ट्रेंडिंग:

>> बाणगंगाको बोर्डगाउँमा अब नापी र मालपोत कार्यालय >> ‘३९ बर्षको लौरे सीमी’ >> सीमाबासीसँग सशस्त्र प्रहरीको शैक्षिक सामग्री बाल विकासलाई >> नुवाकोटको शेरा दरबारको १ सय ६३ राेपनी जग्गा सरकारको नाममा ल्याउन सीआईबीको सिफारिश >> ५ प्रदेशको मौसम बदली, कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपात >> लायन्स सयपत्रीसहित ३ वटा क्लबले गरे रात्रीकालीन विद्यार्थीलाई सहयोग >> प्रदेशको आवधिक योजनाबारे नीति संवाद >> लुम्बिनी प्रदेशः सुध्रिएन बजेट खर्चको शैली >> अब स्मार्ट कार्डको सट्टा क्यूआर कोडसहितको सवारी लाइसेन्स >> मधेस सरकारले गरिदियो ७ सय बढी पत्रकारको स्वास्थ्य बिमा >> बिना सुचना मेयरले भत्काएर सर्बसाधारणको घर, स्थानिय बिरोधमा >> भारतसँगको चौथो टेस्ट क्रिकेटमा अस्ट्रेलिया बलियो अवस्थामा >> लुम्बिनी र कर्णाली प्रदेशबीच १९ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर >> जनप्रतिनिधिद्वारा अनुदान कटौती नगर्न ध्यानाकर्षण >> राष्ट्रिय किसान आयोगले ३० लाख किसानलाई सूचीकरण गर्ने लक्ष्य >> भारतका पूर्वप्रधानमन्त्री डा. सिंहको निधनमा पूर्वराष्ट्रपति भण्डारीको शोक संदेश >> लोभलाग्दो सुन्तला बजार (फोटोफिचर) >> दम बढे पछि मोहन बैध अस्पताल भर्ना >> बिबाद पछि पुष्पाः२ को गीत यु टयुबबाट हटाइयो >> प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको सपथ >> म्यासेडोनिया पठाइदिन्छु भन्दै १२ लाख ९१ हजार ठगी गर्ने महिला पक्राउ >> अजरबैजानकाे बिमान रूसले खसालेको दाबी >> कास्की जिल्ला अदालतमा लामिछानेको दोस्रो दिनको बयान सुरु >> मनमोहन सिंहको निधनले सलमान खानको ट्रेलर लन्च स्थगित >> राष्ट्र बैंकले खारेज गर्यो तीन रेमिटेन्स कम्पनी >> शिक्षक सरुवाको बहानामा आक्रमण गराउने प्रवृत्ति बढ्दो >> आत्मनिर्भर अवधारणा सिकाई कार्यक्रम >> भीम रावलले स्पष्टिकरण पनि दिनु भएन, अनुशासनहिन काम गरे पछि कारबाहीः ईश्वर पोख्रेल >> इजरायली हवाइ हमलावाट बालाबाल बचे डब्लुएचओ प्रमुख, तीनको मृत्यु >> मनमोहन सिंह माथी बनेको फिल्मलाइ कांग्रेस नेताले जनाएका थिए आपत्ति >> महोत्सवमा सेलरोटी बेचेर मिलन केन्द्रलाई सहयोग जुटाउदै आमाहरु >> लायन्स क्लब स्टार्सद्वारा संरक्षण केन्द्रमा सहयोग >> सञ्चारकर्मीले गरे बौद्ध संचार यात्रा >> एमपक्स के हो ? रोकथाम र नियन्त्रण कसरी गर्ने ? >> स्वास्थ्यमाथि खेलवाड नगर >> ‘एएनपिआर’ ले बनाउला भैरहवालाई सुरक्षित ? >> कृषि एम्बुलेन्समा सिमेन्टको भारी >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिम का केही ठाउँमा आज र देशका धेरै ठाउँमा भोलि पानी पर्ने >> भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन >> गुल्मीमा स्कुटर दुर्घटनामा दुइ जनाको मृत्यु >> बाणगंगा नगरपालिकाको अभिनव पहलः आन्द्रा क्यान्सर बिरामीलाई निशुल्क कोलोस्टोमी ब्याग >> सर्वोच्च अदालतद्धारा नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा रोक  >> ‘चन्द्रौटा बजारलाई सुन्दर बनाउन सबैको सहकार्य आवश्यक’ >> दुई दिने प्रदेश स्तरीय लुम्बिनी क्लासिक पावर लिफ्टिङ हुदै >> नेप्से परिसूचक ०४.१९ अंकले वृद्धि >> वातावरण रक्षाका लागि नेपालले १७ प्रतिशत भूभाग संरक्षित गरेको छः प्रधानमन्त्री >> तीन दिन पालाे कुरेपछि बल्ल रवि लामिछानेकाे बयान सुरू >> विराट कोहलीलाई आईसीसीले गर्यो कारबाही >> ४१ देशका लागि संसदीय मैत्री समूह गठन >> नेकपा एमालेमा विवाद, रावलको निष्कासन र पाण्डे-तिम्सेनाको निलम्बनको निर्णय

निर्वाचनपछि सुकुम्बासी समस्या समाधान गछौंः पौडेल

१७ कार्तिक २०७९, बिहीबार
१७ कार्तिक २०७९, बिहीबार

बुटवल, कार्तिक १७ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेले निर्वाचनपछि एमाले नेतृत्वमा बन्ने सरकारले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पूर्जा बितरण गर्ने बताएका छन् । अघिल्लो एमाले सरकारले सुकुम्बासी समस्या समाधानको काम अन्तिम चरणमा पु¥याए पनि अदालतले रोकेको भन्दै निर्वाचनपछि उच्च प्राथामिकताका साथ काम गर्ने पौडेलले बताए । एमाले बुटवल–६ को शाखा कमिटी भेलामा बिहीबार बोल्दै पौडेलले एमाले नेतृत्वको सरकारले मात्र सुकुम्बासीलाई जग्गाधनी बनाउने दावी गरे ।
‘लालपूर्जा सर्वाधिक चासोको विषय हो’ पौडेलले भने, ‘हाम्रो सरकारको पालामा उच्च प्राथामिकताका साथमा जग्गाधनी प्रमाणपत्र दिने गरी आयोगले केन्द्र र जिल्लामा काम गरिरहेका थिए । सुकुम्बासीका विरोधीहरुले अदालतमा गएर यो काम रोकी पाउ भनेर मुद्दा हाले । अदालतले तत्काल केही नगर्नु नगराउनु भन्यो । त्यसपछि अदालतले विद्यमान कानूनको आधारमा लालपूर्जा बाडन पाइदैन नयाँ कानून बनाएर मात्र काम सुरु गर्न भनेर फैसला गर्दा यो रोकिएका हो ।’
पौडेलले थपे, ‘भूमिहीनको पक्षमा पहिलो कानून बनाएका छौं । त्यही अनुसार निर्वाचनपछि जग्गाधनी प्रमाणपत्र एमालेले वितरण गर्नेछ । अरु दलले गर्न सक्दैन । निर्वाचनपछि उच्च प्राथामिकताका साथ यो काममा लाग्छौं । लालपूर्जा वितरण गछौं ।’
रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका पौडेलले जिल्लामा भौतिकसँगै मानवीय विकास जनताको चाहना भएको भन्दै त्यही अनुसार काम अगाडि बढाउने समेत बताए । भौतिक र मानवीय विकासलाई संगसँगै हिडाएर रुपन्देहीलाई अब्बल जिल्ला बनाउने पौडेलको भनाइ छ । रुपन्देही विकासका दृष्टीले रोलमोडल जिल्ला भएको विकास सिक्न यहाँ आउने वातावरण बन्दै गएको पौडेलको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?