ट्रेंडिंग:

>> मृत्यु संस्कारमा स्थानीय तीर्थ र हाम्रो समाज >> बाणगंगाको बोर्डगाउँमा अब नापी र मालपोत कार्यालय >> ‘३९ बर्षको लौरे सीमी’ >> सीमाबासीसँग सशस्त्र प्रहरीको शैक्षिक सामग्री बाल विकासलाई >> नुवाकोटको शेरा दरबारको १ सय ६३ राेपनी जग्गा सरकारको नाममा ल्याउन सीआईबीको सिफारिश >> ५ प्रदेशको मौसम बदली, कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपात >> लायन्स सयपत्रीसहित ३ वटा क्लबले गरे रात्रीकालीन विद्यार्थीलाई सहयोग >> प्रदेशको आवधिक योजनाबारे नीति संवाद >> लुम्बिनी प्रदेशः सुध्रिएन बजेट खर्चको शैली >> अब स्मार्ट कार्डको सट्टा क्यूआर कोडसहितको सवारी लाइसेन्स >> मधेस सरकारले गरिदियो ७ सय बढी पत्रकारको स्वास्थ्य बिमा >> बिना सुचना मेयरले भत्काएर सर्बसाधारणको घर, स्थानिय बिरोधमा >> भारतसँगको चौथो टेस्ट क्रिकेटमा अस्ट्रेलिया बलियो अवस्थामा >> लुम्बिनी र कर्णाली प्रदेशबीच १९ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर >> जनप्रतिनिधिद्वारा अनुदान कटौती नगर्न ध्यानाकर्षण >> राष्ट्रिय किसान आयोगले ३० लाख किसानलाई सूचीकरण गर्ने लक्ष्य >> भारतका पूर्वप्रधानमन्त्री डा. सिंहको निधनमा पूर्वराष्ट्रपति भण्डारीको शोक संदेश >> लोभलाग्दो सुन्तला बजार (फोटोफिचर) >> दम बढे पछि मोहन बैध अस्पताल भर्ना >> बिबाद पछि पुष्पाः२ को गीत यु टयुबबाट हटाइयो >> प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको सपथ >> म्यासेडोनिया पठाइदिन्छु भन्दै १२ लाख ९१ हजार ठगी गर्ने महिला पक्राउ >> अजरबैजानकाे बिमान रूसले खसालेको दाबी >> कास्की जिल्ला अदालतमा लामिछानेको दोस्रो दिनको बयान सुरु >> मनमोहन सिंहको निधनले सलमान खानको ट्रेलर लन्च स्थगित >> राष्ट्र बैंकले खारेज गर्यो तीन रेमिटेन्स कम्पनी >> शिक्षक सरुवाको बहानामा आक्रमण गराउने प्रवृत्ति बढ्दो >> आत्मनिर्भर अवधारणा सिकाई कार्यक्रम >> भीम रावलले स्पष्टिकरण पनि दिनु भएन, अनुशासनहिन काम गरे पछि कारबाहीः ईश्वर पोख्रेल >> इजरायली हवाइ हमलावाट बालाबाल बचे डब्लुएचओ प्रमुख, तीनको मृत्यु >> मनमोहन सिंह माथी बनेको फिल्मलाइ कांग्रेस नेताले जनाएका थिए आपत्ति >> महोत्सवमा सेलरोटी बेचेर मिलन केन्द्रलाई सहयोग जुटाउदै आमाहरु >> लायन्स क्लब स्टार्सद्वारा संरक्षण केन्द्रमा सहयोग >> सञ्चारकर्मीले गरे बौद्ध संचार यात्रा >> एमपक्स के हो ? रोकथाम र नियन्त्रण कसरी गर्ने ? >> स्वास्थ्यमाथि खेलवाड नगर >> ‘एएनपिआर’ ले बनाउला भैरहवालाई सुरक्षित ? >> कृषि एम्बुलेन्समा सिमेन्टको भारी >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिम का केही ठाउँमा आज र देशका धेरै ठाउँमा भोलि पानी पर्ने >> भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन >> गुल्मीमा स्कुटर दुर्घटनामा दुइ जनाको मृत्यु >> बाणगंगा नगरपालिकाको अभिनव पहलः आन्द्रा क्यान्सर बिरामीलाई निशुल्क कोलोस्टोमी ब्याग >> सर्वोच्च अदालतद्धारा नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा रोक  >> ‘चन्द्रौटा बजारलाई सुन्दर बनाउन सबैको सहकार्य आवश्यक’ >> दुई दिने प्रदेश स्तरीय लुम्बिनी क्लासिक पावर लिफ्टिङ हुदै >> नेप्से परिसूचक ०४.१९ अंकले वृद्धि >> वातावरण रक्षाका लागि नेपालले १७ प्रतिशत भूभाग संरक्षित गरेको छः प्रधानमन्त्री >> तीन दिन पालाे कुरेपछि बल्ल रवि लामिछानेकाे बयान सुरू >> विराट कोहलीलाई आईसीसीले गर्यो कारबाही >> ४१ देशका लागि संसदीय मैत्री समूह गठन

