ट्रेंडिंग:

>> ‘३९ बर्षको लौरे सीमी’ >> सीमाबासीसँग सशस्त्र प्रहरीको शैक्षिक सामग्री बाल विकासलाई >> नुवाकोटको शेरा दरबारको १ सय ६३ राेपनी जग्गा सरकारको नाममा ल्याउन सीआईबीको सिफारिश >> ५ प्रदेशको मौसम बदली, कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपात >> लायन्स सयपत्रीसहित ३ वटा क्लबले गरे रात्रीकालीन विद्यार्थीलाई सहयोग >> प्रदेशको आवधिक योजनाबारे नीति संवाद >> लुम्बिनी प्रदेशः सुध्रिएन बजेट खर्चको शैली >> अब स्मार्ट कार्डको सट्टा क्यूआर कोडसहितको सवारी लाइसेन्स >> मधेस सरकारले गरिदियो ७ सय बढी पत्रकारको स्वास्थ्य बिमा >> बिना सुचना मेयरले भत्काएर सर्बसाधारणको घर, स्थानिय बिरोधमा >> भारतसँगको चौथो टेस्ट क्रिकेटमा अस्ट्रेलिया बलियो अवस्थामा >> लुम्बिनी र कर्णाली प्रदेशबीच १९ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर >> जनप्रतिनिधिद्वारा अनुदान कटौती नगर्न ध्यानाकर्षण >> राष्ट्रिय किसान आयोगले ३० लाख किसानलाई सूचीकरण गर्ने लक्ष्य >> भारतका पूर्वप्रधानमन्त्री डा. सिंहको निधनमा पूर्वराष्ट्रपति भण्डारीको शोक संदेश >> लोभलाग्दो सुन्तला बजार (फोटोफिचर) >> दम बढे पछि मोहन बैध अस्पताल भर्ना >> बिबाद पछि पुष्पाः२ को गीत यु टयुबबाट हटाइयो >> प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको सपथ >> म्यासेडोनिया पठाइदिन्छु भन्दै १२ लाख ९१ हजार ठगी गर्ने महिला पक्राउ >> अजरबैजानकाे बिमान रूसले खसालेको दाबी >> कास्की जिल्ला अदालतमा लामिछानेको दोस्रो दिनको बयान सुरु >> मनमोहन सिंहको निधनले सलमान खानको ट्रेलर लन्च स्थगित >> राष्ट्र बैंकले खारेज गर्यो तीन रेमिटेन्स कम्पनी >> शिक्षक सरुवाको बहानामा आक्रमण गराउने प्रवृत्ति बढ्दो >> आत्मनिर्भर अवधारणा सिकाई कार्यक्रम >> भीम रावलले स्पष्टिकरण पनि दिनु भएन, अनुशासनहिन काम गरे पछि कारबाहीः ईश्वर पोख्रेल >> इजरायली हवाइ हमलावाट बालाबाल बचे डब्लुएचओ प्रमुख, तीनको मृत्यु >> मनमोहन सिंह माथी बनेको फिल्मलाइ कांग्रेस नेताले जनाएका थिए आपत्ति >> महोत्सवमा सेलरोटी बेचेर मिलन केन्द्रलाई सहयोग जुटाउदै आमाहरु >> लायन्स क्लब स्टार्सद्वारा संरक्षण केन्द्रमा सहयोग >> सञ्चारकर्मीले गरे बौद्ध संचार यात्रा >> एमपक्स के हो ? रोकथाम र नियन्त्रण कसरी गर्ने ? >> स्वास्थ्यमाथि खेलवाड नगर >> ‘एएनपिआर’ ले बनाउला भैरहवालाई सुरक्षित ? >> कृषि एम्बुलेन्समा सिमेन्टको भारी >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिम का केही ठाउँमा आज र देशका धेरै ठाउँमा भोलि पानी पर्ने >> भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन >> गुल्मीमा स्कुटर दुर्घटनामा दुइ जनाको मृत्यु >> बाणगंगा नगरपालिकाको अभिनव पहलः आन्द्रा क्यान्सर बिरामीलाई निशुल्क कोलोस्टोमी ब्याग >> सर्वोच्च अदालतद्धारा नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा रोक  >> ‘चन्द्रौटा बजारलाई सुन्दर बनाउन सबैको सहकार्य आवश्यक’ >> दुई दिने प्रदेश स्तरीय लुम्बिनी क्लासिक पावर लिफ्टिङ हुदै >> नेप्से परिसूचक ०४.१९ अंकले वृद्धि >> वातावरण रक्षाका लागि नेपालले १७ प्रतिशत भूभाग संरक्षित गरेको छः प्रधानमन्त्री >> तीन दिन पालाे कुरेपछि बल्ल रवि लामिछानेकाे बयान सुरू >> विराट कोहलीलाई आईसीसीले गर्यो कारबाही >> ४१ देशका लागि संसदीय मैत्री समूह गठन >> नेकपा एमालेमा विवाद, रावलको निष्कासन र पाण्डे-तिम्सेनाको निलम्बनको निर्णय >> नयाँगाउँ मुक्तिनाथधाममा त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी हुने

लुम्बिनीमा फोहोर व्यवस्थापन शुरु, नगरवासी खुशी

१८ कार्तिक २०७९, शुक्रबार
१८ कार्तिक २०७९, शुक्रबार

लुम्बिनी, १८ कात्तिक ।
लुम्बिनी साँस्कृतिक नगरपालिकामा बहुप्रतिक्षित र बहुसरोकारित विषयको रुपमा रहेको फोहोरमैला व्यवस्थापनको कार्य सुरु भएको छ । बिहिबार नगरपालिकाले मायादेवी मन्दिर प्रवेस गर्ने गेट नम्बर ५ को अगाडिदेखि फोहोर उठाउने र नाली तथा फुटपाथ सफा गर्न सुरु गरेको छ । नगर प्रमुख सजरुद्दिन मुसलमानले आजदेखि फोहोर व्यवस्थापनको कार्य प्रारम्भ भएको र यो कार्य निरन्तर हुने बताएका छन । उनले भने – नगरपालिका आवश्यक पर्ने स्रोत साधन र जनशक्तिको प्रबन्ध गरेर अगाडि बढ्ने छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले फोहोरमैला व्यवस्थापनका लागि तत्कालका लागि सरसफाईकर्मी र नगरपालिका कै टिप्पर परिचालन गरि डम्पिङ गरिने बताएका छन । तर यसले दिर्घकालिन समाधान नदिने भएकाले आधुनिक प्रविधिको प्रयोग गरिने गृहकार्य भईरहेको उल्लेख गरे । उनले चाँडै नै नगरपालिकामा शून्य पोलिथिन तथा घरबाटै कुहिने र नकुहिने फोहोरको वर्गिकरण अभियान चलाइने बताए । सार्वजनिक निजी साझेदारीको अवधारणा अनुरुप कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउने र नकुहिनेलाई पुन: प्रयोगमा ल्याउन प्लाण्ट स्थापना गरिने उनको भनाई रहेको छ । प्रमुख प्रशासकीय अधिकृत पाण्डेय अगाडि थप छन लुम्बिनीको पवित्रता र वुद्धप्रतिको आस्था र विश्वासलाई कायम राख्न लुम्बिनीलाई स्वच्छ, सफा र हरियाली पर्यटकीय नगरीको रुपमा विकास गर्ने योजना रहेको छ । यसका लागि सरोकारवाला सम्पूर्ण नगरवासि, संघ संस्था र नागरिक समाजको सहयोग र सक्रियता आवश्यक रहेको छ । नगरपालिकाका राजनीतिक तथा प्रशासनिक सल्लाहकार मोहम्मद सइद खाँनले आजको सरसफाईको सुरुवातले नगरको सरसफाईमा नयाँ अध्यायको सुरुवात भएको बताए । उनले भने यसले नगरवासीमा नयाँ आशा र उत्साह थपिएको छ ।
वर्षौँदेखि पर्यटन शुल्क उठाउँदै आएको लुम्बिनी विकास कोषले चासो नदिँदा यहाँ फोहोरमैलाको समस्या चुलिएको स्थानीयहरुको भनाई रहेको छ । दैनिक हजारौँ पर्यटक आगमन हुने लुम्बिनीमा यहाँको फोहोर र दुर्गन्धले नकारात्मक सन्देश जाने पर्यटन व्यवसायीहरु बताउँछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?