ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

छ महिना सम्म पाठ्यपुस्तक आएन, नेता आइरहे

१५ कार्तिक २०७९, मंगलवार
१५ कार्तिक २०७९, मंगलवार

रोल्पा १५ कार्तिक । शैक्षिक सत्र सुरु भएको ६ महिना वितिसक्दा समेत रोल्पाका विद्यार्थीले अझै पाठ्यपुस्तक पाउन सकेका छैनन । शैक्षिक सत्र सुरु भएको आधा भन्दा वढी समय बितिसक्दा समेत किताव नपाउदा उनीहरुको पठनपाठ प्रभावित भएको छ ।
नेपाल सरकारले कक्षा १२ सम्मका पाठ्यपुस्तकहरु निःशुल्क वितरण गर्दै आएपनि समयमै विद्यार्थीले नपाउदा समग्र पढाई प्रभावित भएको अभिभावकहरुले गुनासो गरेका छन । हाल अंग्रेजी माध्यमवाट पठानपाठन हुने कक्षा १,२,३,४,७ र ९ को सवै विषय र कक्षा १० को भूगोल विषयको पाठ्यपुस्तकहरु आएका छैनन । कक्षा ११ को नेपाली, अंग्रेजी,सामाजिक र कक्षा १२ को सामाजिक विषयको पाठ्यपुस्तक आएका छैनन ।
रोल्पामा शैक्षिक सुधारको नाममा अधिकांश विद्यालयले अंग्रेजी माध्यमवाट पठनपाठन सुरु गरेपनि समयमा पाठ्यपुस्तक नपुग्दा पठनपाठन प्रभावित हुने गरेको छ । नेपाली माध्यमवाट पठनपाठन हुने पाठ्यपुस्तकहरु केही र अंगे्रजी माध्यमवाट पठनपाठन हुने अधिकांश पाठ्यपुस्तक उपलव्ध नभएको साझा प्रकाशनको अधिकृत विक्रेताहरुको भनाई छ ।
आफुले समयमै पुस्तक उपलव्ध गराउन धेरै कोशिस गरेपनि पहँुचका आधारमा पाठ्यपुस्तक वितरण हुदा रोल्पा प्राथमिकतामा परेन साझा प्रकाशनको अधिकृत विक्रेता घनश्याम आचार्यले भने । विद्यार्थीहरुको हात हातमा समयमै पाठ्यपुस्तक उपलव्ध गराउन धेरै अनुनयन विनय गरियो तर रोल्पा प्राथमिकतामा नपर्दा ६ महिना वित्दा समेत विद्यार्थीहरु किताव विनै विद्यालय जान वाध्य भएका छन आचार्यले भने । अहिलेको राजनीतिमा प्रभावशाली भूमिकामा रहेका रोल्पाली नेताहरुको संख्या धेरै भएपनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउने विषय उनीहरुको समेत प्राथमिकतामा परेन आचार्यले भने । नेताहरुलाई समेत पटक पटक अनुरोध ग¥यौ आचार्यले भने ।
चालु शैक्षिक सत्रको अव ६ महिना मात्रै वाँकी रहदा किताव हातमा आइपुग्ने हो होइन अझै टुंगो छैन अभिभावक दामोदर आचार्यले भने । विद्यार्थीले किताव नै नपाउदा के पढ्ने उनले प्रश्न गरे । सरकार र राजनैतिक दलको प्राथमिकतामा शिक्षा नपर्दा यस्तो नियती भोग्नु परेको उनको भनाई छ । निर्वाचनका मत पत्र र राजनैतिक दलका घोषणा पत्र रातारात छपाई हुन्छन तर किताव छपाई प्राथमिकतामा पर्दैन आचार्यले गुनासो गरे ।
रोल्पा सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माविले पाठ्यपुस्तक नआउदा फोटो कपि वितरण गरेर पठन पाठन गरिरहेको वताएको छ । तल्ला तहका कक्षाहरुमा पाठ्यक्रम विकास केन्द्रको वेवसाईटमा राखिएको पाठ्यपुस्तकलाई फोटोकपी गरेर विद्यार्थीलाई वितरण गरि पठनपाठन अघि वढाएका छौ विद्यालयका सहायक प्रधानाध्यपक लेखमणी खड्काले भने ।
कक्षा ९ को अंग्रेजी माध्यमको गणित ऐच्छिक विषयहरु गणित, भूगोल कक्षा ८ को सामाजिक, अंग्रेजी माध्यमको कम्प्यूटर विज्ञानका पाठ्यपुस्तकहरु आफ्नो विद्यालयमा आई नपुगेको सहायक प्रधानाध्यापक खड्काको भनाई छ । सहायक प्रधानाध्यापक खड्कका अनुसार उक्त विद्यालयमा कक्षा ११ र १२ को अनिवार्य अंग्रेजी,नेपाली,सामाजिक अध्ययन र जीवनउपयोगी शिक्षा विषयका पाठ्यपुस्तक समेत आएका छैनन ।
शिक्षकहरुले “करिकुलम” अनुसार विद्यार्थीलाई नोट लेखाएर पढाइरहेका छन, कक्षा निरन्तर चलिरहे पनि विद्यार्थीको हातमा किताव नहुदा निकै सकस भएको छ खड्काले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?