© २०२३
नेपाल लगायत विश्वभरी नै दशौ अन्तराष्ट्रिय गिद्द संरक्षण सचेतना दिवस सप्ताहा व्यापि रूपमा भव्यताका साथ मनाईदै छ ।
नेपालका विभिन्न जिल्लामा गिद्द संरक्षणका क्षेत्रमा काम गर्दै आएका संस्थाहरूले गिद्द संरक्षणका लागी सचेतना फैलाउने उद्देस्यले सचेतनामुलक ¥याली, क्याम्पस तथा विद्यालय स्तरिय संरक्षण शिक्षामुलक प्रतियोगिताहरू, गिद्दका तस्बिर तथा चित्रकला प्रदर्शनी, गिद्द महोत्सव, सडक नाटक, अन्तरक्रिया तथा रेडियो कार्यक्रम गरी दिवस मनाउन लागीएको नेपाल पन्क्षि संरक्षण संघका गिद्द संरक्षण कार्यक्रम अधिकृत कृष्ण प्रसाद भुसालले जानकारी दिएका छन् ।
जस अन्तरगत दाङमा गिद्द संरक्षण सचेतना दिवस आज बिहीबार मनाउन लागीएको छ । दाङमा पर्यावरणीय दिगो बिकास एवं अनुसन्धान केन्द्रेले प्रदेश नम्बर ५ का सभामुख पुर्ण बहादुर घर्तीको उपस्थितमा घोराही उपमहानगरपालीका वडा नं. २ मा रहेको चरीङ्गे तालमा दिबस मनाउन लागेको संस्थाका अध्यक्ष डिल्ली बहादुर रावतले जानकारी दिएका छन् । विसका अवसरमा पर्यावरण बिषयमा तिज गित प्रतियोगीता पनि राखीएको रावतले बताए ।
प्रत्येक बर्ष सेप्टेम्बर महिनाको आसपासमा एक हप्तासम्म अन्तराष्ट्रिय गिद्द सचेतना दिवश संसारभर मनाईन्छ । विश्वका करीव ३० भन्दा बढी देशहरूमा एक हप्ताभरी नै गिद्दको महत्व, लोप हुनुको कारण र संरक्षणका प्रयासबारे जनचेतना जगाउनका निम्ति अन्तराष्ट्रिय गिद्द दिवस मनाइदै आएको नेपाल पन्क्षि संरक्षण संघका परियोजना अधिकृत भुपाल नेपालीले बताएका छन् । नेपालीका अनुसार नेपालमा मात्रै २० वटा भन्दा बढी विभिन्न संस्थाहरूको संलग्नतामा यो दिवस मनाइँदै छ । यो दिवश दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाईदै आएको ‘राष्ट्रिय सचेतना दिवश’ बाट बिकसित भई सन् २००९ बाट अन्तर्राष्ट्रिय दिवशको रूपमा मनाउन थालिएको हो । १९९० को दशक देखि दक्षिण एशियामा गिद्दको संख्यामा नाटकिय रूपमा कमी आएको छ । १५ वर्षको समयावधिमा भारतमा डंगर गिद्दको संख्यामा ९९.९ प्रतिशत घटेको अध्ययन प्रतिवेदनहरूले देखाएको छ । सन् २००२ देखि गरिएको वैज्ञानिक अध्ययनले नेपालमा डंगर गिद्दको संख्या ९१ प्रतिशतले घटेको देखाएको छ । सन् २००६ देखी स्थानीय समुदायको पहल र सक्रियतामा स्थानीय सरोकारवाला सरकारी निकाय, गैरसरकारी संस्था र संरक्षणकर्मीहरूको सहकार्यमा शुरुवात गरिएको ‘गिद्द सुरक्षित क्षेत्र’ ले अहिले नेपालका ६३ वटा जिल्लाहरू समेटी १ लाख २७ हजार ५ सय ७७ वर्ग कि.मि.ओगटेको छ भने रूपन्देहीमा १ र दाङमा २ वटा गरी नेपालमा ७ वटा गिद्द रेष्टुरेण्ट रहेका छन । गिद्दले आहाराका लागी ३० हजार वर्ग किलोमिटर टाढा सम्म जाने गर्दछन् । नेपालमा गिद्द संरक्षणको लागी नेपाल पन्क्षि संरक्षण संघको अगुवाईमा काम भैरहेको छ । विश्वमा २३ प्रजातिका गिद्द पाईन्छन भने दक्षिण एसियामा ९ प्रजाति । ती मध्ये ९ प्रजातिका गिद्दहरू नै नेपालमा पाईने नेपाल पंक्षी संरक्षण संघका गिद्द संरक्षण परीयोजना अधिकृत भुपाल नेपालीले जानकारी दिएका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी