ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप

७ मंसिर २०८१, शुक्रबार
७ मंसिर २०८१, शुक्रबार

काठमाडौँ ।

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो र उनका सहयोगीहरुमाथि ‘कु’ प्रयास गरेको आरोप लागेको छ । प्रहरीले ब्राजिलको सर्वोच्च अदालतमा सन् २०२२ को यो घटनाको अनुसन्धानको नतिजा पेश गरेपछि यस्तो खुलासा भएको हो ।

अनुसन्धानको रिपोर्टमा बोल्सोनारोले आफ्नो प्रतिद्वन्द्वी, वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा (वर्तमान राष्ट्रपति) लाई २०२२ मा भएको चुनावमा पराजयको बाबजुद पदमा रहन खोजेका थिए ।

पूर्व राष्ट्रपति बोल्सोनारो विरुद्धको आरोपको सम्बन्धमा, ब्राजिल प्रहरीले पूर्व राष्ट्रपति जैर बोल्सोनारो र अन्य ३६ जना व्यक्तिलाई ‘कू’ को प्रयास गरेको आरोप लगाएको छ । जस अनुसार २०२२ को चुनावमा पराजयपछि पदमा रहन बोल्सोनारोले आफ्ना सहयोगीहरूसँग मिलेर कूको प्रयास गरेका थिए ।

यस विषयमा वर्तमान राष्ट्रपति लुइस इनासियो लुला दा सिल्भाले त्यति बेला आफुलाई विष खुवाउने प्रयास समेत भएको खुलासा गरेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार उनले आफूलाई ‘विष’ दिने प्रयास सफल नभएको बताएका हुन् । लगभग दुई वर्ष अघि राष्ट्रपति बनेपछि यो पहिलो पटक हो ।

लुलाले सार्वजनिक रूपमा ‘सन् २०२२ मा उनको हत्या गर्ने कथित षड्यन्त्रको बारेमा टिप्पणी गरेका छन् । ७९ वर्षीय लुलाले जनवरी २०२३ मा दोस्रो पटक ब्राजिलको राष्ट्रपतिको पदभार ग्रहण गरेदेखि अहिलेसम्म यस विषयमा कुनै बयान दिएका थिएनन् । लुला सन् २००३ देखि २०११ सम्म राष्ट्रपति पनि थिए ।

रिपोर्टका अनुसार प्रहरीले आफ्नो अनुसन्धानको नतिजा ब्राजिलको सर्वोच्च अदालतमा पेश गरेपछि अब यी आरोप स्वीकार गरेमा पूर्व राष्ट्रपतिविरुद्ध मुद्दा चलाइनेछ।

बोल्सोनारोविरुद्ध ब्राजिलमा हीरा गहना तस्करीमा समेत सामेल भएको विषयमा अनुसन्धान भएको बताइएको छ । प्रहरीका अनुसार गहनाहरु कुनै जानकारी नदिई ब्राजिल ल्याइएको थियो । यसबाहेक आफ्ना मातहतका कर्मचारीलाई दबाब दिएको पनि आरोप छ । यस आरोपका अनुसार, बोल्सोनारोले मानिसहरूलाई कोरोना महामारीको समयमा आफ्नो र अरूको कोभिड खोपको स्थितिलाई झूटो बनाउन निर्देशन दिएको आरोप छ ।

बोल्सोनारोले यी सबै मामिलामा संलग्नता अस्वीकार गरेका छन् ।

मंगलबार, संघीय प्रहरीले कथित रूपमा चार सैन्य कर्मचारी र एक संघीय प्रहरी अधिकारीलाई पक्राउ गरेको छ । उनीहरुमाथि २०२२ मा ‘कु’ षड्यन्त्र गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?