको विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले जानकारी दिए । विहीवार विद्यालयमा सहयोगीका साथमा भेटिएका उनले काम नगरी बस्दा बिरामी हुने गरेको सुनाए । एक टाली ढुंगा फुटाएको उनले २ हजारसम्म लिने गरेका छन् । ढुंगाको साइज अनुसार छिनोको संख्या धेरै लाग्ने उनको भनाई छ । ढुंगा कसरी फुट्छ त ? भन्ने जिज्ञासामा उनले भने, यो बल भन्दा पनि सीप लगाएर गर्ने काम हो ।
बुटवलमा पहिलोपटका चिडिया खोलाको खाती मेडिकल अगाडी रहेको कृष्ण मन्दिरको करिब एक तला जतिको कालो ढुंगा फुटालेपछि उनको चर्चा चलेको हो । अधिकारीका अनुसार बुटवलमा उक्त ढुंगा फुटाउन धेरै मिस्त्री र पहलमानलाई देखाउने भएछ तर कसैले आँट गरेनछन् । पछि उनीसँग कुरा पुगेछ । उनले औजार छैन तर फुटाउन सकिन्छ भनेपछि औजार किनिदिने शर्तमा ढुंगा फुटाएको उनले सुनाए । पाँच हजारमा ठेक्का लिएका उनले दुई दिनमा उक्त ढुंगा फुटाएका थिए । ढुंगा फुटाएको हेर्न भिड लागेको थियो उनले हाँस्दै भने । उक्त ढुंगा फुटालेपछि २५ टेक्टर ढुंगा निस्किएको थियो । ढुंगा फुटाउन २२ वटा छिनीको प्रयोग गरेको उनले सुनाए ।
    तस्वीरः कृष्ण मल्ल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?