ट्रेंडिंग:

>> स्त्री-२ बन्यो ६०० करोड कमाई गर्ने बलिवुडको दोस्रो फिल्म >> सुनको मुल्यमा नयाँ किर्तिमान >> श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुराले लिए शपथ >> श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई >> दुर्गा प्रसाईका समर्थकले झापामा जलाए तीन वटा ट्रक >> विरोधको डरले प्रधानमन्त्री ओलीको अन्तरक्रिया कार्यक्रम स्थगित >> गोरखापत्रका कार्यकारी अध्यक्ष सुवेदीलाई राष्ट्रपतिबाट अग्रज पत्रकार सम्मान >> भैरहवामा आठौ मेयर कप जिल्लास्तरीय स्नुकर प्रतियोगिता सुरु >> भेरी अस्पतालमा लाईभ शल्यक्रिया >> कुमाख गाउँपालिकामा युवाहरूले लगाए ताला, कर्मचारीमाथि अभद्र व्यवहार गरेको गाउँपालिकाको आरोप >> लसुन काण्डले राजस्वका प्रमुख अधिकृतको सरुवा >> युवा देशप्रति निराशा किन ? >> प्युठान दुर्घटना पाँच वर्षमा १ सय ५ को मृत्यु >> प्रकृति जोगाउन आन्दोलन >> धान बालीमा ‘सेतो पुतली प्रकोप’ >> तुरियाखोला पुलः डिजाइन फेल हुँदा पुल अलपत्र >> सक्रिय बन्दै मनसुन : आज राति यी प्रदेशमा धेरै पानी पर्ने >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच अमेरिकामा भेटवार्ता >> आईसीसी विश्वकप लिग–२ : नेपाल लगातार तेस्रो खेलमा पराजित >> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण

लसुन काण्डले राजस्वका प्रमुख अधिकृतको सरुवा

७ आश्विन २०८१, सोमबार
७ आश्विन २०८१, सोमबार

नवललपरासी, ०७ असोज  ।
राजस्व अनुसंधान कार्यालय बुटलका प्रमुख अनुसंधान अधिकृतको सरुवा भएको छ । नवलपरासी जिल्लाभित्र राजश्व अनुसन्धान कार्यालय बुटवलले सिमावर्ति बसहिया नाकामा छापा मारेर कागजपत्र लगे पनि अनुसन्धान कार्य प्रति नै टिकाटिप्पणी हुन थालेपछि आन्तरिक राजस्व कार्यालयका प्रमुख अनुसंधान अधिकृतको सरुवा भएको हो ।

राजस्वको छापा पछि तस्करीको रुट र गोदाम सारेर लसुन तस्करी गर्न थालिएको आरोप पनि लागेको थियो । सोही कारण पनि उनलाई अर्थमन्त्रालयले सरुवा गरेको हुन सक्ने कार्यालय निकट स्रोतले जानकारी गरायो । बसहिया नाका तस्करीमा उपयोग भए पनि लसुन भण्डारण गर्ने गोदाम भन्ने बेलाटारी बजार नजिकैको गँगापुरमा सारिएको स्थानीयले कुरा उठाउन थालेका थिए । स्थानियका अनुसार अहिलेको अवस्थामा पनि जिल्ला भित्र सदरमुकाम परासी लगायत विभिन्न सिमावर्ति क्षेत्रमा १५ ट्रक भन्दा बढि लसुन भण्डारणको अवस्था छ ।
नेपालमा कानुनसम्मत बैधानिक रूपमा चिनिया लसुन बिक्री गर्न पाउने भए पनि भारतमा प्रतिवन्धित हुँदा सो लसुन तस्करी हुने गरेको दाबी हुदै आएको छ । तर नेपालमा विलबिजक जारी गरी नै लसुनको ओसार पसार हुने अवस्था भए पनि त्यसको खपत र खरिद विक्रि प्रति छानविन हुनु पर्ने कुरा उठ्दै आएको छ । त्यसले गर्दा पनि अनुसंधान कार्यालय विवादमा पर्ने हुदा प्रमुख अनुसंधान अधिकृत पशुपति बाबु पुरीको सरुवा भएको छ । सो कार्यमा महेशपुर भन्सार प्रमुख बुद्धि कुमार चुडाल पनि विवादिन नै छन्,उनी पनि तानिने अवस्था हुन सक्ने दाबी स्रोतको रहेको छ ।

नेपालका राजस्व अंनुसाधान प्रमुख मात्रै नभई सिमावर्ति भारत निचलौल उप जिल्ला अधिकारी(एसडिएम) कार्यालयका तत्कालिन उप जिल्ला अधिकारीको स्थानमा हाल उपजिल्ला अधिकारीमा शैलेन्द्र कुमार गौतम कायम भएका छन् । लसुन तस्करीमा भारतको एसडिएम र निचलौल कोतवालीको पनि मिलोमतो भएको आरोप लाग्दै आएको थियो ।
राजस्व अनुसंधान भई रहेको राजश्व अनुसंधान कार्यालय भने अहिले पनि अनुसंधान भइरहेको तर प्रतिवेदनबारे कुनै प्रतिकृया दिन चाहेको छैन । सो लसुन बेलाटारी, गंगागापुर, पिपरपाती लगायतका गाँउमा अघोषित गोदामा भण्डारण गर्ने र राती राती पिकअप भ्यानमा राखेर सिमाक्षेत्रमा पु¥याउने गरिएको छ । प्रहरी निरिक्षकहरू रहेको क्षेत्रमा प्रायःलसुनको ओसार पसार गर्न सहज हुने हुँदा तस्करहरू पनि तिनै क्षेत्रमा सर्न थालेको उनको भनाई थियो । अहिलेको नाका बसहियासँगै पकलिहवाको बलिनगर र महेशपुरको गोपालपुर गाउँ भएर छिर्ने गरेको छ ।

