© २०२३
काठमाडौँ ।
भारतको छत्तीसगढको सुकमा जिल्लाको भेज्जी थाना क्षेत्रमा सुरक्षा बल र नक्सलवादीबीच भिडन्त भएको छ ।
भिडन्तमा १० नक्सलवादी मारिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । सुरक्षा बलले घटनास्थलबाट तीन वटा अटोमेटिक राइफल र अन्य हतियार बरामद गरेको रिपोर्टमा उल्लेख छ ।
शुक्रबार बिहान नक्सलवादीहरूसँग भिडन्त भएको थियो । सिपाहीहरूले धेरै नक्सलवादीहरू ओडिशा हुँदै छत्तीसगढमा प्रवेश गरिरहेको सूचना पाएका थिए । डीआरजीको टोली नक्सलवादीहरूलाई घेरा हाल्न निस्किएको थियो । दुवैतर्फबाट सयौं राउण्ड गोली हानाहान भएको बताइएको छ ।
यो भिडन्त कोराजुगुडा, दन्तेसपुरम, नगरम, भण्डारपदरको जंगल पहाडमा भएको थियो । सेनाले उक्त क्षेत्रमा खोजी अभियान चलाएको थियो। खोजी अभियानका क्रममा नक्सलवादीहरूले सैनिकमाथि आक्रमण गरेका थिए । सैनिकहरूले पनि जवाफी कारबाही गरेका थिए । लामो समयसम्म दुवै पक्षबाट गोली हानाहान भएको थियो ।
यसअघि दक्षिण बस्तर, गरियाबन्द र कांकेरमा पनि सुरक्षा बल र नक्सलवादीबीच भिडन्त भएको थियो। नोभेम्बर १६ मा छत्तीसगढको अबुझमद जंगलमा नक्सल र प्रहरीबीच भिडन्त भएको थियो । यस अवधिमा पाँच नक्सलवादी मारिए । जसमा सुरक्षा बलले ४० लाख रुपैयाँ पुरस्कार राखिएका नक्सलवादी मारिएका रिपोर्टमा उल्लेख छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी