© २०२३
बुटवल, १३ कात्तिक । मनकामना मन्दिर दर्शनका लागि हिंडेको बस पुर्वी नवलपरासीको बुलिङ्टारमा दुर्घटना हुंदा मृत्यु हुने पांचै जनाको सनाखत भएको छ । मृत्यु हुनेहरुमा पाल्पा रम्भा गाउपालिका १ का ४१ वर्षका तारा विक, सोही ठाउंका १७ द वर्षका विनय विक, ६२ वर्षकी धनी विक , ५८ वर्षकी देवी गाहा र स्याङजा गल्याङ बेलचौरकी ४५ वर्षकी फुलमाया माझी रहेका प्रहरीले जनाएको छ । पाल्पाको रामपुरबाट गोरखाको मनकामना मन्दिर दर्शनका लागि जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस बुलिङ्टार–२ मथारमा आइतबार बिहान ४ बजे दुर्घटना भएको हो।
इलाका प्रहरी कार्यालय बुलिङ्टारका अनुसार दुर्घटनामा २५ जना घाइते भएका छन्।