सो क्षेत्रका नेपालको शसस्त्र प्रहरी र नेपाल प्रहरी मात्रै होईन,भारतको महराजगँज जिल्ला अन्तरगतको निचलौल तहसिल अन्तर्गतको निचलौल कोतवाली र एसडिएम कार्यालयका सुरक्षा अधिकारीहरूको समेत सहयोगमा सिमाक्षेत्रमा लसुन तस्करी हुने गरेको आरोप लाग्दै आएको छ । नेपालबाट भित्रिने लसुन भारतिय गण्डक नहरको बाटो हुँदै भारतको गोरखपुर हँुदै दिल्लसम्म लसुन पुग्ने गरेको निचलौलका एक स्थानीयले बताएका थिए  । निचलौल बजार नजिकैको गण्डक नहरपुल निर विहान नहुँदै लसुन बोक्ने गाडीको लाम लाग्ने गर्छ, । यहाँ ती गाडीबाट निचलौल कोतवालीका प्रहरीले रकम असुल्ने गरेका छन । यसले गर्दा लसुनको तस्करी मौलाउने गरेको छ । भारतमा चिनियाँ लसुन प्रतिवन्धित छ, तर लसुन बजारमा महँगोँ भएका कारण सस्तो चिनिया लसुन भारतमा पु¥याउन नेपालको बाटो प्रयोग गरिएको छ ।

केही दिन पहिला बसहिया नाकामा आन्तरिक राजस्व कार्यालयले छापा मारेर लसुन छाडी कागजपत्र मात्रै लगेको थियो । अहिले जुन फर्मको कागजपत्र लगेका थिए, ति घरबाट फर्मको बोर्ड समेत हटाइएको छ, यसले गर्दा पनि लसुन अनयत्र लगिएको अनुमान गर्न सकिन्छ । । बरामद गरिएका उतm लसुन अनुसंधान नसकिएसम्म सिल गर्नु पर्ने हो,तर खुल्ला रूपमा लसुन विक्रि नगर्नु भनेको अनुसंधान भई रहन्छ, भित्र भित्रै लसुनको ओसार पसार भई रहन्छ, चाहिएको बेला जहाँबाट जुनसुकै लसुन उपलब्ध गराउन सकिन्छ, यो समान्य ब्यतिmले पनि बुझ्नु पर्ने कुरा हो । यस्ले गर्दा पनि अनुसंधान अधिकृत माथि प्रश्न उठेको हुन सक्ने अनुमान उनको थियो । राजस्व अनुसन्धान कार्यालयका अनुसार प्रतापपुर गाउँपालिका ५ बसैयाको भैरमपुरटोलमा रहेको अनिषा ईण्टरप्राईजेजको लसुन खरिद गरिएको बिल भरपाई र कागजपत्रहरू अनुसन्धानका लागि लगिएकोे छ ।

सो विषयमा अनुसन्धान कार्य भइरहेको कार्यालयका सूचना अधिकारी मनोज कुमार सैनीले बताए । उनीहरूलाई विहिवार कार्यालयमा बोलाइएको समेत उनले जानकारी गराएका थिए  । पछि उनले अनुसंधान भई नै रहेको प्रतिकृया दिएका थिए । उनका अनुसार गोदाममा भेटिएको २० किलोको ५१० बोरा र ३० किलोको ३१ बोरा गरी कुल ५ सय ४१ बोरा चाइनिज लहसुन कतै पनि ओसारपसान नगर्न फर्म सञ्चालकलाई निर्देशन दिई अनुसन्धान कार्य भइरहेको जानकारी दिए । प्रमुख अनुसंधान अधिकृत पुरीको सरुवाबारे उनको अवधी पुगिसकेको र नियमित सरुवामा भएको प्रतिकृया दिएका थिए । चाइनिज लसुन नेपालमा प्रति किलो २७० रूपैयाँमा खरिद गरी भारतमा ३२० मा बिक्री गर्दा प्रतिकिलो ५० रूपैयाँ मुनाफा हुने गरेको अवैध कारोबारमा संलग्नहरू बताउँछन । नजिकै अघोषित विभिन्न स्थानमा भण्डारण गरिन्छ । यो कुरा शसस्त्र प्रहरीले तस्करी माथि निगरानी गरेको स्वाँग मात्र देखाउँछ । जनतालाई ठाँउ ठाँउमा प्रहरी छन्,तस्करी रोकिएको भ्रम छरिएको हुन्छ । तर विचमै ड्युटी सेटिगँ मिलाईएको हुन्छ, यसलाई ड्युटी सेटिगँ कारोबारको रूपमा कारोबार गर्ने तस्करहरूले बताउने गरेका छन् । जिल्ला स्तरमा यो कुरा उठ्दा ब्यापक प्रहरी परिचालन गरिएको दाबी गरिन्छ । हेर्दा पनि प्रहरी परिचालन गरिएको देखिन्छ । तर तस्करी गराउने प्रहरीको यो ड्युटी सेटिगँ मोडेलले चर्चा पनि उत्तिकै रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?