राजनीतिक स्वार्थले जनतामा भ्रम छर्ने काम भयो : विष्णु पौडेल

१४ कार्तिक २०७९, सोमबार
१४ कार्तिक २०७९, सोमबार

 

बुटवल, १४ कात्तिक ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले विकास योजनाका काममा जनतालाई भ्रम सिर्जना गरी आतंकित नपार्न आग्रह गरेका छन् । राजनीतिक स्वार्थपूर्तिका लागि जनतालाई हरेक कुरामा भ्रम छरेर आतंकित बनाउनु गलत भएको उनको भनाइ छ ।

बुटवल ११ युद्धनगरमा सोमबार पार्टी कार्यकर्ताहरूसँगको भेटघाटमा तिनाउ दानव करिडोरबारे छलफल गर्दै उनले यहाँका जनतालाई अतंकित नहुन आग्रह गरेका हुन् । करिडोर निर्माणका कारण यहाँका स्थानीयको घरबास उजाडिने कुरा गलत भएको उनले बताए । महत्वकांक्षी र ठूला विकासका आयोजनामा विपक्षीहरुले गलत ढंगले भ्रम फैलाएर आतंकित पार्ने गरिएकोप्रति उनले चिन्ता व्यक्त गरे ।

एमाले उपाध्यक्ष पौडेलले तिनाउ नदी कटान रोकथाम तथा सुरक्षित बसोबासका लागि करिडोर निर्माणको काम अघि बढाइएको स्पष्ट पार्दै कोही जनतालाई पनि घरबारविहीन नबनाइने उल्लेख गरे । यहाँको बस्तीलाई व्यवस्थित गरी करिडोर क्षेत्रमा पर्ने घर–परिवारलाई व्यवस्थित ठाउँमा उनीहरूकै चाहनाअनुसार व्यवस्थापन गरेर मात्रै करिडोर निर्माण हुनेमा ढुक्क हुन उनले आग्रह गरे ।

‘यहाँको बस्ती सुरक्षाका लागि नै करिडोर निर्माण गर्न लागिएको हो । विकासका नाममा जनतालाई आतंकित पार्ने र विस्थापित गर्ने भन्ने हुँदैन’, पौडेलले भने, ‘भ्रममा नपर्नुहोस् यदि यहाँबाट बस्ती हटाउनुपर्ने भएमा यो भन्दा थप व्यवस्थित ठाउँमा तपाईहरूलाई व्यवस्थापन नगरी काम अघि बढ्दैन ।’

रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले आफ्नो ध्यान खुद्रे योजनाभन्दा बढी समग्र क्षेत्रको एकसाथ विकास गर्नेगरी बृहत् रहेको उल्लेख गरे । रुपन्देहीलाई विकासको रोलमोडल बनाउन कुनै पनि हालतमा बजेटको कमी हुन नदिने प्रतिबद्धता जनाउँदै उनले यसका लागि आगामी निर्वाचनमा एमालेले जित्नै पर्ने दाबी पनि गरे ।

एमाले पोलिटव्यूरो सदस्य तथा रुपन्देही क्षेत्र नम्बर २ क बाट प्रदेशसभा सदस्यका उम्मेदवार लिला गिरीले बुटवलको योजनावद्ध विकासका लागि विगतमा आफू सरकामा हुँदा सुरु गरेका योजनालाई पूर्णता दिन बाँकी नै रहेको उल्लेख गरे । विगतमा आफूले सुरु गरेका योजनालाई वर्तमान सरकारले बेवास्ता गरेकोप्रति चिन्ता व्यक्त गर्दै ती योजना पूरा भएमा यहाँको जनजीवनमा उल्लेख्य परिवर्तन आउने उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?