ट्रेंडिंग:

>> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान

लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम

६ आश्विन २०८१, आईतवार
६ आश्विन २०८१, आईतवार

बुटवल, ०६ असोज ।
बुटवल रामनगरकी झबिमाया थापाको जीवनशैलीमा परिवर्तन ल्याउने एक महत्वपूर्ण कदम लायन्स क्लब अफ बुटवल सयपत्रीले सिपमूलक तालिम आयोजना गरेर गरेको छ । अब झबिमाया बिहानका समयहरूमा घरको काम सकेपछि धूप बनाउन थाल्छिन्, जुन उनले क्लबले दिएको तालिमबाट सिकेकी हुन् । धूप बनाउनका लागि मैले नेपाली कागज र बजारबाट कच्चा पदार्थ ल्याउँछु । घरमा पूजा गर्दा धूपको प्रयोग हुन्छ भने यसलाई बजारमा बेचेर थोरै भए पनि आम्दानी गर्न सकिन्छ, उनले बताइन् ।

हरिकला ज्ञवाली पनि तालिममा सहभागी भएकी एक प्रतिभागी हुन् । उनले तालिमले दिएको सिपलाई व्यवसायमा बदल्ने सोच बनाएकी छ । ‘अब हामी बाटेको धूप उद्योग नै खोल्ने योजना बनाएका छौँ,’ उनले विश्वासका साथ भनिन् ।
यस्ता तालिमहरूले महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउन सघाएको छ । घरेलु सामग्रीहरूको प्रयोग गरेर उत्पादन गरिएको धूप वातावरणमैत्री मात्र होइन, आर्थिक सम्भावनाले भरिपूर्ण छ । यसले महिलाहरूको दैनिक जीवनमा परिवर्तन ल्याउने कार्य गर्दैछ र उनीहरूलाई आत्मनिर्भर बनाउन मद्दत पुर्याएको छ । धूपको बजारिकरणमा समेत तालिमले सहयोगी भूमिका निर्वाह गर्ने आशा गरिएको छ ।

लायन्स क्लब बुटवल सयपत्रिका अध्यक्ष कमला बस्नेत कुँवरले धूप बनाउने तालिमको समापन समारोहमा भनिन्,–‘यस्ता सिपमूलक तालिमले महिलाहरूको जीवनमा सकारात्मक प्रभाव पारेको छ । साना उत्पादनहरूबाट आम्दानी गर्न सकिन्छ र स्वरोजगारको अवसर पनि प्राप्त हुन्छ ।’ उनले आफ्नो कार्यकालमा करीब ३०० जना महिलालाई यो तालिम प्रदान गर्ने योजना बनाएकी छन् । प्रशिक्षक सबिना श्रेष्ठले तालिमको प्रभावकारिताबारे कुरा गर्दै भनिन्,–‘महिलाहरूमा यस्ता तालिमप्रति ठूलो रुचि देखिएको छ । भाग लिएका महिलाहरूले आफ्नै व्यवसाय सञ्चालन गर्ने योजना बनाएका छन् । यो धेरै उत्साहजनक छ ।’
अधिकारकर्मी र सरोकारवालाहरूले महिलाहरूको सशक्तिकरणको लागि यस्ता साना तर महŒवपूर्ण कदमहरू चाल्नुपर्नेमा जोड दिएका छन् । भाषणभन्दा पनि यस्ता तालिमहरूले वास्तविक परिवर्तन ल्याउन सक्छन् । धूप बनाउने ३ दिने तालिममा करिब ३ दर्जन महिलाहरू सहभागी भएका थिए । लायन्स क्लब अफ बुटवल सयपत्रीले बुटवल उपमहानगरपालिका १० को दुर्गा टोल विकास संस्थाको सहयोगमा सञ्चालन गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?