© २०२३
बुटवल, ०७ मंसिर ।
कालिका मानव ज्ञान माबिमा कानुन विषय अध्ययन गर्ने विद्यार्थीहरूको बोल्ने र क्षमता विकासको कला वृद्धि हुने गरि बहस कार्यक्रम संचालन गरिएको छ । विद्यालयको कानुन विद्यार्थी समाजद्वारा विहिबार आयोजना गरिएको बहस कार्यक्रम (बादबिबाद) दोस्रो चरणबाट उत्कृष्ट हुँदैअस्मिता खडका, रेबीसा कुँवर क्षेत्री, सुरक्षा सारु मगर, शिक्षा भट्टराई, क्षितिज पौडेल र सदिक्षा भट्टराई अन्तिम चरणमा प्रवेश गरेको प्रतियोगिताका निर्णायक ज्ञानु केसीले बताईन । ‘बौद्धिक पलायनमा वृद्धिः अवसरको कमि वा महत्वकाक्षी प्रवृत्ति’ शिर्षकको पक्ष र विपक्षमा विद्यार्थीहरूले बादबिबाद गरेका थिए ।
कार्यक्रमको मानविकी तथा कानुन विभाग ईन्चार्ज बिमल आत्रेयले कुल ५० पूर्णाक राखेर गरिएको प्रतियोगितामा १० जना विद्यार्थीहरूले विषयबस्तुमा बहस गरेको बताए । सहभागीहरूले पक्ष र विपक्षमा ५ मिनेटमा आआफनो प्रस्तुतिसहित विषयबस्तुमाथि तर्क राखेको उनले बताए ।
कार्यक्रममा विद्यालयका कानुन शिक्षक युवराज कंडेलले बोल्न र क्षमता विकासको कला सिकाउन कार्यक्रम महत्वपूर्ण भएको बताए । विद्यार्थीहरूलाई स्थानिय तहमा भ्रमण, नमुना संसद, संसद भ्रमण, जेल अवलोकन लगायतका धेरै फिल्ड वर्क कार्यक्रमहरूमा जोड दिँदै आएको उनले बताए ।