ट्रेंडिंग:

>> दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु >> नेपाल सेनाद्धारा सकल दर्जाका उत्कृष्ट एकल महिला सम्मान >> रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री >> २५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ >> एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित >> घोराही तुलसीपुर सडक अवरुद्ध >> यस्तो छ कर्णालीका आठ पालिकाको नतिजा >> आठ डिआइजीले पाए दर्ज्यानी चिन्ह >> पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादीकी नरपुरा विजयी >> बर्दियाको ठाकुरबाबा ४ मा नेपाली काँग्रेस विजयी >> रूपन्देही क्रिकेट संघले दियो ७ खेलाडीलाई मासिक ५ हजार सुविधा >> कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई >> ‘पुष्पा २ः दी रूल’को टिकटमा बृद्दी, एउटाकाे नै मुल्य २४ सय >> कीर्तिपुर-४ मा स्वतन्त्रबाट खोस्यो कांग्रेसले वडाध्यक्ष >> बुटवल कालिका क्याम्पसले ११ औं वार्षिकोत्सव मनाउँदै >> थाइल्याण्डले तस्करी गरेर ल्याएका १ हजार लोपोन्मुख जनावर माडागास्करमा फिर्ता पठायो >> प्रधानमन्त्री ओली चीन प्रस्थान >> ३७ स्थानको मतपरिणाम : कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो >> इमरान रिहाइ मागमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो >> एनपीएलः आजको दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै >> यामाहाद्वारा बुटवलमा माइलेज च्यालेन्ज र ¥याली >> प्रमको चीन भ्रमण र ‘ब्रेक थु्र’ को अपेक्षा >> गोरक्षक, वीर गोरखा नेपाली >> डिजिटल कक्षामा रमाउदै–सिक्दै >> मुसिकोटमा घरघरमा पानी, हट्यो दजाकोटबासीको हैरानी >> मगर साहित्य महोत्सवमा देशभरका साहित्यकार जुटने >> प्रारम्भिक कक्षा सिकाइ बिद्यालय अनुदान कार्यक्रमको शुभारम्भ >> दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका शाही निर्वाचित >> प्रधानमन्त्री ओलीको चीन भ्रमण आजदेखि >> काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी >> स्वामिकार्तिक खापरको उपाध्यक्ष एमालेले जित्यो >> दिगोपन हुने परियोजनामा काम गरौ — नगरप्रमुख पाण्डेय >> कीर्तिपुर-१ को वडाध्यक्षमा कांग्रेसका महर्जन निर्वाचित >> गुल्मीको मुसिकोटमा काँग्रेस उमेद्वार विजयी >> जसपाका सहित चार उमेदवारको शुन्य मत >> शुद्धोधन–१ मा एमालेका ताहिर विजयी >> रोल्पा रुन्टिगढीमा कांग्रेसका भूपमणि पुनमगर विजयी >> अवैध मदिरा बनाउने सामान सहित एक जना पक्राउ >> शिवराज नगर युवा परिषद्का पदाधिकारीहरूको सपथग्रहण >> अपडेटः बाणगंगा दुर्घटनाका घाइतेको मृत्यु >> दाङमा एचआईभी संक्रमितको संख्या गत वर्षभन्दा बढ्यो >> एनसेल बन्यो लुम्बिनी लायन्सको मुख्य प्रायोजक >> तितेपाती महिला सहकारी संस्थाको बाह्रौं वार्षिक साधारण सभा >> ग्याष्ट्रो सेन्टर बुटवलद्वारा एक वर्षमै २५ सय बिरामीको सफल उपचार >> कपिलवस्तु बाणगंगामा विङ्गर दुर्घटना, एकजना गम्भीर घाइते >> आज नेप्से ९.९९ अंकले घटयो >> रवि लामिछानेकाे बयान आज पनि सकिएन, बाँकी भाेली हुने >> एमालेको जग्गा बिबाद सर्वोच्चमा, हेर्न नभ्याइने भन्दै पाँचौं पटक स्थगित >> मगर साहित्य महोत्सवको तयारी पूरा >> बुटवलका ३ स्थानमा अव घुम्ती शौचालय

फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना

७ मंसिर २०८१, शुक्रबार
७ मंसिर २०८१, शुक्रबार

काठमाडौँ ।

नेपाली र दक्षिण भारतीय कलाकारहरुले अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’ ले लगानी उठाएको छ । फिल्मकी निर्मात्री समेत रहेकी अभिनेत्री निता ढुंगानाले फिल्मले लगानी उठाएको दाबि गरेकी हुन् ।

उनले घरेलु बक्स अफिसमा फिल्मले राम्रो गरिरहेको उल्लेख गर्दै फिल्मलाई भारतको ओटीटी प्लेटफर्ममा बेचिसकेको जानकारी दिएकी छन् । साथै ढुंगानाले फिल्मलाई भारतमा थिएटर रिलिज समेत गर्ने बताएकी छन् ।

उनले भनेकी छन्- ‘नेपालको हाइप र नेपाली दर्शकले दिएको प्रतिक्रियालाई लिएर भारतमा हामीले ओटिटी प्लटफर्ममा फिल्म बेचिसकेको छौं र केही समय पछाडि भारतमा पनि हामीले थिएटर रिलिज गर्नेछौं । ओभरसिसको पनि प्लानिङ भइसकेको छ र केही समय केही ठाउँमा हामीले बक्स अफिस गर्दैछौ भने केही ठाउँमा सोल्ड आउट नै भइसकेको छ र पूर्ण रूपले हामी सेभ भइसकेको छौ ।’

अभिनेत्री ढुंगानाले आफुले दर्शकलाई यो बताउन जरुरी थियो भन्दै दर्शकहरुले हामीलाई हात समातेर अगाडि बढाइदिएको उल्लेख गरेकी छन् ।

नेपाली बक्स अफिसमा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को दबदबा कायम रहेकै बेला फिल्म ‘ह्रस्व दीर्घ’ ले छ दिनमा ५ करोड ४ लाख कमाई गरिसकेको छ ।

फिल्मले शुक्रबार ८० लाख कमाई गरको थियो भने शनिबार एक करोड २० लाख कमाई गरेको थियो ।  त्यस्तै आइतबार फिल्मले ७५ लाख ग्रस कमाई गरेको यस फिल्मले सोमबार ९० लाख कमाई गरेको छ । त्यस्तै मंगलबार फिल्मले ६४ लाख र बुधबार ७५ लाख ग्रस कमाइ गरेको निर्माण पक्षले जानकारी दिएको छ ।

चन्द्र पन्तको निर्देशनमा बनेको फिल्ममा साउथबाट ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरु विपना थापा, नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, रेखा थापा, सञ्चिता लइँटेल, आदर्श मिश्र लगायतको अभिनय छ । यस फिल्मको निर्माण लागत ६ करोड रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?